हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, १६ मङ्सिर । नेपालका उद्योगी – व्यापारीहरूको छाता सङ्गठन भनिएको नेपाल उद्योग–व्यापार महासङ्घका अध्यक्ष शेखर गोल्छाले अमेरिकी स्वार्थको लगानी, अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने, अमेरिकी सैन्य मोर्चा एमसीसी सम्झौताको समर्थन गरेका थिए । वास्तवमा एमसीसी सम्झौताको लक्ष्य अमेरिका र भारतका शासकहरू मिलेर नेपाललाई नवउपनिवेश बनाउने नै हो । त्यतिबेला नेपाली जनताले एमसीसी सम्झौताको समर्थन नगर्न सचेत गराएका थिए । तर, गोल्छा नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलाई समेत एमसीसी सम्झौताको समर्थन गराउन लागिपरे ।
गोल्छाले मङ्सिर १२ गते पत्रकार सम्मेलन गरेर राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने स्थिति भएको, ६ वर्ष यताकै उच्च मूल्यवृद्धि भएको र अर्थतन्त्र गम्भीर दुर्घटना उन्मुख भएको बताए । उद्योगी – व्यापारीहरूको सङ्गठनका अध्यक्ष गोल्छाले नेपालको बिजुली सबै भारतमा लैजाने अर्थात् बुटवलदेखि भारतको गोरखपुरसम्म बिजुलीको प्रसारण लाइन निर्माण गर्न एमसीसी सम्झौताको समर्थन गरेकै कारण देशभित्र उत्पादन न्यून भएको र आयात बढेको हो ।
गोल्छाले पत्रकारहरूसँग भने, २०७८ साउनदेखि पुससम्ममा बैङ्कहरूले ४ खर्ब ५० अर्ब लगानी गरे तर त्यसपछिका ८ महिनामा करिब ६० अर्ब रुपैयाँमात्र कर्जा प्रवाह गरियो ।
बा¥ह वर्षयता विप्रेषण ८० खर्ब ४३ अर्ब रुपैयाँ भित्रिएको थियो । यो रकमको अधिकांश अंश घरजग्गा खरिदमा लगानी गरियो । घरजग्गा खरिद काठमाडौँ उपत्यका र मुख्य मुख्य सहरमा केन्द्रित भयो । यो अनुत्पादन खर्चको कारण खाद्यान्नसमेत खर्बौं रुपैयाँको भारतबाट आयात गर्नुपरेको हो ।
बैङ्कहरूले निक्षेप बढाउन बचतको ब्याजदर दोब्बर बनाए तर ८ प्रतिशतमात्र भयो । कर्जाको ब्याजदर पनि बढेको हुँदा स–साना उद्योगी–व्यापारीलाई मार प¥यो ।
केही महिनाअघि बैङ्कबाट प्रवाह भएको कूल कर्जा ४८ खर्बमध्ये ३० खर्ब रुपैयाँ एक सय परिवारको वरिपरि रहेको समाचार प्रकाशित भयो । यसले स–साना उद्योगी–व्यापारीलाई झन् कठिन भयो ।
नेपाली जनताले सरकारमा गएका शासक पार्टीहरू नेका, एमाले, माओवादी, राप्रपा, जसपा, लोसपा आदि एउटै सिक्काका दुई पाटा भएको निष्कर्ष निकालेका थिए । मङ्सिर ४ गतेको चुनावबाट ठूला उद्योगी –व्यापारी, ठेकेदार र म्यानपावर कम्पनीका सञ्चालकहरू सांसद भए । नवलपरासी क्षेत्र नं. १ बाट नेकांको उम्मेदवार भएका विनोद चौधरी ठूला उद्योगी–व्यापारी हुन् भने ठूला व्यापारी टेकबहादुर गुरूङ मनाङबाट नेकांका सांसद भए । म्यानपावर कम्पनीका सञ्चालक लालप्रसाद सुब्बा लिम्बु झापाबाट एमालेका सांसद भए । होटललगायत उद्योगमा संलग्न किसान श्रेष्ठ एकीकृत समाजवादीबाट बारा –४ का सांसद भए । जलविद्युत र पर्यटन क्षेत्रमा संलग्न दीपक खड्का संखुवासभाबाट नेकाका सांसद भए । जसपाबाट सिराहा –४ का सांसद वीरेन्द्रप्रसाद महतो बैङ्क तथा वित्तीय संस्था, जल विद्युत् र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका छन् । चितवन–३ मा राप्रपाबाट सांसद भएका विक्रम पाण्डे ठूलो ठेकेदार कम्पनीका सञ्चालक हुन् । धादिङ – १ बाट सांसद भएका राजेन्द्र पाण्डे काठमाडौँको मनमोहन मेडिकल कलेजमा ठूलो लगानी भएका हुन् । पाण्डेको धादिङमा ढुङ्गा काट्ने÷गिट्टी बेच्ने क्रसर उद्योगहरू रहेको खबर छ ।
नेकाबाट सिन्धुलीका सांसद श्यामकुमार घिमिरे समाज डेन्टल अस्पतालका सञ्चालक हुन् । नेकाकै गोरखा–१ बाट सांसद बनेका राजेन्द्र बजगाई पर्यटन उद्योगी हुन् । निजी मेडिकल कलेज र अस्पतालका सञ्चालक नेकाका सांसद सुनिल शर्मा मोरङ –३ का सांसद हुन् । शर्मालाई मेडिकलको विद्यार्थी भर्नामा अर्बौं रुपैयाँ ठगी गरेको आरोपमा शिक्षा मन्त्रालयको ढोकाअगाडि कालोमोसो दलिएको थियो ।
नेकाबाट रामेछापका सांसद कान्छाराम तामाङ पनि ठूलै ठेकेदार हुन् भने नेकाकै रसुवाका सांसद मोहन आचार्य पनि ठूलै ठेकेदार हुन् । नेकाकै सिन्धुपाल्चोक–१ का सांसद मोहनबहादुर बस्नेत पनि विभिन्न व्यवसायमा संलग्न हुन् ।
उल्लिखित उद्योगी–व्यापारीमध्ये केही मन्त्री बन्ने क्रममा रहेको समाचार छ । सांसद बनेपछि आफ्नो नामको उद्योग–व्यापार र ठेकेदार कम्पनीबाट अलग्ग हुने सामान्य नैतिकता र आचरणको विषय हो तर नेपालमा यस्तो संस्कृति छैन । संविधानविद् डा. भीमार्जुन आचार्यले उद्योगी –व्यापारी सांसदहरूको स्वार्थमा कानुन बन्ने खतरा रहेको बताए ।
मङ्सिर १४ गतेको नागरिकमा तस्बिरसहित –संसदीय यात्रामा २० भन्दा बढी व्यवसायी– शीर्षकमा समाचार प्रकाशित भयो । नेकाबाट मुस्ताङका सांसद योगेन्द्र गौचन पनि ठूला पर्यटन उद्योगी हुन् । नवलपरासी –२ का नेकाकै सांसद तेजुलाल चौधरी शिक्षा क्षेत्रका व्यापारी हुन् । चौधरीको स्वामित्वमा ललितपुरमा नाइटिङ्गेल स्कूल सञ्चालनमा रहेको छ । एमालेका पाँचथरका सांसद वसन्तकुमार नेम्वाङ जलविद्युत् व्यापारी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ – ६ का सांसद शिशिर खनाल पिक एन्ड ड्रप कम्पनीका सञ्चालक हुन् । चितवन – १ का रास्वपाका सांसद हरि ढकाल शेयर कारोबारी हुन् । मकवानपुर– १ का राप्रपाका सांसद दीपकबहादुर सिंह कवाडी व्यवसायी हुन् ।
एमालेले समानुपातिक सूचीमा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनको नाम १ नम्बरमा राखेको छ । सरकारमा गएका शोषक पार्टीहरूले निर्वाचनलाई जनताको मत खरिद गर्न उद्योगी – व्यापारीलाई उम्मेदवार बनाइएको एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ ।
सरकारी संयन्त्रकै मिलेमतोमा चुनावपछि रौतहट र सर्लाहीमा तस्करी बढेको र चुनावको बेला वीरगञ्ज भन्सारबाट तस्करी बढेको खबर छ ।
Leave a Reply