विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
नैतिकता कहाँ कहाँ हुन्छ कहाँ कहाँ हुँदैन ? यो प्रश्न उठ्न नपर्ने हो साधारणत : । नैतिकता सामान्यतः सबै ठाउँमा हुुनुपर्ने हो हाम्रो सामान्य बुद्धिमा । तर, निर्वाचनमा पराजित भएपछि पनि मन्त्रीहरूले राजीनामा गरेका छैनन् । राष्ट्रिय झन्डा फरफराएर सिंहदरबार दौडिरहेका छन्, विभिन्न निर्णय गरिरहेका छन् । के मन्त्रीलाई नैतिकता लाग्दैन ? मन्त्री भनेको पद नैतिकता नलाग्ने पद हो ? कस्तो अनर्थ ? राजनीतिमा नैतिकता एउटा बलियो अङ्कुश हो । नैतिकता भनेको अन्य ऐन–कानुनमा उल्लेख नभएका तर समाजले नपचाउने जुनसुकै काम नैतिकताभित्र पर्छ । ‘समाज कानुन’ हो नैतिकता । कानुनले नसमातेको तर समाजले नपचाउने कुनै पनि काम नैतिकताले समात्छ । नैतिकता भनेपछि दफा–उपदफा, धारा–उपधाराजस्ता प्रावधानको आवश्यकता पर्दैन । अनैतिक भनेपछि अनैतिक नै हो । यसमा अरू दफा उपदफा खोजिरहनु आवश्यक छैन । स्पष्ट छ तपाईं निर्वाचनमा उम्मेदवार हुनुहुन्थ्यो । मतदाताहरूले तपाईंलाई भन्दा अर्को प्रत्याशीलाई बढी मत हाले । बढी मत पाउनेले जित्यो कम मत पाउने तपाईंं हार्नुभयो । अब हारेपछि त्यही पदमा बसिरहन र निर्णय गर्न मिल्दैन, पटक्कै मिल्दैन । यो साधारण कुरो हो । पराजित भएपछि पनि निर्णयमा सही धस्कनु पच्चीसै आना अनैतिक काम हो । अनैतिक भनेको अनैतिक हो, गर्नै नहुने काम हो सबैका लागि भने झन् सत्तामा बस्ने, शक्तिमा बस्नेहरूका लागि त झन् ठूलो बन्धन हो ।
लौ आजै छोड्नोस्
झन् अहिले त शासन व्यवस्था नै सङ्घीय गणतन्त्रउन्मुख छ । यसो भनेको बढी नैतिकताको हो मर्यादा गर्नुपर्छ भनेको हो । तर, हाम्रा कति जना मन्त्री निर्वाचनमा हारे । पराजय कसैका लागि पनि शुभ होइन तथापि थाहा नपाएजस्तो गरी निर्णयहरू सदर बदर गरेर हस्ताक्षर धस्काउनेसहित के उत्तर छ ? किञ्चित पनि शर्म लाग्दैन ? अब यस्ता काम गर्नेहरूलाई लाठो लिएर लघार्नुपर्छ नागरिकहरूले । प्रधानमन्त्री के हेरिबसेका छन् ? यस्ता सम्पूर्ण असङ्गत कामको अन्तिम उत्तरदायित्व त प्रधानमन्त्रीको होइन र ? मलाई यस्ता नैतिकहरामहरूको नाम लेख्ने जाँगर पनि आएन, सरम लाग्नुपर्नेहरूलाई सरम लागेन । मलाई पो सरम लाग्यो । नैतिकता पालना गर्नु नैतिकता हो हातमा पैसाको लक्कु आउँछ भन्दैमा जे पनि गर्नु त भएन नि ! वास्तवमा मलाई सोध्नुहुन्छ भने प्रधानमन्त्री वा मन्त्री पदमा बसेर निर्वाचन लड्नु भनेको अनैतिक हो । एउटा अनैतिक काम त गर्नु भो गर्नु भो चुनाव हारेर पनि राजीनामा नदिई पदमा बसिरहन अलिकति भए पनि असजिलो लाग्नुपर्ने होइन र तपाईंका परिवार होला, इष्टमित्र होलान् तिनको नाममा समेत कालो लाग्ने गरी के बसिरहेको भन्या ! मन्त्री पदमा ? लौ अहिल्यै राजीनामा दिनुहोस् र रेडियोबाट भन्न लगाउनुहोस् । छ यसो गर्ने आँट ? तपाईंलाई समाजको थोरै पनि डर छैन ? भोलि पनि यही समाजमा बस्नुपर्ने होइन र ? कि विदेसिने सोच छ ? यस्ता अप्ठ्यारा सधैँ आउँदैनन् । यस्तैमा हो बुद्धि बिगार्न नहुने । जे भो भइसक्यो । अब पनि छोड्नु भयो भने राम्रो । भोलिलाई हेर्नोस् न कम्तीमा ।
नयाँ घरमा बस
सरकारलाई पनि अलिकति कोट्याउँ ? सरकार भएपछि आफ्ना सबै गरिब नागरिकहरूलाई पनि हेर्नु पर्दैन ? गरिबहरूलाई कम्तीमा रोजगारी त दिनुप¥यो नि सरकारले । हिजो नेपाली काङ्ग्रेस, एमाले र माओवादीलगायत सत्ताकाङ्क्षी राजनीतिक पार्टीहरूले बाग्मती, विष्णुमती, धोवीखोला, टुकुचा, मनोहरालगायत खोलाका बगरमा सुकुमवासी भन्नेहरूलाई बसालेका होइनन् र ? अझ यसरी खोलाका बगरमा बस्नेहरूलाई आफ्ना भोट बैङ्कको रूपमा प्रयोग पनि गरे । भर्खरैको निर्वाचनमा पनि यी बगरमा बस्नेहरूको मतबाट विजयी पनि भए, विजयी नहुनेहरूले जमानत जोगाए । काठमाडौँ महागनरपालिका प्रमुख बालेन्द्र साहलाई यो सुकुमवासी समस्या निल्नु न ओकल्नु भएको छ अहिले । खोला, नदीनाला सभ्यता, संस्कृतिजस्ता प्रकृतिका वरदानको संरक्षण गर्नु सबैको कर्तव्य हो । यस्ता धरोहर जोगाउने काम स्थानीय तहको क्षेत्रभित्र पर्छ । ती खोलाको बगरमा बस्नेमध्ये सबै सुकुमवासी हैनन् । कति जना त आफ्नो अन्तका गगनचुम्बी विशाल भवनमा अरूलाई भाडामा बसालेर आफू ती झुपडीमा बसेको पत्ता लागिसकेका छन् । कति नदी किनारका सुकुमवासीलाई तत्काल बस्न भवनसमेत सरकारले बनाइदिएको छ । तर, त्यो ठाउँ पायक परेन भनेर त्यहाँ सर्न मानेका छैनन् । यसरी भड्काउनेहरू पनि ती नै माफिया हुन् । सरकार भएपछि यस्ता सबै समस्याको सम्बोधन गर्नुपर्छ । त्यता नलागी एकथरी ती अव्यवस्थित बसोबासीलाई भड्काउने अर्कोथरी उचाल्ने, अर्कोथरी पछार्ने गरेर समस्यालाई झन् चर्काउने गर्दै छन् । यो समस्या यथासक्य छिटो समाधान गर्न गम्भीर भएर लाग्नुप¥यो ।
भोलि कति छिट्टै आएको ?
यो पङ्क्ति लेखुञ्जेल हाम्रो राजनीतिक अन्तर्य खुलिसकेको छैन । ढिलोढिलो अत्यन्तै ढिलो गरी बल्ल बल्ल पहिलो हुने विजयी हुने प्रत्यक्ष निर्वाचनको परिणाम प्रकाशित भइसक्यो । समानुपातिकतर्फको परिणाम प्रकाशित हुन बाँकी नै थियो । हिजै सत्तासीन गठबन्धनको अपराह्न बैठक बोलाइसकिएको थियो । सो बैठकले के निर्णय ग¥यो वा निर्णय गर्न सकेन लेख्न सकिएन । अब प्रधानमन्त्रीको निर्वाचनमा को को कुन कुन पार्टीबाट वा कुन कुन पक्षबाट भन्ने पनि ठेगान लागिसकेको थिएन । के होला अब अनुमान गर्ने बलिया आधार पनि छैनन् । फेरि नेपालमा ठूला पार्टीका ठूला नेता पनि भरपर्दा छैनन् । तसर्थ, अनुमान गर्न पनि सहज छैन । प्रधानमन्त्री एउटा पद, गठबन्धनभित्रै पनि उपगठबन्धनहरू छन् । तर भरपर्दा कुनै छैनन् । तसर्थ यसै होला भनी अनुमान गर्न पनि सहज छैन । फेरि हाम्रा राजनीतिक पार्टीमा उच्च नेताहरू जनतालाई हेर्दैनन् । प्रथम पुरुष आफैमात्र हुने रोग छ । भोलि चाँडै आउँदैन भनी भद्र सहमति गर्छन् प्रधानमन्त्री यतिमा छोड्नु तपाईंलाई भनी । तर भोलि छिट्टै आउँदो रहेछ । तब भद्र सहमतिको पालना हुँदैन । अनि मारामार । अब यस्तो घडी आइपुग्यो । तसर्थ आजका लागि हिजो लेखेर तयार गरेको कुरा लागु गर्न सजिलो भएन । तपाईं हामी सधैँ यहाँ ठाउँमा हुँदैनौँ । तसर्थ एउटा निष्ठामा अडान लिने अठोट गर्न सकेमा असजिलो पनि सजिलोसँग पार गर्न सकिने रहेछ । तपाईं म सधैँ यही जिम्मेदारीमा रहँदैन । तसर्थ पनि एउटा निष्ठामा बसौँ, त्यही राम्रो होला । भोलि के हुन्छ भन्न सक्ने भइनँ । लौ आज यत्ति ।
Leave a Reply