क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
बेइजिङ, २५ मङ्सिर (सिन्ह्वा) । ताइवान डेमोक्रेटिक सेल्फ गभर्मेन्ट लिग (टीडिएसएल) को केन्द्रीय समितिको अध्यक्षमा सु हुइ निर्वाचित हुनुभएका छन् ।
करिब तीन हजार ४०० सदस्य भएको गैर–कम्युनिस्ट राजनीतिक पार्टी टीडिएसएलले बेइजिङमा ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि यो निर्णय घोषणा गरिएको हो । सु चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको उपाध्यक्ष पनि हुन् ।
टीडिएसएलको राष्ट्रिय काङ्ग्रेसको समापन सत्रमा ६९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिएको थियो सो समितिले सुलाई अध्यक्षको रूपमा चयन गरेको हो ।
सन् १९४७ नोभेम्बर १२ मा स्थापना भएको टीडिएसएल चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्य मामिलाहरूमा भाग लिने चीनका आठ गैर–कम्युनिस्ट पार्टीहरूमध्ये एक हो ।
Leave a Reply