भर्खरै :

एक अथक कम्युनिस्ट योद्धा कामरेड चियाङ चमिन

एक अथक कम्युनिस्ट योद्धा कामरेड चियाङ चमिन

चिनियाँ कम्युनिस्ट पार्टीको १०१ वर्ष लामो इतिहासमा यस्ता केही क्रान्तिकारी नेताहरूको जन्म भयो जसले चिनियाँ क्रान्ति र चिनियाँ समाजवादको कुशलतापूर्वक नेतृत्व गर्नुका साथै विश्वका आन्दोलन, सङ्घर्ष तथा सामाजिक–आर्थिक परिवर्तनका लागि समेत ऊर्जा प्रदान गर्नुभयो । ती नेताहरूप्रति चिनियाँ जनता मात्र होइनन् आज विश्वका न्यायप्रेमी तथा स्वतन्त्रप्रेमी जनतासमेत उच्च सम्मान गर्दछन् र गर्वका साथ स्मरण गर्छन् । साथै, आफ्नो असल मित्र सम्झन्छन् । ती चिनियाँ नेताहरूमध्ये एक हुनुहुन्थ्यो चीनका पूर्व राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव चियाङ चमिन । विश्वका अन्य कयौँ मुलुकका जनताले झैँ नेपाली जनता पनि चियाङ चमिनलाई आफ्ना असल मित्र, भरपर्दो सहयोगी तथा विशाल हृदयका धनी व्यक्तित्वको रूपमा सम्झन्छन् ।
गत नोभेम्बर ३० का दिन उहाँको निधन भएको खबरले विश्वका न्यायप्रेमी जनताभैmँ नेपाली जनता पनि अत्यन्त दुःखी एवम् मर्माहत भए । नेपालको विकास भएको हेर्न चाहने र नेपाली जनताप्रति सद्भाव राख्ने एक शुभचिन्तकको देहावसानले गहिरो क्षति पुगेको अनुभव नेपाली जनताले गरे । विश्वभरि झैँ नेपालमा नेता चियाङप्रति श्रद्धाञ्जली व्यक्त गर्ने सिलसिला जारी छ ।
नेता चियाङ चमिनको जन्म १७ अगस्ट १९२६ मा पूर्वी चीनको चियाङश् प्रान्तको याङचाओमा भएको थियो । उहाँको जन्म एउटा देशभक्त तथा बौद्धिक परिवारमा भएको थियो । बाल्यकालमै उहाँ देशभक्तिपूर्ण भावना तथा क्रान्तिकारी विचारबाट ओतप्रोत हुनुभयो । तत्कालीन राजनीतिक परिस्थिति तथा आन्दोलनको गहिरो छाप उहाँमा प¥यो । चिनियाँ संस्कृतिको प्रभाव पनि उहाँमा प्रस्ट देखिन्छ । चियाङ मेधावी तथा मेहनती विद्यार्थी हुनुहुन्थ्यो । १७ वर्षको उमेरमा उहाँ नान्चिङको केन्द्रीय विश्वविद्यालयमा विद्युतीय मेशिनरी विभागमा अध्ययनरत हुनुहुन्थ्यो । त्यतिखेरदेखि नै उहाँले जापानविरोधी प्रतिरोध सङ्घर्षमा भाग लिन थाल्नुभयो । त्यो सङ्घर्षले उहाँलाई एक राजनीतिक सुझबुझयुक्त देशभक्त युवा बनायो । सन् १९४६ को अप्रिलमा कामरेड चियाङ चिनियाँ कम्युनिस्ट पार्टीमा आबद्ध हुनुभयो । कामरेड चियाङ एक कम्युनिस्ट कार्यकर्ता बन्नुभयो । त्यतिखेर उहाँ भर्खरै २० वर्षे जवान हुनुहुन्थ्यो । त्यो राजनीतिक यात्रा ७० वर्षभन्दा लामो समयसम्म अनवरत चल्यो । उहाँको समाजवादप्रतिको आस्था, कम्युनिस्ट नैतिकताप्रतिको प्रतिबद्धता तथा क्रान्तिकारी भावना जीवनको अन्तिम घडीसम्म पनि डग्मगाएन । ७० वर्षभन्दा लामो सक्रिय राजनीतिक जीवनमा उहाँ सधैँ एक सच्चा कम्युनिस्ट बन्नुभयो र करोडौँ चिनियाँ जनताको नेतृत्व गर्नुभयो । समाजवादी चीनको विकास निर्माणमा एक लडाकुले झैँ अग्रपङ्क्तिमा बसी नेतृत्व गर्नुभयो ।
एक कम्युनिस्ट कार्यकर्ता मात्र नभई कामरेड चियाङ एक बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । विज्ञान तथा प्रविधिमा उहाँ विशेष दख्खल राख्नुहुन्थ्यो । चीनको औद्योगिक विकासमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभयो । एक युवा वैज्ञानिकको नाताले विभिन्न औद्योगिक क्षेत्रमा उत्पादन वृद्धिको अभियान सञ्चालन गर्नुभयो । विभिन्न यन्त्रको आविष्कारमा अगुवाइ गर्नुभयो । तत्कालीन सोभियत सङ्घको स्तालिन अटोमोबाइल वर्कस्बाट सन् १९५५ मा विशेष तालिम प्राप्त गरी आफ्नो क्षेत्रको एक विशेषज्ञ बन्नुभयो । एक दक्ष इन्जिनियरको नाताले यन्त्र निर्माण कारखानाहरूको निर्देशक भएर महत्वपूर्ण योगदान पु¥याउनुभयो । उहाँले वैदेशिक लगानी, आयात–निर्यातको क्षेत्रको उन्नति आदि क्षेत्रमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । वैदेशिक व्यापारको विस्तारसँग सम्बन्धित नीति निर्माण कार्य, विदेशी अत्याधुनिक प्रविधि तथा यन्त्र स्वदेशमा भित्याउने, विशेष आर्थिक क्षेत्रको निर्माण आदिमा समेत उहाँले गहन भूमिका निर्वाह गर्नुभयो । यसप्रकार एक कम्युनिस्ट, युवा वैज्ञानिक तथा दक्ष इन्जिनियरको नाताले चीनको औद्योगिक विकास, आर्थिक उन्नयन तथा प्राविधिक विकासमा कामरेड चियाङले उल्लेख्य भूमिका खेल्नुभयो । यी सबै अविस्मरणीय कार्य तथा योगदानको उच्च मूल्याङ्कनस्वरूप सन् १९८२ मा कामरेड चियाङ चिकपाको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । सन् १९८५ मा उहाँ साङ्घाइको मेयर बन्नुभयो र सन् १९८७ मा चिकपाको शाङ्घाइ महानगरको सचिव बन्नुभयो । उहाँकै नेतृत्वमा शाङ्घाइको आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक उन्नयन सुरु भयो र बीसाँै शताब्दीको अन्तिमतिर शाङ्घाइ संसारकै विकसित तथा अत्याधुनिक सहर बन्न सफल भयो । सन् १९८७ को नोभेम्बरमा कामरेड चियाङ चिकपाको पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभयो । सन् १९८९ को जुनमा उहाँ चिकपाको स्थायी समिति सदस्य र पछि महासचिव निर्वाचित हुनुभयो । यसप्रकार पार्टी सदस्यता प्राप्त गरेको ४३ वर्षपछि उहाँ चिकपाको महासचिव बन्नुभयो । सन् १९९३ मार्चमा कामरेड चियाङ जनवादी गणतन्त्र चीनको राष्ट्रपति निर्वाचित हुनुभयो । त्यतिखेर उहाँ ६७ वर्षको एक अनुभवी तथा परिपक्व नेता बनिसक्नुभएको थियो ।
नेता चियाङले चिकपाको विचारधारात्मक निर्माण तथा विकासमा पनि महत्वपूर्ण योगदान दिनुभयो । चीनलाई एक्काइसौँ शताब्दीको सम्पन्न, आधुनिक तथा समाजवादी देशको रूपमा उभ्याउन उहाँले दूरदृष्टि प्रस्तुत गर्नुभयो र तीव्र गतिमा अभियान आरम्भ गर्नुभयो । उहाँले ‘तीन प्रतिनिधित्वको सिद्धान्त’ (त्जभयचथ या त्जचभभ च्भउचभकभलतक० प्रतिपादन गर्नुभयो । यस सिद्धान्तले चिनियाँ विशेषतासहितको समाजवादको विकासमा जोड दिन्छ । माक्र्सवाद–लेनिनवाद, माओ त्से तुङ विचारधारा तथा तङ सियाओपिङ विचारको निरन्तरता, उन्नति तथा विकासमा गम्भीरतापूर्वक प्राथमिकता दिन्छ । पछौटेपनले विदेशी हमला निम्त्याउने भएकोले विकास र राष्ट्रिय पुनर्जागरणमा जोड दिनुपर्ने कामरेड चियाङको विचार अझै पनि समिचीन देखिन्छ । चीनको सुधार तथा खुलापनको नीति कार्यान्वयनमा उहाँ दृढतापूर्वक लाग्नुभयो ।
साथै उहाँले चिनियाँ विशेषतासहितको समाजवादले आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासमा जोड दिई समाजवादी उपलब्धि तथा सांस्कृतिक–नैतिक विकास हासिल गर्नुपर्ने विचार प्रस्तुत गर्नुभयो । हरेक विकासका निम्ति राजनीतिक स्थायित्व आधारभूत आवश्यकता हो भन्ने धारणा उहाँ राख्नुहुन्थ्यो ।
कामरेड चियाङकै कार्यकालमा सन् १९९७ जुलाइ १ का दिन हङकङ र डिसेम्बर २०, १९९९ मा मकाउ चीनको मुख्त्ूमिमा जोडिए । ‘एक देश दुई प्रणाली’ व्यावहारिक उपाय थियो भन्ने कुरा आज दुई दशकपछि समेत अनुभव गरिँदै छ । शान्तिपूर्ण पुनःएकीकरण तथा एक चीन नीतिले आज पनि चीनको घोषित नीतिको रूपमा निरन्तरता पाउँदै छ । यी सबै प्रसङ्गमा पनि विश्वले कामरेड चियाङ चमिनको सगर्व सम्झना गर्दछ ।
पार्टीको नेतृत्व विकास तथा राज्यको सुशासनमा विशेष ध्यान दिइनुपर्ने कामरेड चियाङको विचार आज पनि उत्तिकै सान्दर्भिक एवम् अनुकरणीय देखिन्छ ।
साथै सबैखाले भ्रष्टाचारविरुद्ध पार्टी र पार्टी नेतृत्व हरदम तयार एवम् सङ्घर्षरत रहनुपर्ने विचार प्रेरणादायी छ । पार्टीले तल्लो वर्गको सेवक तथा रक्षकको भूमिका निर्वाह गर्नुपर्ने विचार कामरेड चियाङ राख्नुहुन्थ्यो । पार्टी शासन सत्तामा पुगिसकेपछि जनसमुदायबाट अलग्गिने खतरा रहने कामरेड चियाङ बताउनुहुन्थ्यो । भ्रष्टाचारविरुद्ध लड्नुनै त्यतिखेरको मुख्य राजनीतिक कार्य हो भन्ने विचार उहाँ राख्नुहुन्थ्यो । जनतामै भर परेर जनताकै सेवा गर्नु राजनीतिक दलको धर्म हो, कामरेड चियाङ भन्नुहुन्थ्यो ।
कामरेड चियाङकै विशेष अनुरोधबमोजिम पार्टीको जिम्मेवारीबाट अवकाश लिने उहाँको निर्णय सन् २००५ को मार्चमा बसेको बैठकले अनुमोदन ग¥यो । सन् २००४ को सेप्टेम्बरमा नेता चियाङले त्यस्तो अनुरोध पार्टीसमक्ष राख्नुभएको थियो । ९६ वर्षको उमेरमा कामरेड चियाङ चमिनको उपचारकै क्रममा निधन भयो । संसारका नेताहरू, राष्ट्रप्रमुख तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका खबरहरू आउने क्रम जारी छ । चीन, चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टी यतिखेर शोकमा छन् । एक अथक कम्युनिस्ट योद्धा कामरेड चियाङ चमिनप्रति नेपाली कामदार जनताको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *