शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
विगतका दशकहरूको सङ्गठनात्मक विकासको मार्गलाई पछाडि फर्केर हेर्ने हो भने त्यो कुनै पनि हिसाबले अस्वाभाविक छैन, हाम्रो पार्टीले हासिल गरेका आधारभूत क्षेत्रमा ठुलाठुला सफलता र आफ्नो विकास र क्रान्तिको लक्ष्य पूरा गर्ने महत्वपूर्ण विजयहरूका कारण हामी गर्व गर्न सक्छौँ ।
हाम्रो पार्टीले विगतका दशकमा आफ्नो निर्माण र कार्यमा प्राप्त गरेका सफलताहरूलाई तीन मुख्य किसिममा वर्गीकरण गर्न सक्छौँ : पहिलो, यसले दृढतापूर्वक आफ्नो एकल विचारधारा र नेतृत्वलाई रक्षा ग¥यो र पुस्तान्तरण ग¥यो । दोस्रो, यसले उल्लेखनीयरूपमा नेतृत्वकारी कार्य सम्पादन ग¥यो र तेस्रो, यसले जनताको सेवा गर्न आफ्नो क्रान्तिकारी चरित्रलाई अझ बलियो र परिमार्जन ग¥यो ।
हाम्रो पार्टी विकासको निम्ति राखिएको सनातन आधारशिला स्थापनाले नै पार्टीलाई एक विचारधारा र एकताबद्ध नेतृत्वको एक क्रान्तिकारी पार्टीमा रूपान्तरण गर्दै गयो । यो नै त्यस अवधिको पार्टी निर्माणको मूल्यवान सफलता थियो ।
क्रान्ति र देश निर्माणको नेतृत्व गरेको हाम्रो पार्टीले आफ्नो अगाडि इतिहासका सबै प्रकारका चुनौतीहरूमाथि विजय प्राप्त ग¥यो र अन्तिमसम्म आफ्नो उद्देश्यमा विश्वस्त रह्यो । पार्टीले सधैँ नै विचारधाराको एकता र त्यसैअनुसारको गतिविधि सुनिश्चित ग¥यो ।
अर्को शब्दमा, सिङ्गो पार्टी विचारधारा र उद्देश्यमा एकताबद्ध हुनुपर्छ र आफ्ना कार्यलाई त्यसैसित मिलाउनुपर्छ, एक विचारधारा र एक केन्द्रको आधारमा हाम्रा गतिविधि हुनुपर्छ । यस्तो मागले समग्रमा सामान्य सिद्धान्त र कारण सुनिश्चित गर्छ । जस्तो कि मानव शरीरलाई एउटै दिमागले नभई दुई वा बढी दिमागले नियन्त्रण गर्छ भने त्यो शरीरले सामान्य क्रियाकलाप गर्न सक्दैन । त्यस्तै यदि पार्टीमा एक विचारधारा र एकताबद्ध केन्द्र भएन भने त्यसले एक सङ्गठनको रूपमा कार्य गर्न सक्दैन र विभाजित हुनपुग्छ ।
निश्चय पनि कोरियाली मजदुर पार्टीभित्र धेरै समयअघिदेखि एकताबद्ध विचारधारा र नेतृत्व निर्माण गरिँदै आएको छ । तर, जब एउटा पुस्तालाई अर्को पुस्ताले विस्थापित गर्ने समय आउँछ यस्तो परम्परालाई प्राकृतिकरूपमा, स्वयम्स्फूर्त रूपमा वा वंशाणुगतरूपमा रक्षा गर्न र कायम राख्न सकिँदैन ।
पार्टीको क्रान्तिकारी उद्देश्यअनुसार पार्टीको विचारधारा र नेतृत्वलाई एकताबद्ध पारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कार्य यान्त्रिकरूपमा र बलजफ्ती गर्न सकिँदैन । यदि यस्तो गरियो भने उत्तराधिकारी नेताको विचारहरूको अपव्याख्या हुन जानेछ र उपलब्धिहरू ध्वस्त हुनेछन् । त्यसले पार्टीमा विचारधारामा अनेकता र विभाजन आउनेछ र प्रकारान्तरले पार्टी नै लोप हुनेछ । यो निष्कर्ष समाजवादी शासक पार्टीहरूको विश्व इतिहासले सिकाएको गम्भीर पाठ हो ।
वास्तविकताले प्रमाणित गरेको छ कि हाम्रो पार्टीले कुनै छुट नदिइकन निरन्तररूपमा कायम गरेको एकताबद्ध विचारधारा र नेतृत्वको कारणले नै हाम्रो पार्टीको वैधता र उपयोगिता कायम रहेको हो र कुनै पनि हालतमा हामीले निकै सही तवरले हामीले त्यसलाई निरन्तरता दिनुपर्ने तथ्यलाई जोड दिनुपर्छ ।
जुछेको नयाँ शताब्दीको पहिलो अवधिमा हाम्रो पार्टीले किम इल सुङवाद–किम जोङ इलवादलाई आफ्नो अद्वितीय मार्गनिर्देशक विचारधाराको रूपमा परिभाषा ग¥यो र सिङ्गो पार्टीलाई किमइलसुङवाद–किमजोङइलवादको नमुना बनाउने रणनीतिक नीति निर्धारण ग¥यो । यसप्रकार पार्टीले आफ्नो आदर्श र विशेषता सदाका लागि संरक्षण गर्न एक सुदृढ राजनीतिक मेरुदण्ड स्थापित ग¥यो र पार्टी निर्माणको आधारभूत अभिमुखीकरण स्पष्ट परिभाषा ग¥यो । साथै सिङ्गो पार्टीले उत्तराधिकारी नेतृत्वको रक्षा, विकास र उपयोगमा जोड दियो ।
फेब्रुअरी, २०१५ को पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको विस्तारित बैठकलाई एक अवसरको रूपमा उपयोग गर्दै हाम्रो पार्टीले नेतृत्वको निर्देशन कार्यान्वयनका सफलता, अनुभव र कमीकमजोरीहरूको विस्तृतरूपमा समीक्षा गर्दै त्यसको शिक्षाहरू प्राप्त ग¥यो र पार्टी कार्यलाई थप गति दिने निर्णय ग¥यो । त्यसको परिणाम सिङ्गो पार्टीभित्र एक किसिमको अद्वितीय सकारात्मक वातावरण निर्माण भयो, पार्टीका सबै सङ्गठन र एकाइहरूले पार्टीको उत्तराधिकार नेतृत्वका निर्देशनहरू सही तरिकाले सही समयमा प्राप्त गर्ने र तिनीहरूलाई कार्यान्वयन गर्न थाले ।
एकताबद्ध नेतृत्व प्रणाली पार्टीभित्र अझ राम्ररी स्थापित गरियो र हरेक तवरले त्यसलाई बलियो बनाइयो । यसको अर्थ क्रान्तिकारी पार्टी निर्माणको उद्देश्यलाई अगाडि बढाउन आवश्यक सबै आधारभूत मामिलाहरू स्थापित गरियो ।
क्रान्तिकारी आजुको उत्तराधिकारका आधारभूत विषयहरू, पार्टी निर्माणका उद्देश्यहरूसँगै नेतृत्वको उत्तराधिकारको प्रश्न पनि जोडिएर आउँछ । हाम्रो पार्टीले विस्तृतरूपमा यस विषयमा कार्य गरेको छ र पार्टीका सबै सदस्यहरूको समर्थनमा एकताबद्ध नेतृत्व प्रणाली स्थापना गरेको छ । यो कार्य पार्टीले जुछेको क्रान्तिकारी आजु उत्तराधिकारीहरूमा पुस्तान्तरण गर्ने महत्वपूर्ण ऐतिहासिक अवधिमा गरेको छ । यस आधारमा यसले पार्टी र कोरियाली जनताको एक मनको एकतालाई अझ बलियो बनाएको छ र पार्टीभित्र एकताबद्ध विचारधारा र नेतृत्वलाई दृढतापूर्वक रक्षा गरेको छ ।
कोरियाली मजदुर पार्टीले हालै एकताबद्ध नेतृत्व प्रणालीलाई बलियो बनाउने कार्यको नयाँ परिभाषा सिर्जना गरेको छ र पार्टीको सबै कार्य र अभ्यास यसको लक्ष्य हासिल गर्नेतिर उन्मुख हुनुपर्ने तय गरेको छ । विगत दस वर्षको हाम्रो पार्टी निर्माण कार्यको समीक्षा गर्नु अत्यन्त महत्वपूर्ण छ । पार्टी निर्माण कार्यद्वारा हामीले कुनै परिवर्तन वा संशोधनबिना पार्टीको क्रान्तिकारी आजुलाई अगाडि बढाउने कार्यभारलाई सुनिश्चित ढङ्गले पूरा गरेका छौँ । साथसाथै एकताबद्ध विचारधारा र नेतृत्वको सुनिश्चितता पनि गरेका छौँ ।
हाम्रो पार्टी निर्माणतिर बितेको एक दशकमा हासिल गरेको अर्को सफलता भनेको पार्टी नेतृत्वको दक्षतालाई उल्लेखनीयरूपमा बलियो बनाउन सक्नु, पार्टीको लडाकू क्षमता वृद्धि हुनु र पार्टी सङ्गठनहरूको सकारात्मक क्रियाकलापहरू उल्लेख्य वृद्धि हुनु हो ।
एक शासक समाजवादी पार्टीको वैधता र शक्ति स्पष्टरूपमा क्रान्तिकारी सङ्घर्ष र देश निर्माण कार्यमा नेतृत्वको व्यवहारबाट निःसृत हुन्छ । पार्टीको आजु पूरा गर्ने मामिलामा पार्टीले कुनै बङ्ग्याइ, बेइमानी वा संशोधनबिना क्रान्तिकारी आजुतिर अघि बढ्न सही सिद्धान्त, नीतिहरू, रणनीतिहरू र कार्यहरूको नेतृत्व गर्नु र दक्षतापूर्वक पार्टी निर्णय कार्यान्वयनसित तिनलाई मिलाउनु हो । पार्टीको अगाडि रहेका चुनौतीपूर्ण परिस्थिति सामना गर्न पार्टीले तय गरेको लडाकु कार्यक्रमहरू दक्षतापूर्ण तरिकाले कार्यान्वयन गर्नु हो ।
जुछेको पहिलो शताब्दीमा प्रवेशसँगै हाम्रो पार्टीले समाजवादी मार्गको निकै दबाबपूर्ण कार्यभार पूरा गर्नुपर्ने चुनौती तथा अनेकौँ पत्रका चुनौती र कठिनाइहरूसहितको समयको विकासको सामना गर्नुप¥यो ।
आफ्नो दर्शन र विचारधारात्मक गतिविधिको माध्यमले पार्टी केन्द्रीय समितिले पार्टी निर्माण र क्रियाकलापमा देखा परेका नयाँ विचारधारात्मक र व्यावहारिक समस्याहरूको वैज्ञानिक समाधान निकाल्यो । त्यस्तै क्रान्ति र निर्माणमा क्षेत्रमा देखापरेका समस्याहरूले सिङ्गो पार्टीको ध्यान आकृष्ट ग¥यो र तिनीहरूको समाधान पनि सिङ्गो पार्टी सङ्गठनको इच्छाशक्तिको उपयोगले र जनताको आफ्नै सङ्घर्षको माध्यमले गरियो ।
यहाँ कोरियाली मजदुर पार्टीको महाधिवेशन नियमितरूपमा गर्ने प्रणाली पुनःस्थापित गर्नु, पार्टी केन्द्रीय समितिको पूर्ण र विस्तारित बैठक नियमित गर्नु, केन्द्रीय समितिको राजनीतिक ब्युरो र पार्टीका अरू प्रमुख अङ्गका बैठकहरूको सुनिश्चितता गर्नु पार्टी नेतृत्व र सिङ्गो पार्टीको महत्वपूर्ण उपलब्धि हो । त्यसले पार्टीको कार्य, क्रान्तिको मुख्यालय र तिनीहरूको कार्य सञ्चालनमा सुधार आयो ।
पार्टीका ती महत्वपूर्ण बैठकहरूमा, पार्टीका विचारधारात्मक अभिमुखीकरणहरूमा समयअनुसार पार्टीको नीति र कार्यक्रमहरूलाई झन् राम्रो बनाउने सङ्घर्षहरूलाई स्वीकार गरियो र विकासशील क्रान्तिको आवश्यकता र परिवर्तित परिवेशअनुसार सामूहिक रूपमा नीति र कार्यक्रमहरू तय गर्ने र तिनीहरूको प्रभावकारी कार्यान्वयन गर्दै आवधिकरूपमा तिनीहरूको समीक्षा गर्ने पद्धति बस्यो । परिणामस्वरूप सिङ्गो पार्टीमा एकता, उत्साह, फूर्तिलोपन र लगनशीलता दृढतापूर्वक सुनिश्चित भएको छ र राज्यको कार्य तथा नेतृत्वकारी निकायहरूको कार्यमा पार्टीको भूमिका उल्लेखनीयरूपमा बढेको छ ।
समाजवादी निर्माणमा पार्टीको नेतृत्व बलियो पार्नका लागि सिङ्गो पार्टीलाई एउटै विचारधाराले पूर्ण प्रशिक्षित गर्न र सङ्गठित गर्न तथा जनसमुदायलाई त्यसै अनुकूल पार्टी नीतिहरूको कार्यान्वयनका लागि परिचालन गर्नु अत्यावश्यक छ । पार्टीको राजनीतिक नेतृत्वको स्रोत भनेको सत्य र विचारधारा र नीतिहरूको वैधतामा रहेको हुन्छ र राजनीतिक र विचारधारात्मक कार्यले तिनीहरूलाई जनमानसमा स्थापित गर्ने गर्दछ ।
हाम्रो पार्टीले सधैँ नै जनसमुदायलाई विचारधारा र नीतिहरूले लैस गर्नमा प्राथमिकता दिँदै आएको छ र नीतिहरूको कार्यान्वयनमा जनसमुदायको सहभागितालाई बढाउँदै जनसमुदायको हितका लागि असङ्ख्य सफलताहरू हासिल गरेको छ ।
पार्टीका दस्तावेजहरू र नीतिहरू सिङ्गो पार्टीमा तत्काल सञ्चार गर्ने राम्रो र नियमित प्रणाली स्थापना गरेर तथा पार्टीका अध्ययन सञ्जालहरू तथा आन्तरिक शिक्षाका सञ्जालहरू पुनःगठन गरेर पार्टीले आफ्ना क्रान्तिकारी विचारधारा, सिद्धान्त र नीतिहरू समयमै आधारभूत सङ्गठनहरू र पूरै पार्टी संरचनाहरूसम्म पु¥याउने सफलता प्राप्त गरेको छ र अहिले सबै जनतालाई पार्टी केन्द्रीय समितिले तय गरेको लडाकु कार्यभारबारे राम्ररी थाहा छ ।
क्रान्तिकारी अभ्यासका आवश्यकताबमोजिम हामीले पार्टीको विचारधारात्मक शिक्षालाई समृद्ध बनाएका छौँ र मुख्यतया पाँचबुँदे शिक्षालाई महत्व दिएका छौँ । हाम्रो विकसित राज्य प्रथम सिद्धान्तलाई सबै जनतामा देशभक्तिको भावना विकास गर्न र समयअनुसारको नयाँ भावना सिर्जना गर्न गौरवपूर्ण वैचारिक अभियान चलाएका छौँ ।
कोरियाको क्रान्तिकारी परम्परा र क्रान्तिकारी इतिहासमा शिक्षाको कार्य पहिले कहिल्यै नभएको भन्दा बढी प्राथमिकतामा परेको छ र लडाकु भावनाको पुस्तान्तरण र क्रान्तिको उत्तराधिकारी पुस्ताका तालिमहरू रणनीतिकरूपले र कदम कदम गर्दै सञ्चालन गरिएका छन् । यो पनि पार्टीको वैचारिक कार्यको क्षेत्रमा एक महत्वपूर्ण परिवर्तन र विकास हो ।
अनुवाद : प्रकाश
Leave a Reply