भर्खरै :

समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ–२

समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ–२

विचारधारात्मक चेतनाले विश्वको मालिकको रूपमा विश्वलाई बदल्ने प्राणीको रूपमा मानिसको अन्तर्निहित इच्छाको प्रतिबिम्बित गर्दछ र यो चेतना स्वाधीनताको चेतना हो । स्वाधीनताको चेतना भन्नु आफ्नो भाग्यको मालिक आफँै हो भन्ने चेतना हो । यो चेतना आफ्नो भाग्य आफैले निर्धारण गर्ने इच्छा–शक्ति हो । मानिसमा स्वाधीनताको चेतना भएपछि मात्र उसले निश्चितरूपले विश्वलाई बदल्न सक्दछ र आफ्नो भाग्यलाई अत्यन्त राम्ररी रूप दिन सक्दछ । समाजवादी विचारधाराले स्वाधीनताको चेतनाको विकासको सबभन्दा उच्च चरणको प्रतिनिधित्व गर्दछ । यो विचारधाराले स्वाधीनता र समष्टिवादको निम्ति मानिसका इच्छाहरू प्रतिबिम्बित गर्दछ र यसकारण यो विचारधारा प्रकृति र समाज बदल्नको निम्ति र मानिसको भाग्य निर्माण गर्नको निम्ति सबभन्दा बलियो विचारधारात्मक हतियार हो । यो विचारधाराले ठोस सामाजिक एकता र संवद्धताको विचारधारात्मक आधारको काम गर्दछ । आम जनतालाई समाजवादी विचारधाराले सुसज्जित पार्नको निम्ति गरिने विचारधारात्मक कार्य भन्नु समाजवादको श्रेष्ठतालाई पूरा खेल्न दिने, समाजवादको शक्ति बढाउने र क्रान्ति तथा निर्माणलाई तीव्र गति दिने कामको साँचो हो ।
समाजवादी आर्थिक सम्बन्ध समाजवादी विचारधाराको आर्थिक र भौतिक आधार हो । समाजवादी आर्थिक सम्बन्धको प्रमुख तत्व समाजवादी स्वामित्व हो र यो सम्बन्धले आम जनतालाई समाजवादी विचारधारा प्राप्त गर्न र त्यसलाई सुदृढ पार्नको लागि भौतिक अवस्था प्रदान गर्दछ । त्यसकारण, समाजवादी विचारधाराद्वारा आम जनतालाई सुसज्जित पार्ने कुरामा समाजवादी आर्थिक सम्बन्धको सुदृढीकरण र विकासको प्रमुख प्रभाव पर्दछ । समाजवादी व्यवस्थाको स्थापना भएपछि पुराना थोत्रा विचारहरू निस्कने सामाजिक आर्थिक आधार बिलाउँछ । तैपनि, पुरानो समाजले दिएका विचारधारात्मक, प्राविधिक र सांस्कृतिक पछौटेपन तथा त्यससित सम्बन्धित अरू अवशेषहरू केही ऐतिहासिक अवधिसम्म अस्तित्वमा रहिरहने छन् । यो पछौटेपन र अवशेषहरूले गैर–समाजवादी विचारधारात्मक तत्वहरू उम्रने मलिलो जमीनको काम दिन्छ । समाजवादी समाजका सबै सदस्यहरूलाई समाजवादी विचारधाराद्वारा ठोसरूपले सुसज्जित पार्नको निम्ति हामीले समाजवादी स्वामित्वको संरक्षण गर्नुपर्दछ । समाजवादी आर्थिक सम्बन्धलाई स्थिररूपले विकास गर्दै लानुपर्दछ । सामाजिक आर्थिक सम्बन्ध र सामाजिक जीवनका अरू सबै क्षेत्रहरूमा बाँकी रहेका पुरानो समाजका अवशेषहरूलाई बिस्तार–बिस्तारै हटाउनुपर्दछ ।
समाजवादी समाजमा पुरानो समाजका अवशेषहरू बढ्ने गरी हुर्कन दियो भने वा समाजवादी अर्थतन्त्रको प्रबन्धमा पुँजीवादी आर्थिक प्रबन्ध तरीका कायम गर्यो भने वा अझ खराब त पुँजीवादी स्वामित्वलाई फेरि जगाएर समाजवादी स्वामित्वमा अतिक्रमण गर्न दियो भने यसको फलस्वरूप समाजवादी विचारधाराको आर्थिक, भौतिक आधार धराशायी हुन्छ र अहङ्कारवाद, स्वार्थवाद र अरू पुँजीवादी विचारहरू हुर्कने अवस्था सिर्जना हुन्छ । निजी स्वामित्वले अहङ्कारवादलाई जन्म दिने र पुँजीवादी स्वामित्व तथा पुँजीवादी बजार अर्थतन्त्रको माटोमा पुँजीवादी विचारहरू उम्रने र फैलिने कुरा अवश्यम्भावी छ ।
समाजवादी व्यवस्था स्थापना भइसके पनि तथा समाजवादको दरो आर्थिक र भौतिक जग बसिसकेपछि पनि जनताले समाजवादी विचारधारा स्वतः प्राप्त गर्दैन ।
जनतालाई समाजवादी विचारधाराले सुसज्जित पार्नुको अर्थ विचारधारात्मक क्षेत्रमा नयाँ र पुरानोबिचको सङ्घर्ष हो, जनताको मनबाट पुराना थोत्रा विचारहरू हटाएर उनीहरूलाई नयाँ समाजवादी विचारधाराबाट सुसज्जित पारी विचारधारा बदल्ने कार्य यो हो ।
बुर्जुवा (बनिया) विचारधारा र अरू सबै पुराना काम नलाग्ने प्रतिक्रियावादी विचारधाराहरू अहङ्कारवादमा आधारित छन् । शोषणयुक्त समाजहरू सबै पनि अहङ्कारवादमा आधारित थिए र यी समाजहरूमा मानिसहरू हजारौँ वर्षदेखि अहङ्कारवादले ग्रस्त थिए । अहङ्कारवाद मानिसहरूको चेतना, रीतिस्थिति र जीवनमा गहिरो जरा हालेर बसेको हठी अनुदार विचारधारा हो । समाजवादी समाजमा पनि अहङ्कारवाद र अरू पुराना थोत्रा विचारधाराहरू बाँकी रहिरहन्छन् र अलिकति मात्र पनि मौका र परिस्थिति मिल्ने बित्तिकै ती विचारधाराहरूले फेरि टुसा लिन्छन् र व्यापकरूपले फैलन्छन् ।
समाजवादी विचारधारा भन्नु अहङ्कारवादमा आधारित सब प्रकारका पुराना थोत्रा विचारधाराहरूभन्दा भिन्न छन् । जनताको मनबाट पुराना विचारधाराहरू हटाएर उनीहरूलाई नयाँ समाजवादी विचारधाराद्वारा सुसज्जित पार्ने कार्य भन्नु उनीहरूको विचारधारात्मक जीवनमा मूलभूत परिवर्तन ल्याउने विचारधारात्मक क्रान्ति हो र यो काम अथक र ठोस विचारधारात्मक शिक्षा तथा विचारधारात्मक सङ्घर्षद्वारा मात्र गर्न सकिन्छ ।
समाजवादी समाजमा रहिरहेका पुराना काम नलाग्ने विचारहरूको विरूद्ध र बाहिरबाट घुसपैठ गर्ने बुर्जुवा विचारधाराजस्ता प्रतिक्रियावादी विचारधाराहरूको विरूद्ध सङ्घर्ष नचलाइकन जनताको मनमा बाँकी रहेका पुराना थोत्रा विचारहरूलाई निर्मूल पार्न सकिँदैन र जनतालाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्ने शिक्षा जोडतोडले नचलाइकन जनताको विचारधारा बदल्नु असम्भव छ । समाजवादका गद्दारहरूले एकातिर जनतालाई समाजवादी विचारधाराले सुसज्जित पार्ने काम त्यागिदिए भने अर्कोतिर ‘ग्लास्नोस्ट’ (खुलापन) र ‘बहुलवाद’ भन्ने नाराहरू ल्याई जनतामा विचारधारात्मक अन्योल सिर्जना गरिदिए र प्रतिक्रियावादी, बुर्जुवा विचारधारा र संस्कृति भित्याउन ढोका खुला गरिदिए । समाजवादी समाजमा ‘ग्लासनोस्ट’ र ‘बहुलवाद’ भन्नु त आखिरमा समाजवादी विचारधारालाई निर्मूल पारी तथा बुर्जुवा प्रतिक्रियावादी विचारहरू भित्याई समाजवादी समाजलाई ध्वस्त पार्ने प्रतिक्रान्तिकारी षड्यन्त्रमात्र हो ।
बितेको समयमा केही पार्टीहरूले समाजको भौतिक र आर्थिक परिस्थितिले नै सामाजिक चेतनाको निर्धारण गर्दछ र यी परिस्थिति बदलेपछि सामाजिक चेतना पनि बदलिन्छ भन्ने ऐतिहासिक भौतिकवादको सिद्धान्तप्रति यान्त्रिक दृष्टिकोण लिए† समाजवादी समाजको स्थापना र समाजवादी निर्माणको वृद्धि भएर जनताको भौतिक र सांस्कृतिक स्तर उठेपछि उनीहरूको विचारधारात्मक चेतना पनि त्यहीअनुसार बदलिन्छ भनी उनीहरूले ठाने र त्यसकारण उनीहरूले विचारधारात्मक कार्यमा गहिरो ध्यान दिएनन् । समाजको भौतिक र आर्थिक अवस्थाको समाजवादी रूपान्तर भएपछि स्वतः जनताको विचारधारात्मक चेतना पनि समाजवादी ढङ्गले नै बदलिन्छ भन्ने विश्वास लिनु गलत धारणा हो, यस्तो धारणा समाजवादी विचारधाराको सार र स्वरूपको तथा विचारधाराको समाजवादी रूपान्तरको प्रक्रियाको विपरीत छ । स्वभावतः मानिसको चेतनाले वस्तुगत यथार्थताहरू प्रतिबिम्बित गर्दछ, तर मानिसले ती यथार्थहरूलाई कसरी ग्रहण गर्दछ भन्ने कुरा मानिसमै भर पर्दछ, उसको तयारीमा भर पर्दछ । उसले आफूले बुझ्न सके जति नै देख्दछ, सुन्दछ, चाल पाउँछ र ग्रहण गर्दछ । उसले कुन विचारधारा प्राप्त गर्दछ र यो विचारधारा कसरी बदलिन्छ र विकसित हुन्छ भन्ने कुरा ऊ आफै कति तयार छ भन्ने कुरामा, उसको क्रियाकलापमा र उसले प्राप्त गरेको विचारधारात्मक प्रभावमा भर पर्दछ । सम्पत्तिवाल सम्पन्न वर्गबाट आएको मानिस पनि उसलाई विचारधारात्मकरूपले जागृत पारियो र निरन्तर क्रान्तिकारी प्रभावमा राखियो भने क्रान्तिकारी बन्न सक्दछ र श्रमिक वर्गकै मानिसले पनि क्रान्तिकारी विचारधारा प्राप्त गरिहाल्छ भन्ने छैन । समाजवादी व्यवस्था स्थापना भइसकेपछि र भौतिक तथा आर्थिक अवस्थाहरूको सिर्जना भइसके तापनि समाजवादी समाजमा मानिसहरूको मनमा पुराना थोत्रा विचारहरू बाँकी रहेको र बाहिरबाट प्रतिक्रियावादी विचारहरूको घुसपैठ र प्रभाव निरन्तर आइरहेको अवस्थामा भने समाजका सबै सदस्यहरूलाई नयाँ समाजवादी विचारधाराको शिक्षाद्वारा बदल्ने काम आफसेआप खुरुखुरु अगाडि बढ्न सक्दैन भन्ने कुरा स्पष्ट छ ।

प्रतिक्रियावादी बुर्जुवा शासक वर्गले पुँजीवादी समाजलाई प्रजातान्त्रिक भनी बढाइचढाइ गर्न प्रगतिशील विचारधाराहरूलाई केही हदसम्म सहन गर्दछन् । तर, ती विचारहरू शासन व्यवस्थालाई अलिकति मात्र पनि खतरा ठानियो भने उसले तिनीहरूको निर्मम दमन गर्दछ । बाहिरबाट हेर्दा पुँजीवादी समाजमा विभिन्न विचारहरूलाई सहन गरिएको जस्तो देखिन्छ । तर, त्यहाँ थुप्रै देखिएका सबै प्रकारका विचारहरू बिनाअपवाद सबै नै विभिन्न रूपका र अभिव्यक्तिका पुँजीवादी विचारधाराबाहेक अरू केही होइनन् । साम्राज्यवादीहरूले विचारधाराको ‘स्वतन्त्रता’ भनी जप्ने गरेको त पुँजीवादी समाजमा प्रगतिशील विचारधाराहरूलाई दमन गर्ने र पुँजीवादी प्रतिक्रियावादी विचारधारा प्रचार गर्न हर सम्भव उपाय र तरीका प्रयोग गर्ने उनीहरूका कार्यलाई राम्रो देखाउने र अरू मुलुकहरूमा उनीहरूले गर्ने विचारधारात्मक र सांस्कृतिक घुसपैठलाई ठीक ठह¥याउने धोखापूर्ण नारामात्र हो ।

समाजवादी समाजमा जनतालाई उनीहरूको स्वाधीन र सिर्जनात्मक जीवनको निम्ति सबै अवस्था र सुविधाहरू प्रदान गरिएको भए तापनि विचारधारात्मक कार्यलाई सक्षमतासाथ चलाइएन भने उनीहरूले ती सबलाई त्यसै आउने हो नि भन्ठानेर समाजवादी व्यवस्था कतिको मूल्यवान छ, त्यसप्रति कति कृतज्ञ हुनुपर्दछ भन्ने कुरा राम्ररी महशुश गर्न सक्दैनन् । विचारधारात्मक कार्य चलाइएन भने समाजवादी समाजमा मानिसहरूलाई कुनै पिर चिन्ता नभएकोले र उनीहरूले स्थिर जीवन बिताइरहने हुनाले जनताको क्रान्तिकारी उत्साह सेलाउन सक्दछ र उनीहरूमा आरामसित रहने प्रवृत्ति बढ्न सक्दछ । अनि, उनीहरूले समाजवादको निम्ति सङ्घर्षमा आफूलाई समर्पित गर्न सक्दैनन् र अझ खराव कुरा त के भने, उनीहरूले साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूका भ्रमात्मक प्रचारबाट छर्किएर पुँजीवादबारे भ्रम लिन थाल्नेछन् र समाजवादप्रति गद्दारी गर्न पुग्नेछन् । विचारधारात्मक कार्यलाई त्यागेर साम्राज्यवादीहरूको विचारधारात्मक र सांस्कृतिक घुसपैठका लागि आफ्नो ढोका खोलेका केही देशहरूमा समाजवाद धराशायी भएको प्रक्रियाले यो कुरा सिद्ध पारेको छ ।
विचारधारात्मक शिक्षा र विचारधारात्मक सङ्घर्ष नै जनतालाई समाजवादी विचारधारामा शिक्षा दिई उनीहरूलाई बदल्ने सबभन्दा शक्तिशाली तरीका हो । हाम्रो अनुभवले के देखाउँछ भने समाजवादी समाजमा जनतालाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्न विचारधारात्मक कार्य जोडतोडले चलाइयो भने जीवनका सबै पक्षका मानिसहरूलाई समाजवादी ढङ्गमा रूपान्तर गर्न सकिन्छ ।
समाजवादको हेतु कैयौँ पुस्ता लगाएर पूरा गर्नु पर्ने ऐतिहासिक हेतु हो, यो हेतु साम्राज्यवादीहरू र सबै प्रकारका प्रतिक्रियावादीहरूको विरूद्ध छेडिएको भयङ्कर सङ्घर्षको बीचमा चलाइएको आम जनताको स्वाधीनताको हेतु हो । समाजवादी हेतु अगाडि बढ्दै जाँदा त्यससित मिल्ने गरी विचारधारात्मक कार्यलाई पनि गहिराइसम्म विकसित पार्नुपर्दछ । समाजवादको दुष्मनका चालबाजीहरू जतिजति तीव्र हुँदै जान्छन्, विचारधारात्मक काम पनि त्यति नै धेरै बढाउनुपर्दछ ।
विचारधारालाई मूलभूत कारक तत्व ठान्नु र विचारधारात्मक कार्यलाई प्राथमिकता दिनु समाजवादको हेतुलाई अगाडि बढाउने र विजयसाथ सम्पन्न गर्ने साँचो हो ।

समाजवादी समाजमा विचारधारात्मक कार्यको आधारभूत अभिभारा सम्पूर्ण समाजलाई समाजवादी विचारधाराले रङ्गाउने हो । समाजवादी समाजको विकास हुने र पूर्णतामा पुग्ने प्रक्रिया नै के हो भने सामाजिक जीवनका सबै क्षेत्रलाई समाजवादी विचारधाराको आवश्यकताअनुरूप रूपान्तर गर्ने । यस विषयमा सबभन्दा जरूरी अभिभारा के हो भने सम्पूर्ण समाजलाई एकै विचारधाराद्वारा रङ्गाउनको लागि समाजका सबै सदस्यहरूलाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्ने । समाजवादी समाजमा विचारधारत्मक कार्यले सम्पूर्ण समाजलाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्ने उद्देश्यले सेवा गर्नुपर्दछ ।
जुनसुकै समाजमा पनि शासक वर्गले आफ्नै विचारधाराको एकाधिकारपूर्ण आधिपत्य साकार पार्न खोज्दछ । पुँजीवादी समाजमा समाज वर्गहरूमा विभाजित रहेको हुन्छ र मानिसहरूको हितमा परस्पर द्वन्द्व हुन्छ र त्यस समाजमा एउटा सिङ्गो विचारधाराले अविभाजित आधिपत्य जमाउन सक्दैन र त्यहाँ विभिन्न विचारधाराहरू हुनु अवश्यम्भावी छ । यसरी विभिन्न विचारहरू रहनुलाई साम्राज्यवादीहरू र तिनका मुखपात्रले विचारधाराको ‘स्वतन्त्रता’ र ‘स्वतन्त्र विश्व’ को गौरव भनी दाबी गर्दछन् । तैपनि, आम सञ्चार साधनजस्ता प्रचारका माध्यमहरू शिक्षाको माध्यम एकाधिकार पुँजीपतिहरूको र प्रतिक्रियावादी शासकहरूको हातमा रहने पुँजीवादी समाजमा प्रगतिशील विचारहरूको स्वतन्त्र विकास कहिल्यै हुन सक्दैन । प्रतिक्रियावादी बुर्जुवा शासक वर्गले पुँजीवादी समाजलाई प्रजातान्त्रिक भनी बढाइचढाइ गर्न प्रगतिशील विचारधाराहरूलाई केही हदसम्म सहन गर्दछन् । तर, ती विचारहरू शासन व्यवस्थालाई अलिकति मात्र पनि खतरा ठानियो भने उसले तिनीहरूको निर्मम दमन गर्दछ । बाहिरबाट हेर्दा पुँजीवादी समाजमा विभिन्न विचारहरूलाई सहन गरिएको जस्तो देखिन्छ । तर, त्यहाँ थुप्रै देखिएका सबै प्रकारका विचारहरू बिनाअपवाद सबै नै विभिन्न रूपका र अभिव्यक्तिका पुँजीवादी विचारधाराबाहेक अरू केही होइनन् । साम्राज्यवादीहरूले विचारधाराको ‘स्वतन्त्रता’ भनी जप्ने गरेको त पुँजीवादी समाजमा प्रगतिशील विचारधाराहरूलाई दमन गर्ने र पुँजीवादी प्रतिक्रियावादी विचारधारा प्रचार गर्न हर सम्भव उपाय र तरीका प्रयोग गर्ने उनीहरूका कार्यलाई राम्रो देखाउने र अरू मुलुकहरूमा उनीहरूले गर्ने विचारधारात्मक र सांस्कृतिक घुसपैठलाई ठीक ठह¥याउने धोखापूर्ण नारामात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *