भर्खरै :

नेपाली भूमि सुस्ता मिचेको विरोध गर्दा जाली मुद्दा

नेपाली भूमि सुस्ता मिचेको विरोध गर्दा जाली मुद्दा

भारतले सुस्ता मिचेको विरोधमा भक्तपुरका जनताले २०२५ मङ्सिर २२ गते जुलुस गरेका थिए । सुस्तामाथि भएको भारतीय अतिक्रमणविरूद्ध ‘सुस्ता बचाउ’ आन्दोलन भएको थियो । सुस्ता अतिक्रमणको विरोध गर्न भक्तपुरका देशभक्त जनता च्याह्मासिंगमा भेला भएका थिए । उक्त जुलुस प्रदर्शन असफल पार्न प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको थियो । प्रदर्शनमा सहभागी आन्दोलनकारीलाई अघि बढ्न नदिन सुरक्षाकर्मीहरूले पक्राउ गर्न खोजे । जुलुस प्रहरीसँग घम्साघम्सी गर्दै सूर्यमढी पुग्यो । सूर्यमढीमा पुगेपछि प्रहरीले मनपरी लाठी प्रहार गर्न थाले । आन्दोलनकारीहरूसँग नर्कट र प्रहरीसँग लाठी थिए । आन्दोलनकारी र प्रहरीबिच कुटपिट भयो । तर पनि जुलुस रोकिएन । जुलुस अगाडि बढ्यो । जुलुस तचपालमा पुगेपछि प्रहरीले फेरि रोक्न खोजे । जुलुसलाई दबाउन खोजेपछि स्थानीयले प्रहरीसँग प्रतिवाद गरे । यसरी ठाउँ–ठाउँमा आन्दोलनकारी र प्रहरीबिच झगडा भयो । अन्तमा जुलुस खौमामा पुग्यो र सभा अन्त भयो । प्रदर्शनमा भएको हस्तक्षेपमा आन्दोलनकारी र प्रहरीहरू घाइते भएका थिए ।
जुलुस प्रदर्शनमा आन्दोलनकारीहरूले विस्तारवादी भारत सुस्ता छोड, सार्वभौमिक अखण्डता कायम गर्छौँ, भारतीय दलाल मुर्दावाद, सारा जनता एक होऔँ आदि नारा लगाइएको थियो । जुलुसको क्रममा ठाउँ–ठाउँमा कोणसभा भएको थियो, अपिल (पर्चा) वितरण गरिएको थियो । जुलुस प्रदर्शनको भोलिदेखि भक्तपुरको ठाउँ–ठाउँमा प्रशासनले गुप्तचरहरू परिचालन ग¥यो प्रशासनले भक्तपुर पञ्चायतको तत्कालीन उपप्रधानपञ्चलाई अपहरण ग¥यो । यसले जनता आक्रोशित भए । जनताले डीएसपी कार्यालयमा नाराबाजी गर्दै धर्ना दिए । जनताको दबाबले निजलाई रिहा गर्ने वचन प्रशासनले दिए पनि रिहा गरिएन । आन्दोलनकारीहरूले नाराबाजी गर्दै आन्दोलनका अगुवाको रिहाइ माग गरिरहे । प्रहरी प्रशासनले जाली मुद्दा चलायो । प्रशासनले सयौँ जनालाई वारेन्ट जारी ग¥यो । प्रशासनले प्रहरीलाई कुट्यो भनी जाली राजकाज मुद्दा चलाएको थियो । गोल्मढीमा सरजमिन भयो । सुस्ता नेपालको हो भन्ने व्यहोरा नटिपी प्रशासनले आफू अनुकूलको बयान टिप्यो । देशभक्त आन्दोलनकारीमाथि जाली मुद्दा लगाइएको थियो । बाग्मती अञ्चलाधीश कार्यालयले भूमिगत बसेकालाई म्याद काट्यो, म्यादभित्र हाजिर नहुनेलाई थुनामा राखी कारबाही गर्ने निर्णय ग¥यो । देशभक्त जनताको आन्दोलन जारी रह्यो र अन्ततः जाली मुद्दा खारेज भयो, मुद्दामा परेका सबै छुटे ।
देश जोगाउने आन्दोलनमा सरकारले साथ दिनुपर्ने हो । देशको भूमि बचाउन गरिएको आन्दोलनमा प्रहरी हस्तक्षेप किन भयो ? नेपाली भूमि बचाउन गरिएको उक्त आन्दोलनबाट पाठ सिकेर सरकारले भारतीय सरकारसँग वार्ता गरी नेपाली भूमि फिर्ता लिनुपर्ने थियो । तर, नेपाली भूमि बचाउन गरिएको आन्दोलनलाई दबाउने र जाली मुद्दा लगाउने काम प्रहरी प्रशासनले ग¥यो । के यसले तत्कालीन सरकार पनि भारतको पक्षमा रहेको पुष्टि गर्दैन ? नेपाली जनताको विरोध भए पनि सरकारले ध्यान दिएन र भारतीयले सुस्ता आफ्नो हातमा लिए । त्यो नेपाली भूमि (सुस्ता) अहिले पनि भारतीयहरूकै कब्जामा छ । यसतर्फ अहिलेसम्मका कुनै पनि सरकारको ध्यान गएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *