भर्खरै :

ठूलो हुनु नै सच्चाइको आधार होइन

जनतामा अझै राजनीतिक चेतनाको अभाव छ । उनीहरूमा जसलाई भोट हाले पनि जसले जिते पनि केही गर्ने होइन, केही हुने होइन भन्ने निराशा छ । जितेका दलहरूले दलको घोषणापत्रअनुसार काम नगर्दा, निर्वाचनको बेला भएको प्रतिबद्धता पूरा नहुँदा जनतामा निराशा छाउनु अस्वाभाविक पनि होइन । कुनै दलले गरेको गल्ती या कमजोरीलाई या देशघाती कदमको दोष सबै दलमाथि थोपर्नु उचित हुँदैन । देशका सबै दल र दलका नेताहरूले सिद्धान्त र विचार बन्धक राखेर काम गरिरहेका छैनन् । सबै दलहरू न देशघाती छन् न त सबैले विश्वासघात नै गरेका छन् । आ–आफ्नो दलको सिद्धान्त र विचारअनुसार इमानदारीपूर्वक काम गर्ने दल र दलका नेताहरू पनि छन् ।
दलको सिद्धान्त र विचार जनताको घर–आँगनमा पु¥याएर सुसूचित गर्ने दल र दलका नेताहरू पनि छन् । उनीहरूले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । यसकारण सबै दलहरू उस्तै छैनन् । जसलाई भोट हाले पनि त्यस्तै हो भन्ने कुरा होइन । सत्ता, शक्ति र सम्पत्तिको निम्ति राजनीति गर्ने दल र देश र जनताप्रति समर्पित भएर काम गर्ने दलहरू एकै हुँदैनन्† एकै छैनन् ।
देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति सङ्घर्षरत दल र दलगत तथा व्यक्तिगत स्वार्थको निम्ति राजनीति गर्ने दललाई एउटै तराजुमा राखेर जोख्नु न्यायोचित हुँदैन । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने, दल र दलका नेताहरू र देश र जनताको सेवा गर्नु बाहेक केही स्वार्थ छैन भनी राजनीति गर्ने दल र दलका नेताहरूलाई एउटै नजरले हेरेर कसरी मिल्छ ? सत्ता, शक्ति र पैसाको निम्ति राजनीति गर्ने, सत्ता स्वार्थको निम्ति राजनीति गर्ने दल र दलका नेताहरू तथा निःस्वार्थपूर्वक राजनीति गर्ने दल र दलका नेताहरू सबै एउटै छैनन्, एउटै हुँदैनन् । यसबारे जनताले मूल्याङ्कन गर्नुपर्छ ।
नेमकिपा सिद्धान्त र विचारको राजनीति गर्छ । पैसा बाँडेर, लोभलालच देखाएर नेमकिपा जनताको मत लिने काम गर्दैन । नेमकिपाको यो सकारात्मक कार्यको जनताले प्रशंसा गरेका छन् । नेमकिपाले गरेको कामको स्मरण गरेर जनता खुसी भएका छन् । नेमकिपाले गरिरहेको राम्रो व्यवहारको कारण अरु दलले पनि त्यस्तै काम गर्नुपर्ने अभिमत आफ्ना कार्यकर्तासमक्ष पोखेका छन् । यो सन्देश देशको कुनाकाप्चामा पुग्दै छ । यो सकारात्मक पाटो हो । आँखाको नानी सानो हुन्छ तर त्यसले संसार देख्छ । हीरा सानो हुन्छ तर त्यो मूल्यवान हुन्छ । कुनै दल ठूलो हुनु नै सच्चाइको आधार होइन । नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनमा नेमकिपाले बाटो देखाइरहेको छ, त्यो बाटोमा अन्य कम्युनिस्ट पार्टीहरू आउनैपर्छ ।
कम्युनिस्ट पार्टीको खोल ओढेर पुँजीवादी राजनीति गर्ने, सत्ता स्वार्थको निम्ति सिद्धान्तको मतलब नराख्ने दलसँग नेमकिपालाई दाँज्न मिल्दैन । नेपाली भूमि बचाउन, देशको स्वाधीनता कायम राख्न अघि बढ्ने र विदेशी हस्तक्षेपको विरोध गर्ने दल नेमकिपालाई एमाले र माओवादी केन्द्रसँग राखेर तौलन मिल्दैन । नेमकिपाले देश र जनताको निम्ति पु¥याएको योगदानकै कारण नेमकिपाको चर्चा देशभर पुगिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *