भर्खरै :

चीन ३ वर्षसम्म एकजुट भएर महामारी नियन्त्रण गर्न सफल

चीन ३ वर्षसम्म एकजुट भएर महामारी नियन्त्रण गर्न सफल

धेरैले सोध्छन् कि भाइरसलाई मार्न सकिन्न । तर, चीनले ३ वर्षसम्म एकजुट भएर महामारी प्रतिरोध ग¥यो र अझ राम्रो विकासलाई साकार तुल्याउने काम ग¥यो ।
लगभग ३ वर्षयता चीनको चिकित्सा र महामारी नियन्त्रण प्रणालीले महामारी परीक्षाको सामना गरेको छ भने आर्थिक तथा सामाजिक विकासमा पनि धेरै प्रगति गरेको छ ।
सन् २०२० मा चीनले सबभन्दा अगाडि महामारी नियन्त्रण गरी उत्पादनको पुनःरूत्थान गरेको थियो । चीन विश्वमा सकारात्मक वृद्धिको एकमात्र प्रमुख आर्थिक समूह बनेको थियो । सन् २०२१ मा चीनको कूल आर्थिक मात्रा १,१४४ खर्ब चिनियाँ युआन पुगेको थियो जुन विश्व आर्थिक मात्राको १८ प्रतिशतभन्दा बढी हो । सन् २०२२ मा चीनको जीडीपीको स्थिर पुनःरूत्थान प्रवृत्ति कायम भएर आर्थिक तथा सामाजिक विकास अवस्था झनै स्थिर भएको देखिएको छ ।
विशेषगरी केही दिनयता चीनका विभिन्न क्षेत्रमा महामारी नियन्त्रण नीति खुकुलो पारिएको छ भने उत्पादन पुनःरूत्थानलाई बढाएर बजारको जैविक शक्ति पनि स्पष्टरूपमा देखिएको छ ।
महामारी फैलिएको ३ वर्षयता बाह्य वातावरण स्थिर छैन, तर चीनले जोखिम अवस्थामा पनि आशा खोजिरहेको छ र अस्थिर वातावरणमा पनि बढी साथी बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *