के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
साहस
हामीलाई थाहा छ,
इतिहासको नापोमा कहाँनिर पर्छ यो समय भनेर
यसबेला संसारमा के भइरहेछ, बुझ्दछौँ हामी ।
साहसको समयले हाम्रो घडीको हात समात्नेछ
घुँडा टेक्ने छैन हाम्रो आँटले ।
कोही डराउँदैनौँ गोलीमा थापिएर मर्न
कोही दुखित हुँदैनौँ घरबारविहीन हुनपरे पनि‘
र, हामी तिमीलाई जोगाउनेछौँ, ए महान रूस,
ए महान रुसी संसार, जे परेको गर्नेछौँ हामी ।
बतासका तरङ्गजस्तै सुकिलो र उन्मुक्त बनाएर,
स्वतन्त्र गराउनेछौँ, हामी तिमीलाई ।
दिनेछौँ हाम्रा सन्तानलाई तिम्रो स्वामित्व
सधैँका लागि मुक्त गरेर तिमीलाई
दासताबाट !
थाहा छैन, तिमी ज्युँदै छौ कि मरिसक्यौ ?
थाहा छैन मलाई, तिमी ज्युँदै छौ कि मरिसक्यौ ।
के तिमीलाई अझै खोज्न सकिन्छ यस धर्तीमा,
वा साँझमा घाम अस्ताएर मलीन हुँदै गर्दा
मनभरि सम्झिएर तिमीलाई
चुपचाप विदीर्ण हुन मात्र सकिन्छ ?
प्रत्येक दिनको प्रार्थना,
रातका अनिँदा छटपटाइ
मेरा कविता र तिनको कञ्चन उडान
मेरा आँखा र तिनका नीलो ज्वाला
सबै तिम्रा लागि हुन् ।
तिमीभन्दा बढी प्यारो कोही पनि थिएन मेरा लागि,
तिमीले भन्दा ज्यादा यातना कसैले दिएन मलाई,
यातना दिनकै लागि मलाई धोका दिनेले समेत
त्यति यातना दिएन
न त त्यसले नै दियो,
जसले मलाई प्रेमले सुम्सुम्यायो
र बिर्सिदियो ।
सबैथोक
सबैथोक खोसिएको छ, ठगिएको छ, बेचिएको छ,
कालो मृत्युको कालै पखेटा फिजिएको छ टाउकामाथि ।
सबैथोक खाइसकेको छ भोकले,
तैपनि आँखा अगाडि पर कतै
किन देखिँदै छ उज्यालो ?
अन्ना आख्मातोभा
बिहान हुनेबित्तिकै
सहरछेउको जङ्गल, सास फेर्छ चेरीको ।
चेरीको सुगन्धको ।
गर्मीको पारदर्शी गहिरो आकाशमा
रातैपिच्छे नयाँनयाँ ताराहरू छरिन्छन् ।
एकदिन पक्कै हुनेछ कुनै चमत्कार
अँध्यारो र भत्किएकाको बिचबाट,
कुनै अज्ञात चमत्कार भएरै छाड्नेछ ।
किनभने,
पर्खिरहेछौँ
यसलाई हामी
स–साना केटाकेटी छँदादेखि ।
Leave a Reply