कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
काठमाडौँ, ८ मङ्सिर । वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीमा समर्पित नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनी गरिने भएको छ ।
नेपाल कला परिषद्को ६० औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासङ्घको ५० औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मङ्सिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो ।
कलाकृतिहरूको प्रदर्शनीले हिन्दू र बौद्ध धर्मको उत्पत्ति, आधारभूत सिद्धान्तहरू, नेपालको मौलिक धर्म र दर्शनहरू जगाउने उद्देश्यसहित कलाकृतिहरूमा प्रतिनिधित्व गरिएका देवताहरूको सङ्ग्रहित खण्डहरूमा प्रस्तुत गरिने भएको छ ।
परिषद्का अध्यक्ष सागर शमशेर राणाले नेपालको कला, कलाकारलाई उत्थान गर्ने तथा हस्तकला र कलाकृतिको मागलाई पूरा गर्न सकोस् भन्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको बताउनुभयो ।
स्वतःस्फूर्तरूपमा सङ्कलन गरिएका एक सय ६० कलाकारका दुई सय ४६ कला प्रदर्शनीमा राखिनेछ । नवोदित कलाकारदेखि वरिष्ठ कलाकारबाट सङ्कलन गरिएका ग्रह देवताहरू, योगिनी, भैरव तथा बौद्ध देवताको कलाकृतिसमेत विशेषरूपमा रहने परिषद्द्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । रासस
Leave a Reply