कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, २९ मङ्सिर । गएको प्रतिनिधिसभाको निर्वाचनले कुनै एउटा दललाई बहुमत नपु¥याएको हुँदा गठबन्धनको सरकार बन्ने निश्चित छ । सत्तासीन दलको गठबन्धनको नै सरकार बन्ने अनुमान राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । सरकार गठनको पूर्वसन्ध्यामा गठबन्धनअन्तर्गतका दलहरूबिच छलफल नै नगरी, छलफल गरेर टुङ्गो नलगाउँदै दलका नेताहरू किन आफूखुसी प्रम बन्ने होडबाजी गर्दै छन् ? गठबन्धनको सरकार बनाउने सत्तासीन दलका नेताहरूको चाहना हो भने के आफूखुसी प्रम बन्ने सपना बाँड्न मिल्छ ? माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले किन आफू नै प्रधानमन्त्री बन्ने सङ्केत गरे ? नेकाका सभापति शेरबहादुर देउवाले अहिले होइन निर्वाचनकै बेला फेरि आफू नै प्रम बन्ने उद्घोष गरेका थिए । नेकाभित्रैका अन्य नेताहरू पनि प्रम बन्ने कसरतमा जुटेका छन् ।
यता एमालेका अध्यक्ष केपी ओली सत्तासीन गठबन्धनलाई टुक्र्याएर या छोडाएर अर्को सरकार गठनको तयारीमा जुटेको जानकारी सञ्चारमाध्यममा आएको छ । मङ्सिर २९ गते प्रकाशित ‘नागरिक’ दैनिकमा ‘ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव’ को शीर्षकको समाचार छापियो । समाचारमा माओवादी केन्द्रलाई गठबन्धन छोडेर आए सरकार गठनको लागि सबै विकल्प खुला राख्ने भनी प्रचण्डलाई प्रम बनाउने आशाको पोको एमालेले बाँडेको छ । यसअघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका सचिव देव गुरूङबिच भेटघाट भएको समाचार प्रकाशमा आएको थियो ।
सोही दिन प्रकाशित ‘राजधानी’ दैनिकमा ‘मै प्रधानमन्त्री !’ शीर्षकको समाचार छापियो । समाचारमा भनिएको छ, “तपाईंहरूको आशीर्वाद लाग्यो भने म (दाहाल) छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।” सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा गठबन्धनका दलभित्र छलफल नगरिकन आफूखुसी प्रम बन्ने कुरा फुक्नु के कुर्सीको लोभ होइन ? जो प्रम बने पनि गठबन्धनमा सामेल दलका नेताहरूमाझ छलफल गरेर टुङ्ग्याउनु पर्दैन ? कुनै पनि दलका नेताहरू प्रमका हकदार हुनु एउटा पक्ष हो भने प्रम बन्ने कुरा अर्को हो । छलफल गरेर टुङ्गो लगाउनु एउटा कुरा हो भने आफूखुसी प्रम बन्ने सपना बाँड्दै हिँड्नु अर्को कुरा हो ।
पहिलो पटक प्रम बन्ने निर्णय सार्वजनिक गर्दैमा कुनै नेता प्रम हुन्छ भन्ने कुरा होइन । हतारमा प्रम बन्ने निर्णय सार्वजनिक गरेर प्रम बन्न पाएन भने के उनै नेतालाई अप्ठेरो हुँदैन ? सत्तासीन दलका नेताहरूभित्र कहिले देउवा दुई वर्ष, दाहाल दुई वर्ष र एकीकृत समाजवादीका माधवकुमार नेपाल एक वर्ष प्रम हुने कुरा प्रचारमा ल्याउने त कहिले मौका पाएमा प्रम बन्न तयार छु भनी उद्घोष गर्ने काम के सत्तासीन दलका नेताहरूलाई सुहाउँछ ? जिम्मेवार नेताहरू किन आफू प्रम बन्ने पालो भनेर केटाकेटीको पारामा गफिरहेका हुन् ? आश्चर्यको विषय बनेको छ ।
Leave a Reply