क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
भक्तपुर, २६ मङ्सिर । “नुनदेखि सुनसम्मको लागि भारत निर्भर हुनु नेपालको लागि राम्रो होइन ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले नेमकिपा भक्तपुर नगरपालिका ८ वडा एकाइ समितिको आयोजनामा आइतबार भएको बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा राख्नुभएको हो ।
“नेपालीले दैनिक उपभोग गर्ने धेरैभन्दा धेरै सामानहरू भारतबाटै आयात हुन्छ । नेपालका उद्योग–कलकारखानाहरू बन्द छन् । भारतबाटै रासायनिक मल आयात गर्न नसक्दा नेपाली कृषकहरूले खेतीपाती गर्न पाएका छैनन् । भारतले पेट्रोलियम पदार्थ नेपाल पठाउन रोके नेपालमा ठूलो समस्या हुने गर्छ । यसरी नुनदेखि सुनसम्मको लागि भारतमा निर्भर हुनु नेपालको निम्ति खतरनाक छ ।” सचिव सुवालले भन्नुभयो
उहाँले भन्नुभयो, “मल नभएर नेपालका कृषियोग्य जग्गा बाँझो छ । तर, तरकारी र फलफूल अर्बौँ रुपियाँको आयात हुन्छ । दैनिक उपभोग्य वस्तुहरू भारत र अन्य मुलुकबाट आयात भइरहेका छन् । आजसम्मका सरकारले नेपालको आर्थिक उन्नति र आत्मनिर्भरताको लागि कुनै नीति–नियम बनाएका छैनन् । सिहदरबार भ्रष्टाचारीको अखडा भएको छ ।”
जेलमा हुनुपर्ने भ्रष्टाचारी र माफियाहरू निर्वाचनमा विजय भएको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “यस्ता भ्रष्ट नेताहरू निर्वाचित हुनुको कारण जनता अझै सचेत भएका छैनन् ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं बाग्मती प्रदेशसभाका सभासद् सुरेन्द्रराज गोसाईले नेपाली जनताको सच्चा पार्टी नेमकिपाको सिद्धान्तको प्रसारप्रसार गर्न कहिल्यै थाक्ननहुने बताउनुभयो ।
नेमकिपाको सङ्कठन विस्तार गर्न सबै कार्यकर्ताहरू अहोरात्र खट्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सङ्कठनको काममा दतचित्त भएर लागेका कार्यकर्ताहरूमा कहिल्यै थकाइको आभास हुँदैन भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका नारायणबहादुर दुवालले नेमकिपाले गरेका कामहरू धेरैभन्दा धेरै जनतासम्म पु¥याउन वडा–वडाबाट कार्यकर्ताहरू खट्नु आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको उक्त बधाई तथा धन्यवाद कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद कोजु, महेन्द्र खायमली, जितेन्द्र खायमली, बाबुकाजी गाईजुलगायतले बोल्नुभएको थियो ।
चाँगु–६ बागेश्वरीमा बधाई कार्यक्रम
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार र पार्टीलाई मतदान गरेका मतदाताहरूलाई धन्यवाद र विजयी उम्मेदवारहरूलाई बधाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिकाको बागेश्वरी धाँजु टोलमा भएको उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले कृषिप्रधान देशमा समयमा रासायनिक मल उपलब्ध नहुनुमा सत्तासीन दलहरू दोषी रहेको धारणा राख्दै देशमा रासायनिक मल कारखाना खोल्न सरकारलाई दबाब दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्न निर्यात गर्ने देशले भारतबाट खाद्यान्न आयात गर्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ । भारतबाट गहुँ आयात नहुँदा नेपालको ३२ वटा मैदा उद्योग बन्द भएका छन् ।”
युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले नागरिकहरूलाई आफ्नै देशमा रोजगारीको व्यवस्था गर्नु सरकारकै दायित्व भएको बताउनुभयो ।
“साम्राज्यवादी देश संरा अमेरिकाकै कारण युक्रेन–रूसबिच युद्ध भएको हो । यस युद्धले विश्वलाई प्रभाव पारेको छ”, उहाँले भन्नुभयो ।
अमेरिकी नीति र कानुनको पालना गर्नुपर्ने एमसीसी सम्झौताले नेपाललाई पनि युक्रेनको स्थितिमा पु¥याउने खतरा रहेकोले नेमकिपाले एमसीसीको विरोधमा देशव्यापीरूपमा जनसचेतना कार्यक्रम गरेको र गर्दै जाने सचिव सुवालले बताउनुभयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै नेमकिपाको प्रमुख उद्देश्य रहेको स्पष्ट पार्दै उहाँले देशको सम्प्रभुता र सार्वभौमसत्ता रक्षार्थ नेमकिपा निरन्तर लागिरहनेछ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “भ्रष्ट नेताहरूले सिंहदरबार कब्जा गरिरहेका छन् । सिंहदरबार भ्रष्टाचारको अखडा बनेको छ । अहिले पनि अपराधी प्रवृत्तिका व्यक्तिहरू सांसद बनेका छन् । देशको लागि यो राम्रो सङ्केत होइन । यस विषयमा जनता सचेत हुनु आवश्यक छ ।”
शासक पार्टीहरूको अकर्मण्यता र अदूदर्शिताकै कारण नेपालका नदीनालाहरू भारतको कब्जामा गएको हो”, उहाँले भन्नुभयो ।
कार्यक्रममा रामबहादुर श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply