सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
समाचारपत्रअनुसार नयाँ प्रधानमन्त्री बन्ने लहरमा एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अगाडि छन् । नेपाली काङ्ग्रेसमा गगन थापा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेरबहादुर देउवा र शेखर÷शशाङ्क कोइरालाबारे बढी चर्चा छ । निर्वाचनकै बेला प्रधानमन्त्री को हुने भन्नेबारे राजनैतिक दलहरूबाट चलाइएको मनोवैज्ञानिक युद्धले समाजमा नकारात्मक प्रभाव जन्माएको छ । केही प्रश्नहरू उठेका छन्– ती प्रधानमन्त्रीका दाबेदार वा आकाङ्क्षीहरूले के प्रम हुनु सोंख सम्झेका हुन् वा यसलाई व्यापार सम्झेका हुन् ?
प्रचण्ड पहिले नै दुई पटक प्रम भएर असफल भएका व्यक्ति हुन् । सशस्त्र सङ्घर्ष वा ‘गृहयुद्ध’ गरेकै कारणले उनले प्रम भएर घमण्ड देखाउने र बदला लिने उद्देश्य राखेका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी, गुप्तचर विभाग र सिंहदरबारको प्रशासन यन्त्रको उनले सहयोग नपाउने मात्र होइन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा विरोधकै सामना गर्नुपर्नेछ । किन ? त्यसको कारण प्रस्ट छ– विदेशीको सहयोगमा देशलाई धुजाधुजा पार्ने र सिद्धान्तहीन युद्ध गरी युवाहरूको अनावश्यक हत्या गराई देशको अर्थतन्त्र ध्वस्त पार्नमा प्रचण्ड जिम्मेवार छन् भनी बुद्धिजीवी समुदायको टीका–टिप्पणी सेलाएको छैन ।
१९ मङ्सिरको ‘नागरिक’ को विचारमा सटीक टिप्पणी गरिएको छ– ‘प्रचण्डलाई व्यक्तिगत अर्थोपार्जनको दोष लगाउनु उचित नहोला तर सुशासनमा कमजोर रहेको तथ्य प्रभाकर काण्डमा देखियो ।’
‘नागरिक’ का लेखकले शिष्टताबस ‘अर्थोपार्जनको दोष’ नलगाए पनि ‘प्रभाकर काण्ड’ अर्थसँगै सम्बन्धित छ र त्यसको सूची धेरै लामो छ । सेना, प्रहरी, गुप्तचर विभाग र प्रशासन यन्त्र तटस्थ भनौँ भने निर्वाचनमा समेत तिनीहरूको ठूलो प्रभाव देखिँदै आएको छ– मतपत्र तलमाथि गर्दा अर्थात् निश्चित जिल्लामा आवश्यक चिह्न नभएकै मतपत्र पठाउने, मत गन्ती गर्दा मतपत्र च्यात्ने र खाने, बत्ती निभाउने र अनेक राजनैतिक चटक गर्ने अर्थात् क्षणक्षणमा शत्रु मित्र बन्ने, मित्र शत्रु बनाउने आदि । यस्तो अस्थिरता र सिद्धान्तहीनता राजनीतिमा सबभन्दा त्याज्य र निकृष्ट दोष हुन् ।
गगन थापाले युवा जोशको हिसाबले दाबा गर्नु भविष्यको महत्वाकाङ्क्षा र दाबी गरिराख्ने उपाय पनि होला किनभने नेपाली काङ्ग्रेसजस्तो ‘विशाल’ र ‘समुद्र’ जस्तो दलमा थरीथरीका विचार प्रवाह हुनु अस्वाभाविक होइन । ‘युवा’ नै मुख्य विषय हो भने २५ वा ३०, १५ वा २० गर्दै १६ वर्षकै युवाले पनि त बालिग हुने, मतदानको अधिकार पाउने र राजनीतिमा आउने इच्छा जाहेर गर्नु अनौठो विषय बनेन । तर, प्रधानमन्त्री पदका आकाङ्क्षीहरूले आ–आफ्नो दलको घोषणापत्रको उल्लेखसमेत नगर्नु भन्ने अवश्य पनि सबैको निम्ति जिज्ञासाको विषय बन्दै छ ।
जहाँसम्म रामचन्द्र पौडेलको प्रम बन्ने चाहना हो, अरू जे भए पनि प्रधानमन्त्री बन्न नपाउने भए उनले आफ्नो जीवन ‘बरबाद’ भएको सम्झनेछन् । ‘सभामुख’ पद भनेको उनको निम्ति संसदीय कार्यालयको साधारण कर्मचारीको पद हो । पौडेलको अध्ययनको घेरा र गृहमन्त्री हुँदा उनको पाल्पाको दमनचक्र र भक्तपुरमा राति गराएको आक्रामक गोली काण्ड जनताले बिर्सने विषय भएन । यसकारण, राजनैतिक क्षेत्रमा सबैले उनीसँग आग्रह गर्छन्– ‘छातीलाई सानो चित्त गर्नु भएन बरु विशाल गर्नुप¥यो ।’
कोइराला परिवारको प्रधानमन्त्रीको दाबा नेपाली काङ्ग्रेसको इतिहाससँग जोडिएको विषय हुँदा नेपाली काङ्ग्रेसकै माथिल्ला कार्यकर्ता र माननीय ‘आ–आफ्नो प्रम बन्ने पालो’ को पीर लिन्छन् ।
सम्भवतः, यसैकारण ‘नागरिक’ ले यस निर्वाचन परिणामलाई ‘उत्साहित सन्देश’ र नेपाली काङ्ग्रेसलाई ‘अहिलेको भारतीय काङ्ग्रेसजस्तै हालतमा पुग्ने’ खबरदारी ग¥यो ।
भर्खरै स्थापना गरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले ‘शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता’ व्यक्त गर्ने पक्षको समर्थन गर्ने बताएर स्पष्टता प्रकट गरे । साथै, उनले स–साना दललाई समेत समेटेर लैजानुपर्ने सन्देश दिए ।
हिजो एक–दुई स्थानमात्र प्राप्त गर्ने दलहरूलाई ‘राष्ट्रिय’ पार्टीहरूले होच्याए । प्रतिनिधिसभामा एकमात्र सांसद विजयी भएको जनमत पार्टीले झन्डै ४ लाख मत पाएको छ । तर, हिजो ‘राष्ट्रिय’ दलको सिद्धान्त देशको अहितमा हुने आकलन गर्दै विरोध गर्दा ठूला दलहरूले साना दलहरूलाई विचार, सिद्धान्त र आदर्श समाजको निर्माणको दृष्टिकोणले नहेरी अहङ्कारबस मत परिणामलाई मात्र हेरी हेलाहोचो गर्थे । यसपटक एउटा दलले १० सांसद प्राप्त गरे पनि ‘राष्ट्रिय’ दलको मान्यता नपाउने सम्भावना छ । नेताहरूमा भविष्यप्रति सा¥है दरिद्र मानसिकता देखिएको जनता अनुभव गर्दैछन् ।
Leave a Reply