भर्खरै :

धन्यवाद नेमकिपा ! बधाई प्रेम सुवाल !

  • मंसिर १२, २०७९
  • देवन्दन यादव, सर्लाही / हाल काठमाडौँ
  • पाठक विचार
धन्यवाद नेमकिपा ! बधाई प्रेम सुवाल !

मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भक्तपुरमा नेमकिपाको उम्मेदवारले विपक्षलाई धेरै गुणा बढी मत लिएर जित्नुका धेरै कारणहरूमध्ये एउटा कारण मैले अस्ति मनन गरेँ । १० मङ्सिरको दिन नेमकिपा भक्तपुरमा विजय ¥याली रहेछ । मलाई थाहा थिएन । काम विशेषले भक्तपुर खरिपाटीको एक साथीलाई भेट्न मोटरसाइकलमा गएको थिएँ । साँझ ७ बजेतिर महालक्ष्मीस्थानमा नवनिर्वाचित सांसद प्रेम सुवाल रहेको ¥यालीको गाडी भेट भयो । सडकमा अगाडि पछाडि गाडी जाम भयो । त्यसैबेला मलाई लागेको थियो, अब एक घण्टा नभई जाम खुल्दैन । तर, तत्कालै ¥यालीको गाडीबाट माइकिङ गर्दै स्वयम्सेवकहरूलाई एकातर्फ बाटो खुला गर्न अनुरोध गरियो । स्वयम्सेवमकहरू तुरुन्तै सक्रिय भए । त्यहाँ एक जना ट्राफिक प्रहरी पनि थिए । ट्राफिक प्रहरी र स्वयम्सेवकहरूको सहयोगमा आउने जानेको सहज वातावरण तुरुन्तै भएको पाएँ । सार्वजनिक मिनिबसका यात्रुहरूले त ‘जय मादल’ भनेर प्रशंसा नै गरे ।
यस्तो भिड काठमाडौँमा भए ट्राफिकलाई यातायात व्यवस्थापन गर्न धेरै गाह्रो हुन्थ्यो । हिजो त्यहाँको वातावरण देख्दा म आफै भक्तपुरको भए म मादलमा भोट हाल्ने मतदाता हुन्थँे । जनतालाई सकेसम्म जसले सहज वातावरण दिन्छ जनता त्यो दलसित खुसी हुन्छ । दलको विचार सिद्धान्त पढेरभन्दा भोगेर, देखेर जनताले बढी बुझ्छन् । पचासौँ मोटरसाइकल, १२–१५ वटा गाडी जाम हुँदा त्यसका यात्रुहरू सो दलप्रति नकारात्मक हुन सक्थे तर हिजो त्यहाँ म उपत्यकाबाहिरको मान्छे पनि नेमकिपाको व्यवहारबाट प्रभावित भएँ । धन्यवाद नेमकिपा ! बधाई छ प्रेम सुवाल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *