यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
समाजवादी समाज समाजवादी विचारधाराद्वारा निर्देशित हुन्छ । खासगरी यही विचारधाराकै प्रेरक शक्तिद्वारा विकसित हुन्छ । पैसाले नै सबथोकमाथि शासन चलाउने पुँजीवादी समाजभन्दा भिन्न समाजवादी समाजको विशेषता कुन तथ्यमा रहन्छ भने यो व्यवस्था समाजवादी विचारधाराद्वारा सुसज्जित जनताको चेतनशील क्रियाकलापद्वारा र विचारधाराको बलमा वृद्धि हुन्छ । समाजवादको सुदृढीकरण, विकास र भविष्य के कुरामा निर्भर रहन्छ भने विचारधारात्मक कार्य कसरी गरिएको छ र जनता विचारधारात्मकरूपले कसरी तयार रहेको छ । समाजवादी समाजमा विचारधारात्मक कार्यलाई प्राथमिकता दिएर स्थिर रूपले यसलाई गहिरो पारिएमा मात्र समाजको राजनैतिक र विचारधारात्मक एकता पक्का पार्न सकिनेछ ।
केही मुलुकहरूमा समाजवादको पतन भएको बेला आएको कठिन परिस्थितिपूर्ण घटनाहरूको बाबजुद विश्व समाजवादी आन्दोलनले आफ्नो हालैको दुःखद इतिहासबाट पाठ सिक्दै विस्तार विस्तारै शक्ति पुनःप्राप्ति गरिरहेको छ । ती देशहरूको गएगुज्रेको अवस्था देखेर, विश्वभरिका झन्झन् बढी मानिसहरूले समाजवादी बाटोबाट मात्रै आम जन–समूहले आफ्नो भाग्य निर्माण गर्न सक्छन् भनी महसुस गरेका छन् र समाजवादको चाहना गरी त्यसलाई ल्याउन खोजिरहेका छन् । यसले के देखाउँछ भने समाजवाद जनताको मनमा जिउँदै छ र जनतामा विचारधारात्मक चेतना जागृत हुँदै छ ।
केही देशहरूमा समाजवाद धरासायी भएको कुराको सबभन्दा गम्भीर पाठ के हो भने समाजवादको ह्रास विचारधारात्मक हासबाट सुरू हुन्छ र विचारधारात्मक मोर्चा टुटेपछि सबै समाजवादी मोर्चाहरू धरासायी हुन्छन् र अन्तमा समाजवादको पूर्ण पतन हुन्छ ।
समाजवादलाई कायम राख्न र यसलाई विजयमा पु¥याउन, हामीले विचारधारात्मक कार्यलाई तीव्र पार्ने गर्दछ । हामीले आम जनतालाई समाजवादी विचारधारद्वारा ठोसरूपले सुसज्जित पारेर समाजवादको विचारधारात्मक किल्लालाई सुदृढ पारिसकेपछि मात्र हामीले समाजवादलाई सुदृढ र विकसित पार्न सक्छौं र यसलाई जस्तोसुकै आँधीबाट पनि जोगाउन सक्छौँ । यो कुरा क्रान्तिकारी व्यवहारको हाम्रो अनुभवले निश्चितरूपले सिद्ध गरिसकेको छ ।
समाजवादले विचारधारालाई राम्ररी पक्रन सक्यो भने यसको विजय हुन्छ, समाजवादले विचाधारालाई गुमायो भने यसको पतन हुन्छ । यो कुरा इतिहासले सिद्ध गरिसकेको सत्य हो ।
समाजवादी आन्दोलनलाई अगाडि बढाउनको निम्ति अहिले हामीले आम जनतालाई विचारधारात्मक चेतनाले जाग्रत पारेर उनीहरूलाई समाजवादको निम्ति सङ्घर्षमा उतार्नु पर्दछ । स्वाधीनताको निम्ति लडिरहेका आम जनताले समाजवादी विचारधारा प्राप्त गरे तथा अलिकति पनि सन्देह नरहने गरी समाजवादमा विश्वास गरे भने समाजवादले अचुकरूपले ताजा विजयको बाटो तयार गर्नेछ ।
समाजवादी हेतु पूरा गर्नको निम्ति विचारधारात्मक कार्यलाई प्राथमिकता दिनु जरूरी छ ।
समाजवादी हेतुलाई सफलतासाथ पूरा गर्नको लागि हामीले विचारधारालाई सबभन्दा महत्वपूर्ण ठानेर त्यसमा अडिग रहनु पर्दछ र विचारधारात्मक कार्यलाई अरू सबै कामभन्दा पहिले प्राथमिकता दिनु पर्दछ । आम जनताको मुक्तिको हेतुको निम्ति सङ्घर्ष गर्ने मजदुर वर्गीय पार्टीको निम्ति विचारधारात्मक कार्यभन्दा बढी महत्वपूर्ण अरू कुनै काम छैन । मजदुर वर्गीय पार्टी स्वभावैले आम जनतालाई विचारधारात्मक हतियारको बलमा जागृत पारेर उनीहरूलाई क्रान्ति र निर्माणको निम्ति सङ्गठित पार्ने नेतृत्वदायी राजनैतिक सङ्गठन हो । विचारधारा नै मजदुर वर्गीय पार्टीको एकमात्र तथा सबभन्दा शक्तिशाली हतियार हो । यो पार्टीले विचारधारालाई मुख्य कारक तत्व मानी त्यसमा अडिग रह्यो र अरू सबै कामहरूभन्दा पहिले विचारधारात्मक कार्य गर्यो भनेमात्र मजदुर वर्गीय पार्टीले आम जनताको स्वाधीनताको हेतुको निम्ति पाइला चाल्ने नेतृत्वदायी राजनैतिक सङ्गठनको रूपमा आफ्नो अभिभारा र कर्तव्य पूरा गर्न सक्नेछ ।
विचारधारात्मक कार्यबिना समाजवादी व्यवस्थाको उदय हुन, बाँचिरहन र विकसित हुन असम्भव छ । पुँजीवादी व्यवस्था सामन्त वर्गद्वारा हुने आधिपत्यको ठाउँमा पुँजीद्वारा हुने आधिपत्य ल्याउने शोषणको व्यवस्था हो । यो व्यवस्था सामन्ती समाजको संरचनाभित्र नै हुर्केको हो† तर समाजवादी व्यवस्था सबै शोषणयुक्त व्यवस्थाभन्दा आमूलरूपले भिन्न एउटा नयाँ व्यवस्था हो र यो व्यवस्था पुँजीवादी समाजको संरचनाभित्र हुर्कन सक्दैन । समाजवादी विचारधारा त पुँजीद्वारा हुने आधिपत्यको विरूद्ध लडिरहेका शोषित मजदुर आम जनताको वर्गीय मागको प्रतिबिम्बको रूपमा निस्केको हो । समाजवादी व्यवस्था समाजवादी विचारधारामा जागृत आम जनताको सङ्घर्षबाट जन्मेको हो । यो व्यवस्था समाजवादी विचारधाराको निर्देशनमा सुदृढ र विकसित हुन्छ ।
समाजवादी समाज समाजवादी विचारधाराद्वारा निर्देशित हुन्छ । खासगरी यही विचारधाराकै प्रेरक शक्तिद्वारा विकसित हुन्छ । पैसाले नै सबथोकमाथि शासन चलाउने पुँजीवादी समाजभन्दा भिन्न समाजवादी समाजको विशेषता कुन तथ्यमा रहन्छ भने यो व्यवस्था समाजवादी विचारधाराद्वारा सुसज्जित जनताको चेतनशील क्रियाकलापद्वारा र विचारधाराको बलमा वृद्धि हुन्छ । समाजवादको सुदृढीकरण, विकास र भविष्य के कुरामा निर्भर रहन्छ भने विचारधारात्मक कार्य कसरी गरिएको छ र जनता विचारधारात्मकरूपले कसरी तयार रहेको छ । समाजवादी समाजमा विचारधारात्मक कार्यलाई प्राथमिकता दिएर स्थिर रूपले यसलाई गहिरो पारिएमा मात्र समाजको राजनैतिक र विचारधारात्मक एकता पक्का पार्न सकिनेछ, मुख्य तत्वको रूपमा कामरेड भावनायुक्त एकता र सहयोगद्वारा समाजवादी सामाजिक सम्बन्धलाई सुदृढ र विकसित पार्न सम्भव हुनेछ र सफलतासाथ समाजवादी अर्थतन्त्र निर्माण गर्न सम्भव हुनेछ । समाजवादको विचारधारात्मक किल्लालाई सुदृढ पारिएमा मात्र राजनीति, अर्थतन्त्र, संस्कृति र सैनिक मामलाका सबै क्षेत्रमा समाजवाद अविनासी हुनेछ । समाजवादको निर्माण गर्ने काममा विचाराधात्मक कार्यलाई वास्ता नगर्नु भनेको समाजवादतिर जाने साँचोलाई नै बेवास्ता गर्नु हो र यो गल्तीले अवश्यम्भावीरूपले समाजवादको ह्रास र पतनमा पु¥याउँछ ।
समाजवादको निम्ति लड्ने मजदुर वर्गीय पार्टीको विचारधारात्मक कार्य समयको र विकास हुँदै गइरहेको क्रान्तिको ‘आवश्यकता पूरा गर्ने गरी समाजवादी विचारधारालाई गहिराइसम्म विकास गर्ने र साथै आम जनतामा समाजवादी विचारधारा मर्ने शिक्षा दिन विचारधारात्मक र सैद्धान्तिक अभिभारा हो ।
श्रमिक वर्गको क्रान्तिकारी सङ्घर्षको विकासको क्रममा समयको माग र क्रान्तिकारी व्यवहारको अनुभवलाई सामान्यकरण गरेको आधारमा समाजवादी विचारधारा र सिद्धान्तहरूको विकास हुन्छ । यी विचारधारा र सिद्धान्तहरूले आम जनताका लागि समाजवादको निम्ति उनीहरूको सङ्घर्षमा विचारधारात्मक र सैद्धान्तिकरूपमा र सङ्घर्षमा उनीहरूको पथ–प्रदर्शकको रूपमा काम दिन्छन् । क्रान्तिकारी सङ्घर्षका परिस्थिति र अवस्थाहरू अपरिवर्तनीय होइनन्, इतिहास अगाडि बढ्दै जान्छ र परिस्थिति निरन्तर बदलिरहन्छ र विकसित भइरहन्छ । समयको परिवर्तन र परिस्थितिको विकासले कैयौँ समस्याहरू उठाउँछ, जसको समाधान समाजवादका विद्यमान सिद्धान्तहरूले गर्न गाहारो हुन्छ । मजदुर वर्गीय पार्टीले समयको परिवर्तन र क्रान्ति तथा निर्माणको प्रगतिसित मिल्ने गरी समाजवादी विचारधारालाई विकसित पार्नको लागि विचारधारात्मक र सैद्धान्तिक क्रियाकलापमा निकै ध्यान दिनुपर्दछ । मजदुर वर्गीय पार्टीको गलत विचारधारात्मक र सैद्धान्तिक कार्यको कारणले समाजवादी विचारधारामा संशोधनवादी भ्रष्टता वा अन्धसिद्धान्तवादी गतिहीनता आयो भने, समाजवादले आफ्नो सही पथ–प्रदर्शक गुमाउनेछ, निकै गाहारो स्थितिमा पर्न जान्छ र अन्तमा विफलता भोग्नुपर्नेछ ।
बितेको समयमा समाजवादको निर्माण गरिरहेका केही मुलुकहरूमा पार्टी र राज्यहरूको नेतृत्वमा घुसेर लुकेर बसेका क्रान्तिका गद्दारहरूले समाजवादी विचारधारालाई तोडमोड गरेर ह्रास गरेका थिए । फलस्वरूप, समाजवादले आफ्नो दिशा हरायो, बाटोबाट बाहिर गयो र पुँजीवादको पुनर्आगमन निम्त्यायो । केही मुलुकहरूमा समाजवादी क्रान्ति र समाजवादको निर्माणमा आएका कठिन स्थितिका घटनाहरू र समाजवादको पतन त आखिरी विश्लेषणमा, वैज्ञानिक, क्रान्तिकारी विचार र सिद्धान्तहरूको दरिद्रता र ह्रासका फल हुन् ।
मजदुर वर्गीय पार्टीले समाजवादी हेतु पूरा गर्नको लागि आफ्नो सही पथ–प्रदर्शक विचारधारा र सिद्धान्तहरू तयार गर्नु पर्दछ । साथै आम जनतामा ती विचारधारा र सिद्धान्तहरू सक्षमतासाथ भर्नु पर्दछ ।
आम जनतालाई समाजवादी विचारधाराद्वारा दरोसित सुसज्जित पार्नु समाजवादी समाजको प्रेरक शक्ति सुदृढ पारेर तथा यसको भूमिका उठाएर क्रान्ति तथा निर्माणलाई पूर्ण गतिले दौडाउनको निम्ति निर्णायक ग्यारेन्टी हो । आम जनतालाई समाजवादी विचारधारामा प्रभावकारी शिक्षा दिनाले उनीहरूलाई विचारधारात्मक चेतनामा जागृत गर्न र उनीहरूलाई ठोसरूपले सङ्गठित पार्न हामी समर्थ हुनेछौँ । यसो गर्नाले आम जनतालाई समाजवादको प्रेरक शक्ति र राज्य तथा समाजका मालिकको हैसियतले आफ्नो उत्तरदायित्व र भूमिका पूरा गर्न प्रोत्साहित गर्नेछ । आम जनताले विचारधारात्मक चेतनाको उच्च भावना लिएर तथा घनिष्टरूपले एकताबद्ध भई लडे भने उनीहरूले अपार शक्ति र बुद्धि प्रदर्शित गर्न र प्रकृति तथा समाजलाई बदल्ने काममा ठूलो परिवर्तन ल्याउन सक्नेछन् । समाजवादको एउटा अतुलनीय श्रेष्ठता र अविनासी शक्ति इतिहासका निर्माता आम जनताको अपार शक्ति र बुद्धिलाई पूरा खेल्न दिनमा रहेको हुन्छ । यी नै समाजवादी विचारधाराको श्रेष्ठता र शक्ति हुन् । यो श्रेष्ठता र शक्तिको प्रत्याभूति विचारधारात्मक कार्यद्वारा मिल्दछ ।
बितेको समयमा समाजवादको निर्माण गरिरहेका केही मुलुकहरूका पार्टीहरूले अघिल्लो युगको समाजवादको सिद्धान्तप्रति अन्धसिद्धान्तवादी दृष्टिकोण (रूझान) लिएर तथा आम जनतालाई शिक्षा दिने कुरामा उचित ध्यान नदिएर आर्थिक निर्माणको कुरामा मात्र अडिरहे । त्यसकारण, तिनीहरूले आर्थिक निर्माणलाई पनि गतिहीनतामा पु¥याए र आखिरमा समाजवादी व्यवस्थालाई नै भत्काएर पुँजीवादको पुनस्र्थापनासम्म गरे । अवसरवादी र समाजवादका गद्दारहरूले समाजवादी समाजमा विचारधारात्मक कार्यलाई त्यागे, जनतालाई अहङ्कारवाद र स्वार्थवादतिर प्रोत्साहित गरे र पैसाका मानिसहरूलाई चलाउने पुँजीवादी तरीका अपनाएर पैसालाई सर्वशक्तिमान ठान्ने बुर्जुवा (बनिया) विचारधारा जनतामा फैलाए, पुँजीवादी बजार अर्थतन्त्रको ‘प्रभावकारिता’ र ‘श्रेष्ठता’ को प्रचार गर्ने प्रतिक्रियावादी बुर्जुवा प्रचार प्रतिध्वनित गरे, ‘विभिन्न प्रकारका स्वामित्व’ भन्ने दाबी गरे र समाजवादी स्वामित्वमा आधारित आर्थिक व्यवस्थालाई नष्ट पारे । ती अवसरवादी र समाजवादका गद्दारहरूका चालबाजीहरू साम्राज्यवादीहरूलाई खुसी पार्नको लागि समाजवादलाई तोडमोड गर्ने, समाजवादको श्रेष्ठतालाई निष्क्रिय पार्ने र समाजवादको पतन तथा पुँजीवादको पुनरागमनको लागि बाटो खोल्ने समाजवाद–विरोधी प्रतिक्रान्तिकारी योजना हुन् भन्ने कुरा निर्विवाद छ । केही मुलुकहरूमा समाजवाद धरासायी भएको प्रक्रियाले हामीलाई के गम्भीर पाठ सिकाएको छ भने समाजवादी समाजमा विचारधारालाई बेवास्ता गरी विचारधारात्मक कार्यलाई त्यागियो भने जनतामा विचारधारात्मक रोग लाग्दछ, समाजवादको सबथोकको हास र नास हुन्छ र अनि विचारधारात्मक किल्ला भत्केपछि जस्तोसुकै ठूलो आर्थिक र सैनिक शक्ति आफूसित भए पनि समाजवादले आफ्नो रक्षा गर्न सक्दैन । अर्कोतिर यसले समाजवादको हेतु पूरा गर्ने काममा विचारधाराले कति ठूलो भूमिका खेल्दछ र विचारधारात्मक कार्य कति जरूरी छ भन्ने कुरा सिद्ध गर्दछ ।
समाजवादको हेतु पूरा गर्नमा विचारधारालाई मुख्य तत्व मानेर त्यसमा अडिग रहनु पर्ने र विचारधारात्मक कार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता मानिसको क्रियाकलापमा विचारधारात्मक चेतनाको भूमिकासम्बन्धी जुछे दृष्टिकोणबाट निस्कन्छ । जुछे विचारधाराले इतिहासमा पहिलो पल्ट के सत्यलाई प्रतिपादन ग¥यो भने मानिस आफ्नै बलले विश्वलाई बदल्ने र आफ्नो भाग्य निर्माण गर्ने स्वाधीन र सिर्जनात्मक सामाजिक प्राणी हो । स्वाधीनताको चेतनाले मानिसको भाग्य निर्माण गर्ने काममा निर्णायक भूमिका खेल्दछ ।
धेरै कारक तत्वहरूले मानिसको क्रियाकलापमा काम गर्दछन् । यी तत्वहरूमध्ये कुन चाहिँमा निर्णायक महत्व दिइएको छ भन्ने कुरा समाजको विकासमा र मानिसको भविष्यको निर्माणमा निकै महत्वपूर्ण छ । पहिले पहिले मानिसको क्रियाकलापमा निर्णायक प्रभाव पार्ने तत्व धेरैजसो मानिसको बाहिर खोजिन्थ्यो । धार्मिक, आदर्शवादी दृष्टिकोणहरूले के भन्छन् भने मानिसभन्दा भिन्न कुनै रहस्यमयी, अलौकिक प्राणीले मानिसको क्रियाकलाप निर्धारित गर्दछ र उसको भाग्यको निर्णय गर्दछ । यी दृष्टिकोणहरू गलत छन् भन्ने कुरा विज्ञानले सिद्ध गरिसकेको छ । भौतिकवादी दृष्टिकोणले मानिसको क्रियाकलापको निर्णायक कारक तत्व वस्तुगत भौतिक अवस्थाहरूमै खोज्यो । मानिस भौतिक संसारको विकासको नतिजा हो र मानिस भौतिक संसारमै बाँच्दछ र काम गर्दछ, त्यसकारण उसको क्रियाकलापमा वस्तुगत, भौतिक परिस्थितिको प्रभाव नपरी छोड्दैन । तर, भौतिक अवस्थाले नै सोझै मानिसको क्रियाकलाप ल्याउने होइन । ती अवस्थाले त मानिसको क्रियाकलापलाई उसको चेतनाको माध्यमबाट मात्र प्रभाव पार्ने हो । मानिस स्वाधीन, सिर्जनात्मक र चेतनशीलरूपले काम गर्ने सामाजिक प्राणी हो । यसकारण, उसमा वस्तुगत परिस्थितिको प्रभाव मात्र पर्ने होइन, उसले वस्तुगत परिस्थितिलाई नै सक्रिय रूपले बदल्छ र त्यसलाई सकारात्मक रूपले उपयोग पनि गर्दछ ।
विचारधारात्मक चेतनाले मानिसको क्रियाकलापमा निर्णायक भूमिका खेल्दछ । विचारधारात्मक चेतनाले मानिसका मागहरू र स्वार्थहरू प्रतिबिम्बित गर्ने हुनाले विचारधारात्मक चेतनाले मानिसका सबै क्रियाकलापहरू निर्धारित गर्दछ । यो मानिसलाई विश्वलाई बदल्ने सङ्घर्षतिर लाने मुख्य प्रेरक शक्ति हो । पक्कै पनि ज्ञानले वस्तुगत संसारका नियमहरूको प्रतिबिम्बित गर्दछ । ज्ञानले मानिसको क्रियाकलापमा महत्वपूर्ण भूमिका खेल्दछ । मानिससित वैज्ञानिक ज्ञान भएपछि मात्र उसले आफ्नै शक्ति र बस्तुगत परिस्थितिलाई वस्तुगत नियमसित मिल्ने गरी युक्तिपूर्णरूपले उपयोग गर्न सक्दछ र विश्वलाई सफलतासाथ बदल्न सक्दछ । विज्ञान र प्रविधि – शास्त्रको ज्ञानले सामाजिक उत्पादक शक्तिहरूको विकासमा पहिलेभन्दा अझ ठूलो भूमिका खेल्दछ । यी सबैको लागि मानिसको विचारधारात्मक चेतनाद्वारा मानिसको क्रियाकलापको उद्देश्य र दिशा परिभाषित हुन्छन् । उसको क्रियाकलापको प्रक्रिया नियमित र नियन्त्रित हुन्छ । मानिसले आफ्नो ज्ञान कसरी उपयोग गर्दछ । उसले आफ्नो सिर्जनात्मक योग्यता कसरी प्रदर्शित गर्दछ भन्ने कुरा ऊसित कुन प्रकारको विचारधारा छ भन्ने कुरामा निर्भर रहन्छ । आम जनताको सेवा गर्ने विचारधारा भएको मानिसले मात्र आफ्नो ज्ञान, सीप, बुद्धि र प्रतिभालाई आम जनताको निम्ति काममा लगाउन सक्दछ ।
Leave a Reply