भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
‘चुनावमा हामीले भोट हालेपछि वरपर सरसफाइ चाहिं हुन थालेको हो है । मेयर साप, उपमेयर साप, वडाध्यक्ष र नससहरूसमेत सावेल, च्वाफी र हँसिया लिएर कहिले सिद्धपोखरी, कहिले खेल मैदान, कहिले याता सफा गर्न हिंडेका छन् ।’
‘गरुडकुण्ड पनि त सफा गरे नि ।’
‘ब्रम्हायणी मन्दिर वरपर र द्वीपमा समेत त्यत्रो ठूला ठूला झारहरू थिए, टोलवासीहरू मिलेर क्या राम्रोसँग सफा गर्दैछन् ।’
‘सफा गर्ने भनेपछि त स्कूलका सर मिस र नानीहरूलाई पनि शनिबार, बिदाबार भन्ने हुँदोरहेन छ त ।’
‘राम्रै त हो नि, जति सफा भयो, त्यति राम्रो । अब घाटमा पानीको व्यवस्था हुनु प¥यो । गः हिटी र वाचुहिटीमा पनि पानी आउने बनाउनुप¥यो ।’
ब्रम्हायणी परिसरसँगै पिच बाटो छेउको चिया पसलमा बस्दै ज्येष्ठ नागरिकहरू शनिबार बिहान यस्तै गफ गरिरहेका सुनियो । तीमध्ये केहीले ब्रम्हायणी परिसरका पाटीहरूका छानामा उम्रिएका घाँसहरू पनि सफा गर्नुपर्ने तर्क राखे भने केहीले साही समाज र मानन्धर समाजका दीपहरू तत्काल भत्काएर पुनःनिर्माण गरिनुपर्ने भने । प्रस· शनिबार बिहान भक्तपुर नगरपालिका वडा नं. ९ स्थित ब्रम्हायणी मन्दिर परिसर सरसफाइको हो । बिहान ७ बजेको हाराहारीमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू र स्थानीय युवा खेलाडी साथीहरू सरसफाइका लागि जुट्न थाले । केही समयपछि नै स्थानीय महिलाहरूले घरघरबाट नै कुतो, कोदालो र हँसिया लिएर चउर र घाट वरपरका अग्ला झारहरू काट्न थाले । वागीश्वरी स्कूल र कलेज, ख्वप्रिङ एकेडेमी, लिशा इ स्कूल, ब्रम्हायणी आधारभूत स्कूल र सिद्धि शारदा आधारभूत स्कूलका शिक्षकशिक्षिका तथा विद्यार्थीहरू, स्काउट ट्रुपका विद्यार्थीहरू सयौंको सङ्ख्यामा भेला हुन थाले । विभिन्न खेलका प्रशिक्षक तथा खेलाडीहरूको समूह पनि एकै छिनमा भेला भई सफाइ कार्यमा जुटिहाले । नेपाल मजदुर किसान पार्टीका वडास्तरीय कार्यकर्ताहरू, नगरपालिकाका पूर्वजनप्रतिनिधिहरू र भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका साथीहरूको पनि बाक्लो उपस्थिति रह्यो । भनपा साविक १ वडा (हाल ९ वडा) खेलकुद समितिको आयोजना तथा भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयको सहयोगमा भएको उक्त सफाइ कार्यमा सबैजना उत्साहपूर्वक सफाइ कार्यमा जुटेका थिए । कोही सावेल, कुतो र कोदालोले झार म्हास्दै थिए भने कोही हंसिया र खुर्पाले घाँस काट्दै थिए । थुप्रै समूहहरू लाइन बसेर काटिएका झार तथा घाँसहरू एकै ठाउँमा व्यवस्थित रुपमा जम्मा गर्दैै थिए । करिब दुई घण्टामा चउर, बगैंचा र घाट वरपरका घाँसहरू काटेर उचित स्थानमा व्यवस्थापन गरियो । असाध्यै उत्साहपूर्ण वातावरणमा कार्य भइरहेको थियो । विद्यार्थीहरूले मन्दिर वरिपरिको क्षेत्रमा चुन पनि छर्केका थिए । युवाहरूको उत्साह बेग्लै थियो । मन्दिर परिसरको सफाइपश्चात पिच सडकसँगैको हिटी (धारा) र सार्वजनिक धारा वरपर पनि सफा गर्न कसे । वातावरण यस्तो थियो कि कसैले कसैलाई यसो गर, उसो गर भन्नै पर्दैन, सबैले स्वयंस्पूmर्त रुपमा सफाइ गर्ने जिम्मा लिए । बिहान सफा गरी एकै ठाउँमा थुपारिएका फोहरमैला दिउँसो १२ बजेतिर भक्तपुर नगरपालिकाका सफाइ मजदुर एवं फोहर सड्ढलन गर्ने गाडीले बोक्दै थिए । सांस्कृतिक पर्व दशैंमा मेला लाग्ने उक्त मन्दिर परिसरमा स्थानीयवासीको सक्रियतामा भएको सरसफाइ कार्यलाई सबैले सकारात्मक भएको टिप्पणी गरे । भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले चुनावमा जनतालाई दिएको वाचाअनुसार नगर सफा राख्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । उहाँले साउन १ गतेदेखि प्रत्येक १५ दिनमा जनप्रतिनिधिहरू, नगरपालिकाका कर्मचारीहरू र स्थानीय जनताको सहभागितामा नगरका सांस्कृतिक सम्पदा क्षेत्रहरू, खुला तथा सार्वजनिक स्थलहरू, पोखरीहरू सफा गर्ने गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय जनताकै अग्रसरतामा ब्रम्हायणी क्षेत्र सफाइ कार्य भएको उल्लेख गर्दै सफाइमा जुट्ने सबै स्थानीयजनता, युवा, विद्यार्थी, महिला, खेलाडी तथा विभिन्न स्कूल, कलेज, पुस्तकालय तथा सहकारी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
–प्रसन्ना
Leave a Reply