इलाममा उपनिर्वाचन २०८१ को अनुभव
- जेष्ठ २४, २०८१
असल राजनीतिले मात्रै देश विकास हुन्छ । पानी खाने मुलको, बिहे गर्ने कुलको, बास्ना लिने फूलको भनेझैँ राम्रो कर्म गरे ढिलो चाँडो राम्रै फल पाउँछ । नेतृत्वले सिस्नो रोपेर तुल्सी उम्रिँदैन । देश बन्धकमा राखेर पटक–पटक प्रधानमन्त्री बन्नु ठीक होइन । गठबन्धनको निश्चित सिद्धान्त र विचार हुँदैन । विगतको चुनावदेखि अहिले आउने मङ्सिर ४ गतेको चुनावसम्मका शासक पार्टीहरूको चाल चलन र व्यवहार हेर्दा देशले विकासको काँचुली फेर्ला जस्तो लाग्दैन । कम्युनिस्टको विकल्प कम्युनिस्ट नै हुन्छ ।
राजनैतिक दलहरू सिद्धान्त र विचारबाट सञ्चालन हुन्छन् । शासक दलहरू मल बोक्नेलाई दरबारको किन चिन्ता भन्दै जनतालाई अझै दबाइरहने जाल बुन्दै छन् । सामन्ती चिन्तनका नेताहरू कम्युनिस्ट हुनै सक्दैन । तराई, पहाड र हिमालका जनतालाई दबाइराख्ने, जनताको दुःखमा साथ नदिनेहरू जनताका सच्चा नेता कसरी हुन्छन् ? ललिता निवास जग्गा प्रकरणमा संलग्न व्यक्ति पनि उम्मेदवार ! जनताको घैँटोमा कहिले घाम लाग्ने हो । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।
Leave a Reply