भर्खरै :

ख्वपका पत्रकारिताका विद्यार्थी अकुरावमा

ख्वपका पत्रकारिताका विद्यार्थी अकुरावमा

भक्तपुर, २५ मङ्सिर । ख्वप माध्यमिक विद्यालयमा पत्रकारिता विषय लिई अध्ययनरत विद्यार्थीहरू अध्ययन भ्रमणको क्रममा आइतबार सामुदायिक रेडियो प्रसारक सङ्घ (अकुराव) को कार्यालय ललितपुर पुगेका छन् । विद्यार्थीलाई व्यवहारिक तथा प्रयोगात्मक ज्ञान दिने उद्देश्यले उक्त भ्रमण लगिएको विद्यालयले जनाएको छ ।
भ्रमणको क्रममा विद्यार्थीले समाचार कक्षमा हुने विभिन्न कामकारबाहीबारे जानकारी हासिल गरे । अकुरावका प्रबन्धक दीपक आचार्य, सम्पादक तथा समाचारदाताहरूले आ–आफूले गर्ने कामकारबाहीबारे विद्यार्थीलाई जानकारी गराउनुभएको थियो ।
विद्यार्थीले स्टुडियो, समाचार सम्पादन, ध्वनि सम्पादनलगायतका विषयका साथै अकुरावले तयार पार्ने सीआईएन खबरबारे पनि जानकारी हासिल गरे ।
अकुराव देशभरि रहेका सामुदायिक रेडियोहरूको छाता सङ्गठन हो । देशभरका ७७ वटै जिल्लामा रहेका तीन सय ६० वटा सामुदायिक रेडियोहरू यसका सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *