आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, ५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर निर्वाचनलाई उपयोग गर्दै आएको हो । प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर नेमकिपाले सरकारले गर्ने हरेक जनविरोधी नीति निर्णयको विरोध गर्ने र देश र जनताको पक्षमा आवाज बुलन्द गर्ने गरिरहेको सबैसामु छर्लङ्ग छ । नेमकिपाले संसद्लाई क्रान्तिकारी संसद्वादको रूपमा प्रयोग गरिरहेको हो । त्यही उद्देश्यअनुसार नेमकिपाले मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई उपयोग गरेको हो ।
नेमकिपाका सांसदहरूले संसद्मा गएर देश र जनतहितका विषय आवाज उठाए । असमान सन्धि सम्झौता, सीमा अतिक्रमण, नेपाल–भारत सीमामा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका बाँध तथा तटबन्ध र विदेशी हस्तक्षेपको विरोधमा निरन्तर आवाज उठाइरहने दल नेमकिपा नै हो । गएको संसद्मा एमसीसी सम्झौता र नागरिकता विधेयकको विरोधमा नेमकिपाका सांसदहरूले सङ्घर्ष गरेका थिए ।
स्वदेशमै मल कारखाना खोल्न पनि नेमकिपाले सरकारको ध्यानाकर्षण गर्दै आएको हो । व्यक्तित्व विकास गर्ने, देशभर सन्तुलित विकास गर्ने, सम्पत्तिको सीमाङ्कन गर्ने, विदशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्नुपर्ने माग नेमकिपाबाहेक अरू दल कसैले गरेका छैनन् । प्रगतिशील कर लागु गर्नुपर्ने, भ्रष्टाचारी, मानव बेचबिखन गर्ने, महिला वेश्यालय पु¥याउने जस्ता अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग पनि नेमकिपाले राख्दै आएको हो । अहिले निर्वाचित हुने सांसदहरूले पनि इमानदारीपूर्वक आफ्नो जिम्मेवारी बहन गरेर जनताको विश्वास जित्ने छन् ।
नेमकिपा संसद्मा पुगेर आफ्नो जिम्मेवारी पूरा गर्छ, गरिरहने छ । नेपालका शासकहरूले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरिरहेका छन् । उनीहरूले नेपाल र नेपालीको हितभन्दा विदेश र विदेशीको हितमा काम गरिरहेका छन्, बोलिरहेका छन् । नेमकिपाले कुनै पनि देशको विदेशी हस्तक्षेपको विरोध गरिरहेको छ ।
यसकारण, नेमकिपा देश र जनताप्रति समर्पित छ, देश र जनताप्रति जिम्मेवार भएर नेमकिपा र नेमकिपाका सांसदहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । आगामी दिनमा पनि नेमकिपाले यो जिम्मेवारी निर्वाह गर्दै जानेमा जनता विश्वस्त छन् । जनताको यही विश्वास नेमकिपाले आत्मसात गरिरहेको छ । यो सबै नेपालीको निम्ति गौरवको विषय हो ।
Leave a Reply