के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
स्वास्थ्य उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार हो । आज सामान्य गरिब परिवारका मानिसहरू बिरामी पर्दा उपचार गराउनको निम्ति हारगुहार गर्नुपर्ने अवस्था छ । स्वास्थ्य उपचार गरिब बिरामीले सहज र निःशुल्करूपमा पाउन सकिरहेका छैनन् । जनताका जनप्रतिनिधिहरूले नागरिकको यस्तो समस्याको विषयमा बोल्नुपर्ने हुन्छ । तर, तिनीहरूले जनताका आधारभूत समस्याको विषयमा बोलेको सुनिँदैन । हामी जनताका सेवक हौँ भन्ने तिनीहरू गाउँ–ठाउँमा कोही बिरामी पर्दा फेसबुकमा फोटो पोस्ट गरेर सबैमा सहयोगको अपिल गर्न अग्रसर बन्छन् । बिरामीको फोटो सामाजिक सञ्जालमा राखेर आर्थिक जोहो गरिदिएको ठानी तिनीहरू आफूलाई महानता ठान्दछन् र सन्तुष्ट मान्छन् । केही व्यापारी, ठेकेदार, जनतालाई ठगेर र राज्यको सम्पत्ति लुटेका शोषक सामन्तीहरूले सहयोग गरेको भान पनि जनतामा पार्दछन् । सरकारी अस्पतालमा बिरामीको उपचार गरिदिनु भनी वडाको सिफारिस बनाइदिएको भरमा ठूलै काम गरेको देखावटी सामाजिक सञ्जालमा तिनीहरूले प्रचार गर्छन् । यो प्रवृत्ति गलत हो ।
भित्रभित्र जनताको रगतपसिना चुस्ने बाहिर आफूलाई समाजसेवी ठान्नेहरू पनि समाजमा छन् । निःशुल्करूपमा स्वास्थ्य उपचार पाउने नागरिकको नैसर्गिक अधिकारलाई ओझेलमा पारेर सस्तो लोकप्रियतामा रमाउने प्रचारबाजी जनप्रतिनिधिहरू, समाजका गन्यमान्यहरू व्याप्त छन् । यसले विकृत रूप नै लिइसकेको छ । कति दलका नेताहरू सहयोग गरेकोमा धन्यवाद छ भनी तिनै भरौटे कार्यकर्ताहरू सामाजिक सञ्जालमा प्रचार गर्छन् । तिनीहरू प्रचारमुखी बन्दै गर्दा आफ्नो स्वाभिमान र इमानमा कतिको चोट पुगेको छ भन्ने कुरा ती गरिब सोझा बिरामी र बिरामी आफन्तहरूलाई थाहा हुन्छ ।
जनताको स्वास्थ्य, शिक्षालगायत समस्यालाई सस्तो प्रचारबाजी, सामाजिक सञ्जालमा खेलौनाको रूपमा लिनुभन्दा पनि नैसर्गिक हकअधिकार दिलाउनेतर्फ जिम्मेवार व्यक्तित्वहरू लाग्नुपर्ने हुन्छ । आवश्यकताअनुसार राज्यले अस्पतालहरू ठाउँ–ठाउँमा खोल्ने र निःशुल्करूपमा नागरिकको स्वास्थ्य उपचार गर्न सबै तह लाग्नुपर्दछ ।
Leave a Reply