भर्खरै :

सांसद सुवालको मात्र किन फोटो छापिएन ?

सांसद सुवालको मात्र किन फोटो छापिएन ?

नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय महत्वका विषयमा राजधानीको मुटु रत्नपार्कलगायतका क्षेत्रमा जतिसुकै ठूलो जुलुस प्रदर्शन गरे पनि यहाँका आफूलाई मूलधारका भनिने पत्रकारहरूले एक अक्षर नलेखेको नौलो विषय होइन । पार्टीका जनवर्गीय सङ्गठनहरुले कहिले राजविराजमा त कहिले वीरगञ्जमा, कहिले धनगढी त कहिले भरतपुरमा कहिले वीरेन्द्रनगरमा राष्ट्रिय सम्मेलन गरी राजधानी केन्द्रित राजनीतिलाई विकेन्द्रित गर्न खोजेका थिए । तर, मूलधारका भनिने ठूला पत्रिकाहरू कसैले पनि खासै ठाउँ दिएन । त्यो सिलसिला अहिले पनि जारी रहेछ भन्ने कुरा हिजो एउटा अखबारको मुखपृष्ठमा नवनिर्वाचित सबै सङ्घीय सांसदहरुको फोटो छापिँदा नेमकिपाका सांसद प्रेम सुवाल एकजनाको मात्र फोटो छापिएन ।
प्रेम सुवाल वा नेमकिपाले के त्यस्तो अपराध ग¥यो, जसको फोटो पत्रिकामा छाप्नै अयोग्य होस् । हत्या अभियोग लागेका, गुण्डाराजको नाममा कुख्यात व्यक्तिको फोटो छापियो बरु । के प्रेम सुवालले संसद्मा एमसीसी र एसपीपीजस्ता देशघाती सन्धि–सम्झौताको निरन्तर विरोध गरेको पत्रिकालाई नपचेको हो । नाकाबन्दीविरुद्ध संसद्मा खुलेर भारतको विरोध गरेको पत्रिकालाई मन परेकै हो । यदि यसो हो भने पत्रिकाले भारत र अमेरिकाको पृष्ठपोषण गरिरहेको किन नभन्ने ?
भन्ने बेलामा निष्पक्ष, देश र जनतामा समर्पित भन्ने तर गर्ने बेलामा पक्षपात अनि देश र जनताका पक्षधरलाई रेट्ने ? चित्त बुझेन । उक्त पत्रिकाले ध्यान देओस् ।

One response to “सांसद सुवालको मात्र किन फोटो छापिएन ?”

  1. Bhupendra Shrestha says:

    हिजो एउटा अखबारको मुखपृष्ठमा नवनिर्वाचित सबै सङ्घीय सांसदहरुको फोटो छापिँदा नेमकिपाका सांसद प्रेम सुवाल एकजनाको मात्र फोटो छापिएन ।
    प्रेम सुवाल वा नेमकिपाले के त्यस्तो अपराध ग¥यो, जसको फोटो पत्रिकामा छाप्नै अयोग्य होस् । हत्या अभियोग लागेका, गुण्डाराजको नाममा कुख्यात व्यक्तिको फोटो छापियो बरु । के प्रेम सुवालले संसद्मा एमसीसी र एसपीपीजस्ता देशघाती सन्धि–सम्झौताको निरन्तर विरोध गरेको पत्रिकालाई नपचेको हो । नाकाबन्दीविरुद्ध संसद्मा खुलेर भारतको विरोध गरेको पत्रिकालाई मन परेकै हो । यदि यसो हो भने पत्रिकाले भारत र अमेरिकाको पृष्ठपोषण गरिरहेको किन नभन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *