जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
काठमाडौँ, २४ भदौ । मुलुकमा परम्परागत पौभा चित्रका बारेमा जानकारी गराउने उद्देश्यले यहाँ आज एक दिवसीय प्रदर्शनी सम्पन्न गरेको छ ।
व्यावसायिकरुपमा पौभा चित्र सिर्जना गर्ने २० कलाकारको सहभागितामा लिटल फ्लावर पब्लिक स्कुल, शंखमुलमा आयोजना गरिएको उक्त प्रदर्शनीमा बुद्धका जीवनका विभिन्न पक्ष समेटिएको थियो । हिन्दू धर्मावलम्बीका विभिन्न शक्तिपीठका देवीदेवताका चित्रसमेत प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पौभा चित्र निर्माण गर्न जटिल कार्य भएको बताउँदै यो हराउने क्रममा रहेको अवस्थामा आयोजना गरिएको प्रदर्शनीले सर्वसाधारणलाई पौभा चित्र निर्माणको दार्शनिक पक्षलाई बुझाउनुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यकामा नेवार समुदायले बौद्ध दर्शनमा आधारित विषयवस्तुलाई कपडामा विभिन्न रंगको मिश्रण गरी पौभा चित्र निर्माण गर्ने गरेको बताउँदै यसको निर्माण कार्य जटिल भएकाले लोप हुनबाट संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका संयोजक विशेष महर्जनले चित्रकलाको विकासमा पौभा चित्रको महत्व रहेको बताउँदै पौभा चित्र सिर्जना गर्दा जटिलताले यो लोपोन्मुख हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
ढुङ्गेयुगदेखि आधुनिक युगसम्म मानव सभ्यताको विकास क्रममा मानिसले चित्रका माध्यमबाट गरेका अभिव्यक्तिलाई समेटेर ‘पौभा चित्रकला’ नामक वृत्तचित्रसमेत उक्त कार्यक्रममा प्रदर्शन गरिएको थियो । रासस
Leave a Reply