हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
दैलेख, २० मङ्सिर । नेपाल मजदुर किसान पार्टी महाबुको सातौँ गाउँ सम्मेलन मङ्सिर १५ र १६ गते महाबु गाउँपालिकाको काप्रिखोलामा सम्पन्न भयो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य बमबहादुर सिंहले नेमकिपा कामदार जनताको पार्टी हो, हरेक नागरिकलाई राजनीतिकरूपमा प्रशिक्षित गरी समाजवादको आधार तयार गर्न सङ्घर्षशील रहनुपर्छ भन्नुभयो ।
नेमकिपाका जिल्ला सदस्यहरू दुर्गबहादुर थापामगर, मनबहादुर खत्री, राजकुमारी डांगीले बोल्नुभएको थियो ।
सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को समीक्षा पनि गरिएको थियो । सम्मेलन टेकबहादुर सलामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बन्द सत्रले टेकबहादुर सलामी मगरको अध्यक्षतामा १५ सदस्यीय महाबु गाउँपालिका समिति चयन गरेको छ ।
Leave a Reply