भर्खरै :

राजनीति व्यवस्था बदलेर देश र जनताको सेवा गर्न हो

राजनीति व्यवस्था बदलेर देश र जनताको सेवा गर्न हो

कैलाली, २० मङ्सिर । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा लम्कीचुहा नपा वडा नं. ४ मा मतदातालाई धन्यवादज्ञापन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले राजनीति युगौँयुगका लागि गरिने भएकोले जनता सचेत बन्नुपर्छ भन्नुभयो । राजनीति व्यक्तिलाई जिताउन होइन बरु व्यवस्था बदल्न हो भन्दै उहाँले पुँजीवादी व्यवस्थालाई नबदलेसम्म कामदार जनता खुसी र सुखी हुने छैनन् भन्नुभयो । गाँस बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, शान्ति, सुरक्षा र मनोरञ्जन समाजवादी व्यवस्थामा हुने भएकोले सबैले बुझ्न उहाँले आग्रह गर्नुभयो ।
नेमकिपा राजनीतिलाई जनताको सेवाको रूपमा लिने विचार व्यक्त गर्दै उहाँले जनताको सम्पत्तिलाई हिनामिना गर्नुहुँदैन भन्नुभयो । देशघाती एमसीसी, एसपीपी र नागरिकता विधेयकको विरोध गर्ने एकमात्र पार्टी नेमकिपा भएको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले निर्वाचन घोषणापत्रको लडाइँ भएको बताउनुभयो । भोजभत्तेर, पैसा र वस्तु वितरण गरेर चुनाव जित्ने शासकहरूले महँगी बढाउने, युवालाई विदेश पठाउने, शैक्षिक माफिया, भूमाफियाहरूलाई फाइदा हुने पक्षमा नीति नियम बनाउनेछन् भन्नुभयो ।
कार्यक्रममा सुस्मा कामी र मोतीराम थापाले धन्यवाद दिनुभएको थियो । कार्यक्रममा लक्ष्मी सलामीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *