भर्खरै :

प्रजग कोरियाद्वारा राष्ट्र सङ्घीय महासचिव गुटरेसको कडा शब्दमा आलोचना

प्रजग कोरियाद्वारा राष्ट्र सङ्घीय महासचिव गुटरेसको कडा शब्दमा आलोचना

सोल, ५ मङ्सिर (एपी) । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर) कोरियाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको कडा शब्दमा आलोचना गरेको छ । अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणलाई महासचिव गुटरेसले निन्दा गरेपछि उसले महासचिव गुटरेसलाई ‘अमेरिकाको कठपुतली’ भन्दै आलोचना गरेको हो ।
प्योङयाङको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणलाई अमेरिकासँगै महासचिव गुटरेसले निन्दा गरेकामा असन्तुष्टि जनाउँदै प्रजग कोरियाले संयुक्त राष्ट्र सङ्घका प्रमुखको कडा शब्दमा आलोचना गरेको हो । महासचिव गुटरेसले गत शुक्रबार प्रजग कोरियाले गरेको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै भविष्यमा उत्तेजक कार्य नगर्न प्योङयाङलाई आह्वान गर्नुभएको थियो ।
अमेरिकासहितका धेरै देशले क्षेप्यास्त्र परीक्षणको निन्दा गरेपछि महासचिवको वक्तव्य सार्वजनिक भएको थियो । प्रजग कोरियाले संयुक्त राज्य अमेरिकाका कुनै पनि राज्यमा प्रहार गर्नसक्ने क्षमता भएको क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाइएको थियो ।
प्रजग कोरियाली विदेशमन्त्री चो सन हुईले महासचिव गुटरेसलाई आफ्नो देशले ह्वाइटहाउस वा अमेरिकी विदेश मन्त्रालयका अधिकारीका रूपमा लिने गरेको बताउँदै महासचिवले राष्ट्रसङ्घको बडापत्रका उद्देश्य एवं सिद्धान्तविपरीत व्यवहार गरेको आरोप उहाँले लगाउनुभयो । महासचिवले समानता र निष्पक्षता कायम गर्न नसकेको भन्दै उहाँले खेद प्रकट गर्नुभयो । सुरक्षा परिषद्मा प्रजग कोरियाको समर्थन गर्नेलाई पनि महासचिवले बेवास्ता गरेको उहाँको आरोप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *