कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
बर्दिया, २९ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य सरोजराज गोसाईले निर्वाचनमा जित्नको लागि धाँधली गर्ने शासक दलहरू आफै नाङ्गिदै गएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिले बुधबार वैदीमा सम्पन्न गरेको निर्वाचन समीक्षा बैठकमा देशको राजनीतिक व्यवस्था परिवर्तन अवश्यम्भावी भएको हुँदा जनतालाई परिवर्तनप्रति आशावादी बनाउनुपर्छ भन्नुभयो । कमिसनकै लोभको कारण शासक दलहरूले नेपालमै रासायनिक मल कारखाना खोल्न नचाहेको र समयमा रासायनिक मल आपूर्ति पनि नगरेको स्पष्ट पार्दैै संयोजक गोसाईले जनताको दैनिक जीविका र अन्य समस्यामा प्रत्यक्ष सहभागी भएर सङ्गठन विस्तार र विकास गर्न सकिन्छ भन्नुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मञ्जु चौधरीले निर्वाचनमा खटिएका कर्मचारीहरूले नै शासक दलका गठबन्धन वा तालमेलका उम्मेदवारहरूलाई बाहेक उम्मेदवारी दर्ता गर्नबाट बञ्चित गराउन खोजेको चर्चा गर्दै कर्मचारीहरूले जातीय पूर्वाग्रहका साथ काम गरेको छ भन्नुभयो ।
बर्दियाको गुलरिया नगरपालिकामा चुनावी कोणसभा रोक्न षड्यन्त्र गरेको चर्चा गर्दै वैकल्पिक केन्द्रीय सदस्य चौधरीले शासक दलका नेता कार्यकर्ताहरू र कर्मचारीहरूले नै जातीय द्वेष फैलाउने गतिविधि गरिरहेको छ भन्नुभयो ।
नेमकिपा बर्दिया जिल्लाका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा नेमकिपा लुम्बिनी संयोजक हरिसुन्दर वासी, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार धनराज जैसी आचार्य, मनोज चौधरी, विनोद ओली, प्रदेशसभा उम्मेदवार तुल्सीप्रसाद आचार्य, पवित्रा शाही, थिरबहादुर ओलीलगायतले निर्वाचनमा भए गरेका गतिविधिबारेमा आ – आफ्नो अनुभव सुनाउनुभयो ।
Leave a Reply