भर्खरै :

माटोको सुगन्ध चिन्ने

माटोको सुगन्ध चिन्ने

को मान्छे होला त्यो
माटोको सुगन्ध चिन्ने ?
मातृभूमिलाई सधँै आमा
सरि ठान्ने ।
पर कुना कन्दराका गीतसँग
मीत लगाउने,
जनताका दुःख पिरमा
सधँै साथ दिने ।
अप्ठ्यारा बाटाहरूलाई
सम्म पार्दै ।
सबैतिर विकासका
बिउहरू छर्दै ।
देशको समग्र निर्माणलाई
चिर स्थाई बनाउँदै
भोका, नाङ्गा दुःखीको
पिर मर्का बुझ्दै
माटोको सुगन्ध चिन्नेलाई
जनताले चिन्ने छन् ।
गोरु पनि गाई बन्दै छन् रे
चुनावताका,
त्यस्ता अवसरवादीहरूलाई
जनताले लगाउनुपर्छ डाँडा पाखा ।
सच्चा नेतृत्वकर्तालाई चुनाऔँ
कुनै डर नमानी,
समाजको विकास गर्न
पाइला बढाऔँ अब हामी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *