भर्खरै :

पाङ्गामा नवौँ नेपालभाषा साहित्य तःमुंज्या नेपाल–भारतको असमान सन्धि खारेज गराउन नेमकिपाको जोड

पाङ्गामा नवौँ नेपालभाषा साहित्य तःमुंज्या नेपाल–भारतको असमान सन्धि खारेज गराउन नेमकिपाको जोड

काठमाडौँ, २२ मङ्सिर । नवौँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम कीर्तिपुरको पाङ्गामा बिहीबार एक समारोहबिच सम्पन्न भयो ।
उक्त साहित्यिक सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले इतिहास, भूगोल, विज्ञान विषयका पुस्तक नेपालभाषामा प्रकाशन गरी नयाँ पुस्तालाई अध्ययन गराउनुपर्नेमा जोड दिनुभयो ।
विदेशी शब्दको सट्टा नेपालभाषाकै शब्दहरू व्यवहारमा ल्याउन सके नेपालभाषा अझ समृद्ध हुने धारणा राख्दै उहाँले भाषाको संरक्षण गर्ने जिम्मेवारी पुरातत्व विभाग, विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानको हुनुपर्ने हो तर भइरहेको छैन भन्नुभयो ।
सरकारको भरमा मात्र काम नहुने हुँदा जनता नै अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले ज्येष्ठ नागरिकहरूको अनुभव हाम्रो सम्पत्ति हो भन्नुभयो ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले काठमाडौँमा शासक दलका पुरूष नेताहरू सिंहदरबार कब्जा गर्न तँछाडमछाड गरिरहेको बेला पश्चिमी सीमा महाकालीमा भारतले अतिक्रमण गरेको विरोधमा स्थानीय महिलाहरू देशको सार्वभौमिकता रक्षा गर्न लागिरहेको बताउनुभयो ।
भारतले महाकाली नदीमा गरेको अतिक्रमणको निन्दा र विरोध गर्दै नेमकिपाले वक्तव्य निकालेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकारमा जानेहरूले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए, किसानलाई रासायनिक मल उपलब्ध गराएनन्, खबौँको रकम भारतबाट खाद्यान्न खरिद गरी भारतीय एकाधिकार पुँजीको सेवा गरिरहेका छन् ।”
चुनावमा मूर्तिचोर, भ्रष्टाचारी, हत्याराहरूसमेत सांसद बनाइएकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपाली शासक दलहरूको विरोध जनताले गरिरहेको प्रस्ट पार्नुभयो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेहरूले सुशासन दिननसक्ने उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “शासक दलहरूले नेपाली सेनाको हेलिकप्टर र सरकारी गाडी दुरूपयोग गरे† पैसा बाँडे† भोज खुवाए र भारतीय नम्बर प्लेटका गाडी चुनावमा उपयोग गरे ।”
भारतीय सेनाका अवकास प्राप्त जनरल अशोक मेहताले नेपालका कुनै पनि पार्टीको निर्वाचन घोषणापत्रमा ‘अग्निपथ’ को विरोध नभएको बताउनु सत्य होइन, सचिव सुवालले बताउनुभयो ।
नेपाली युवालाई भारतले भाडाको सिपाही बनाउने गोर्खा भर्ती केन्द्र खारेज गराउन र नेपाललाई भारतको सुरक्षा खातामा राख्ने सन् १९५० को नेपाल–भारतको असमान सन्धि खारेज गराउन नेमकिपाले जोड दिइरहेको पनि उहाँले बताउनुभयो ।
तःमुंज्याका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा वनस्पतिविज्ञ प्राध्यापक धर्मराज डंगोल, सङ्गीत तथा नाट्य प्रतिष्ठानका सदस्य नमुना शर्मा, प्राध्यापक रामकृष्ण महर्जन, धुलिखेल अस्पतालका डीन डा. राजेन्द्र कोजू, डा. बज्रमनि बज्राचार्य, नेमकिपाको तर्फबाट उठेका प्रतिनिधिसभाका उम्मेदवारहरू महन्त महर्जन, अशोक महर्जन, कवीन्द्र डंगोललगायतले मन्तव्य राख्नुभएको थियो ।
तःमुंज्यामा पुरस्कृत साहित्यकारहरूलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।
कवितामा शैलेश डंगोल प्रथम, कुलबहादुर महर्जन द्वितीय, देवआनन्द महर्जन तृतीय र सुवर्ण महर्जन तृतीय हुनुभएको थियो । निबन्धमा दिलकुमारी महर्जन सान्त्वनामा पर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *