भर्खरै :

वागीश्वरी कलेजमा लैङ्गिक हिंसाविरुद्ध कार्यक्रम सम्पन्न

वागीश्वरी कलेजमा लैङ्गिक हिंसाविरुद्ध कार्यक्रम सम्पन्न

भक्तपुर, २३ मङ्सिर । वागीश्वरी कलेज मानविकी सङ्कायको आयोजनामा ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ अन्तर्गत महिला र बालबालिकाविरुद्ध हुने हिंसा रोक्न ऐक्यबद्धता नाराका साथ विविध शीर्षकमा प्रस्तुतीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले व्यक्तित्व विकासमा समान अवसर नपाउञ्जेलसम्म हिंसा अन्त्य नहुने धारणा राख्दै समाजमा व्याप्त असमानताले नै हिंसा उत्पन्न हुने बताउनुभयो ।
“वैदेशिक रोजगारले पनि हिंसालाई बढावा दिएको छ । नयाँ पुस्ताले नै हिंसाको अन्त गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरूले लैङ्गिक हिंसा, दोस्रो वर्षका विद्यार्थीहरूले यौन हिंसा र साइबर अपराध शीर्षकमा प्रस्तुतीकरण गरेका थिए ।
मानविकी सङ्कायका इन्चार्ज राजन फेलुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सामाजिक कार्य प्रथम वर्षका विद्यार्थी किशोर बस्नेत, व्यवस्थापन सङ्कायका रिया सुवाल, मानविकी सङ्कायका दिपेन मानन्धर, कृपा प्रजापति, विनोद राजवंशी, तेन्जिङ डोल्मा लामा, प्रणिता अधिकारी, गौरव लामिछानेलगायतका विद्यार्थीहरूले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *