हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
रियाद, ८ डिसेम्बर (सीआरआई) । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इजिप्टका राष्ट्रपति अल सिसीसँग रियादमा भेट गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा गहिरो र जटिल परिवर्तनहरू भइरहेको, चीन–इजिप्ट सम्बन्धको रणनीतिक र समग्र प्रकृति अझ प्रस्ट भएको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “चीन र इजिप्टको समान विचार र चासो छ, नयाँ युगमा साझा भविष्यको साथ चीन–इजिप्ट समुदाय निर्माण गर्न र दुई देशबिचको व्यापक रणनीतिक साझेदारीको नयाँ र बृहत्तर विकासलाई प्रवद्र्धन गर्न दुवै पक्षले मिलेर काम गर्नुपर्छ ।”
सिसीले भन्नुभयो, “म यस वर्षको फेब्रुअरीमा शीत्कालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन चीन आएको थिएँ । तपाईँसँग फलदायी भेट भएको थियो । मलाई विश्वास छ तपाईँको नयाँ कार्यकालमा इजिप्ट र चीन बीचको सम्बन्धले पक्कै पनि ठूलो विकास गर्नेछ । ‘बेल्ट एन्ड रोड’ को भविष्यको सहयोगले निश्चितरूपमा उत्कृष्ट नतिजा हासिल गर्नेछ ।”
राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्यालेष्टिनी राष्ट्रपति अब्बाससँग भेटवार्ता
त्यस्तै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बाससँग रियादमा भेट गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सीले चीन र प्यालेष्टाइन सुरुदेखि नै मित्रवत रहेको बताउनुभयो । आधा शताब्दीभन्दा बढी समयदेखि दुवै पक्षले सधैँ एकअर्कालाई विश्वास र समर्थन गर्दैआएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति जतिसुकै परिवर्तन भए तापनि प्यालेष्टिनी जनताको वैध राष्ट्रिय अधिकारको पुनस्र्थापना गर्न चीनले दृढतापूर्वक समर्थन गर्ने छ र प्यालेष्टिनी जनताको साथमा सधैँ उभिने छ, उहाँले भन्नुभयो । सी चिनफिङले आगामी वर्ष चीन र प्यालेष्टाइनबिच दौत्य सम्बन्ध स्थापनाको ३५ औँ वर्षगाँठ रहेको भन्दै दुवै पक्षले उत्सव गतिविधिको राम्रो योजना बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
प्यालेष्टिनी जनताले चिनियाँ जनतासँगको मैत्रीपूर्ण सम्बन्धमा गर्व गरेको राष्ट्रिपति अब्बासले बताउनुभयो । चीन प्यालेष्टाइनको इमानदार र भरपर्दो मित्र हो र प्यालेष्टिनी जनताको न्यायोचित उद्देश्यलाई सधैँ दृढतापूर्वक समर्थन गर्दैआएको अब्बासले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्यालेसष्टाइन पक्षले एक चीन सिद्धान्तलाई दृढताका साथ पालना गरिरहने छ, थाइवान, हङकङ र सिनच्याङका मुद्दाहरूमा चीनको वैधानिक अडानलाई दृढतापूर्वक समर्थन गर्ने छ, ‘बेल्ट एन्ड रोड’ को संयुक्त निर्माणमा दृढतापूर्वक समर्थन र सक्रियरूपमा सहभागी हुनेछ । चीनसँग विभिन्न क्षेत्रमा सहयोग सुदृढ गर्न तथा जारी राख्न इच्छुक छ ।”
Leave a Reply