भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
– गौरव प्रधान
स्मार्ट सिटी बनाउने सहरमा फोहरको डङ्गुर प्रजग कोरियालाई सरसफाइको देश भनिन्छ । प्रजग कोरियाको सहर बस्तीमा जताततै सफा, स्वच्छ छ । ठाउँ–ठाउँमा फूलबारी र बगैंचाको व्यवस्था गरिएको छ । फोहर जहाँतहीं फाल्दैन । फालिएको फोहर निश्चित ठाउँमा हुन्छ । निश्चित समयमा निश्चित ठाउँमा फोहर फालिन्छ र निश्चित समयमा फोहर उठाइन्छ र ठाउँमा लगिन्छ । तर नेपालको राजधानी काठमाडौंमा बरोबर फोहरको थुप्रो हुन्छ । फोहर उठाउन नसकेर दुर्गन्धित हुन्छ । राजधानी काठमाडौं त अरू नपाहरूभन्दा धेरै सफा हुनुपथ्र्यो । संसारका मानिसहरू पहिले राजधानीमा पाइला टेक्छन् । राजधानी छिरेपछि अरू पुरातात्विक सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्वका स्थलहरूको भ्रमण गर्छन् – विदेशी तथा स्वदेशी पर्यटकहरू राजधानी देशकै केन्द्र हो । काठमाडौं मनपा सफा भयो भने राम्रो सन्देश र नराम्रो भयो भने नराम्रो सन्देश छर्छ । त्यस्तो सहर दुर्गन्धित हुनु, जताततै फोहरको थुप्रो हुनु या फोहर उठाउन नसक्नु मनपाको कमजोरी हो । स्मार्ट सिटीको अवधारणा ल्याउने राजनीतिक दलका नेताहरूकै जनप्रतिनिधिहरू काठमाडौंमा निर्वाचित भएका छन् । मनपाको एउटा महत्वपूर्ण काम सहरबस्ती सफा राख्नु हो, सफा गर्नु हो । त्यस्तो ठाउँ फोहर थुप्रेर दुर्गन्धित भएको छ । फोहरको डङ्गुरले स्मार्ट सिटीको अवधारणा ल्याउने मनपाका प्रमुख र उपप्रमुखलाई फोहरको डङ्गुरले जिस्क्याइरहेको छ । ओखरपौवाका सिसडोलवासीहरूको माग के हो ? माग किन पूरा भएन भन्ने प्रश्न बेलाबखत उठेकै हो । माग पूरा गर्न सहमति भएको हो भने किन पूरा नगर्ने ¤ पूरा गर्न नसकिने हो भने माग पूरा गर्छु भनेर झूटको खेती किन गर्ने ? सिसडोलवासीहरूसँग भएको सहमति पूरा गर्न आनाकानी किन ? माग पूरा हुँदैन भने सहमति किन ? राजधानीको फोहर बेलाबखत निश्चित ठाउँमा फाल्ने काममा किन अवरोध भयो ? राजनीतिक दलका नेताहरूको झूटको खेतीले गर्दा समस्या दोहोरिरहेको छ र राजधानी फोहर भइरहेको छ ।
Leave a Reply