नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
निक्की हेली काण्ड
सिरियामा हमला गरेको दिन बोल्टनले ट्रम्पलाई एउटा कार्यक्रममा लगे । क्युवा र भेनेजुयलाका आप्रवासीहरूको कार्यक्रममा बोल्टनको हाइहाई भयो । त्यहाँ उपस्थित पाँच सत्न्दा बढी दर्शकले भने, “बोल्टन राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुग्नु माडुरो र क्यास्ट्रोले सुत्न नपाउनु हो ।” बोल्टनले ट्रम्पले भन्दा पनि बढी तारिफ पाएका थिए । उनको मन हरर भयो ।
उत्तर कोरिया र व्यापारको विषयलाई लिएर जापानी प्रम सिन्जो अबे ट्रम्पलाई भेट्न आए । ट्रम्पले जापानलाई परममित्र भने तर कुनै बेला जापानले पर्ल हार्बरमाथि हमला गरेको थियो भने । बैठकको माहोल बिग्रिहाल्यो । अबेसँगको एक्लो भेटमा ट्रम्पले उत्तर कोरियाको विषयमा सबै विकल्प खुला छन् भने । साथै उसलाई बढीभन्दा बढी दबाबमा राख्नुपर्ने र सैन्य शक्तिले जित्नुपर्ने बताए । त्यति नै बेला पोम्पेओ भने किम जोङ उनसँग ट्रम्पको भेटघाटको तयारी गर्दै थिए ।
मिडियामा सिरियामाथि हमला गर्नुअघि रुसमाथि थप प्रतिबन्धहरू लगाउनुपर्ने ट्रम्पको धारणा चर्चाको विषय बनिरहेको थियो । रुसकै कारण अस्साद सरकार हौसिएको ट्रम्पले बताएका थिए । पछि रुसमाथि प्रतिबन्ध चर्काउने विषय हराएर गयो । ट्रम्पले ‘आवश्यक परे पछि चर्काउँला’ भने । बोल्टनले प्रतिबन्ध थप्न धेरै प्रयास गरे, तर ट्रम्पले मानेनन् । ट्रम्पलाई रुससँग मिलेर चुनावमा धाँधली गरेको आरोप थियो । त्यसैले उनी रुसविरुद्ध कठोरको प्रदर्शन गर्न चाहन्थे । तर, पुटिनबारे ट्रम्पले कहिल्यै आफ्नो व्यक्तिगत राय नभनेको बोल्टन सम्झिन्छन् ।
रुसमाथि नाकाबन्दी लगाउने विषयमा ट्रम्पका कर्मचारीहरूले तयारी गर्दै थिए । आइतबारको दिन घोषणा हुने थियो । ट्रम्पको अरूचिका कारण त्यसलाई अगाडि नबढाइने भयो । मुखले ट्रम्पले कठोरता देखाइसकेका थिए । प्रतिबन्ध नलगाउने विषयमा कर्मचारीतन्त्रमा विस्तारै आदेश प्रसार हुँदै थियो । यत्तिकैमा राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निक्की हेलीले रुसमाथि प्रतिबन्ध चर्काउने घोषणा गरिदिइन् । ट्रम्पले रुसी राजदूतलाई गल्ती भएको बताउन बोल्टनलाई भने । बोल्टनले राजदूत अनातोली अन्तोनोभलाई ह्वाइट हाउसमा बोलाएर हेलीले गल्ती गरेको बताए । ट्रम्प खुसी भए र पुटिनसँग भेटघाटको चाँजो मिलाउन भने ¤ जब कि आफ्नी सञ्चार सचिव सारा स्यान्डर्सलाई निर्देशन दिँदै उनले रुसमाथि नाकाबन्दी चर्काएपछि हेलीले ल्याएको तरङ्ग आफै शान्त हुने बताए ।
फेरि अर्को बम पड्कियो । ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कड्लोले राष्ट्रसङ्घमा निक्की हेली अल्मलिएको बताए । जवाफमा हेलीले अल्मलिने आफ्नो स्वाभाव नभएको बताइन् । मिडियाले ट्रम्प आफ्नो निर्णयबाट पछि हटेको भनेर चर्को आलोचना गरिरह्यो । आफ्नो छवि धमिलिएकोमा ट्रम्प दुःखी भए ।

जोन बोल्टन र बेन्जामिन नेतान्याहु
व्यापारबारे ट्रम्पको भनाइ
बोल्टन र पोम्पेओ मे १२ सम्म इरानसँगको सन्धिबाट बाहिरिने पक्षमा थिए । कर्मचारीतन्त्रको ढिलासुस्तीले तयारी अघि बढिरहेको थिएन । इरानको क्रान्तिकारी र धार्मिक नेतृत्व उत्तर कोरियाजत्तिकै खतरनाक भएको बोल्टनको ठहर थियो । चालिस वर्षसम्म पनि इरानी नेतृत्व उत्तिकै लडाकु रहेकोमा उनी चिन्तित थिए । त्यसैले उनी इरानमाथि विषवमन गर्छन् । इरानले छिमेकी देशहरूमा आतङ्कवाद फैलाएको, रासायनिक हतियार हात पारेकोजस्तो निराधार आरोप लगाउँछन् ।
इरानसँगको सन्धिलाई लिएर युरोपेली नेतृत्व सुधारवादी धारणा राख्थ्यो । त्यसैले सन्धिबाट बाहिरिने विषयमा बोल्टनले बेलायत र फ्रान्सका सुरक्षा सल्लाहकारहरूलाई जानकारी गराए ।
माइक पोम्पेओ विदेशमन्त्रालयमा आए । उनले त्यहाँ ¥यान्ड पाउलसँग मिलेर काम गर्न दुईटा कुरा स्वीकार्नुप¥यो । एक, सन् २००३ को इराक युद्ध गल्ती थियो । दुई, अफगानिस्तानमा सत्ता परिवर्तन गर्नु उचित छैन, त्यहाँबाट सकेसम्म चाँडो अमेरिकी सेना फिर्ता गर्नुपर्छ । पाउल बोल्टनलाई घृणा गर्थे । उनलाई सुरक्षा सल्लाहकार बनाउनु ट्रम्पको ठूलो गल्ती भएको पाउलको धारणा थियो । यो सुनेर बोल्टन खुसी भए ।
यसबीच बोल्टन व्यापारसम्बन्धी केही अन्तर्राष्ट्रिय बैठकहरूमा सहभागी भए । उनी ‘खुला व्यापार’ का पक्षपाती थिए । तर, ट्रम्पको धारणामा उनको विमति थिएन । ट्रम्पले धेरै अन्तर्राष्ट्रिय सम्झौताहरू ‘खुला व्यापार’ मा आधारित हुँदैनन् भनेका थिए । यी व्यापारहरूमा नियमन गरिन्छ र तिनले अमेरिकालाई भन्दा पनि चीनलाई फाइदा पुग्ने गरेको ट्रम्पको दाबी थियो । बौद्धिक सम्पत्ति र प्रविधि हस्तान्तरणमा अमेरिकालाई लुटिएको उनको गुनासो थियो । त्यसैले ट्रम्प अमेरिकाको घरेलु अर्थतन्त्र बलियो बनाउनुपर्ने र त्यसरी मात्र अमेरिका राजनीतिक र सैन्य शक्ति बन्ने विचारमा अडिग थिए । यी विषयमा ट्रम्पसँग आफ्नो विचार मिले पनि व्यापारको विषयमा उनीसँग मिलेर काम गर्दा बोल्टनले अप्ठ्यारो महसुस गर्थे । राष्ट्रिय अर्थ परिषद्बाट जानुपर्नेमा ट्रम्प आफै निर्णय लिन्थे ।
चीन भ्रमण जाने प्रतिनिधि मण्डलका नेताहरूलाई ट्रम्पले ‘चिनियाँहरूलाई दनक दिएर आउनू’ भने । उनले ‘सरकारी कर हाम्रो असल मित्र’ हो भने । उत्तर कोरियाविरुद्ध नाकाबन्दी चीनले कडाइपूर्वक लागू गरेको ट्रम्पको धारणा आंशिक सत्य भएको बोल्टन लेख्छन् । प्रतिनिधि मण्डलका नेता मनुचिन र कड्लोले व्यापार युद्धले संसारभरि मन्दी छाउने बताए । कुरा काट्दै ट्रम्पले भने, “चिनियाँहरू हामीलाई बाल दिन्नन् । व्यापारको मामिलामा तिनीहरू निर्दयी हत्यारा हुन् ।”

माइक पोम्पेओसँग जोन बोल्टन
अन्य नेताहरूसँगको बातचित
२०१८ अप्रिल २४ मा फ्रान्सेली राष्ट्र«पति म्याक्रोँ ट्रम्पलाई भेट्न अमेरिका गए । ट्रम्पले इरानसँगको सन्धिलाई ‘पागलपन’ र ‘हास्यास्पद’ भने । म्याक्रोँले सन्धिबाट हात नझिक्न भने । बैठकको बेला ट्रम्पले बोल्टनको राय मागे । सन्धिले इरानलाई आणविक हतियार हात पार्न नरोकेको बताए । म्याक्रोँले सन्धि परिमार्जन गर्न सकिने बताए । त्यसरी समस्या समाधान हुनुभन्दा पनि चर्किने बोल्टनको धारणा थियो । ट्रम्पले पुरानो जगमा बलियो घर नबन्ने भन्दै सन्धिबाट बाहिरिएपछि नयाँ तरिकाले नयाँ सम्झौता गरौँला भने । उनी पुरानोमा सुधार गर्न राजी भएनन् । यसबीच म्याक्रोँले नयाँ सम्झौताको खाका सोच्ने बताए । ट्रम्प मान्ने कुरै भएन । ट्रम्पको जवाफ थियो, “तपाईँको सोच राम्रै हो राष्ट्रपतिजी । तर, म के गर्छु भन्ने कुरा कसैलाई थाहा छैन ।”
अप्रिल २५ मा अर्को ठूलो घटना भयो । रक्षामन्त्री म्याटिसले सन्धि तोड्नबाट रोक्न चाहेका थिए । तर, ट्रम्पले मानेनन् । उनले सन्धि तोड्दाबित्तिकै ‘सकेसम्म ठूलो नाकाबन्दी लगाउन’ अर्थमन्त्री मनुचिनलाई भने । बोल्टनले फ्रान्सका आफ्ना समकक्षीसँग कुरा गर्दा उनलाई म्याक्रोँले इरानबारे केही नभनेको बुझे ।
अप्रिल २७ मा जर्मनीकी चान्सलर एन्जेला मर्केल अमेरिका भ्रमण गइन् । ट्रम्पले ठाडै जर्मनीले ‘सर्पलाई विष खुवाइरहेको’ आरोप लगाए । जर्मनीले नर्ड स्ट्रीम–२ पाइपलाइनबाट रुसबाट ग्यास र इन्धन किनेको ट्रम्पलाई चित्त बुझेको थिएन । अमेरिकालाई दुव्र्यवहार गरेकोमा उनी युरोपेली युनियनसँग नै रुष्ट थिए । युरोपेली युनियन चीनभन्दा पनि दुष्ट भएको उनको भनाइ थियो । ट्रम्प जर्मनीलाई रुसको कैदी मानेको बोल्टनले बुझे । ‘युरोपेली युनियनले अमेरिकाबाट फाइदा लुटिरहेको’ ट्रम्पको भनाइमा मर्केलले आपत्ति जनाइन् । कुराकानी अङ्ग्रेजी भाषामा भइरहेको थियो ।
ट्रम्पले स्टील र अल्मुनियममा कर बढाउने सोच्दै थिए । मर्केलले तीनचार महिना ढिलो गर्न आग्रह गरिन् । ट्रम्पले यस विषयमा युरोपेली युनियनसँग कुनै सम्झौता हुनसक्दैन भने । उत्तर कोरियासँग सम्झौता गर्न तयार ट्रम्पको मित्र देशहरूप्रतिको यो व्यवहार बोल्टनलाई मन परेन । जर्मनीसँग ट्रम्प रिसाउनुको अर्को कारण पनि थियो । जर्मनीले आफ्नो कुगार्हस्थ उत्पादनको २ प्रतिशत नेटोलाई दिइरहेको थिएन । मार्केलले सन् २०३० पछि मात्र जर्मनीले त्यसो गर्न सक्ने बताइन् । ट्रम्पले १६ महिनादेखि मार्केलले यही कुरा दोहो¥याएको बताए र आफू स्वतन्त्र मान्छे हुनाले आफ्नै हिसाबले गर्ने बताए । इरानको विषयमा मर्केलले सन्धि भङ्ग नगर्न अनुरोध गरिन् । ट्रम्पले सुनेको नसुन्यै गरे ।
भोलिपल्ट इजरायलले सिरियामाथि हमला ग¥यो । पेन्टागनमा रक्षामन्त्री म्याटिसले इरानले प्रत्याक्रमण गर्ला भनी चिन्तित थिए । त्यस्तो केही भएन । ट्रम्पले कुनै चासो देखाएनन् । इजरायली प्रम नेतान्याहुसँग कुरा गर्दै उनले इरानसँगको सन्धि झूटैझूटमा अडिएको बताए । इरानले अमेरिकालाई मूर्ख बनाएको हुनाले इजरायलले जे गर्दा पनि हुन्छ भने ।
इरानसँगको सन्धिबाट हात झिक्दा
मे महिनामा इरानसँग सम्बन्ध तोड्ने तयारी थियो । अर्थमन्त्री मनुचिनले ६ महिना मागे । अमेरिकी व्यापारीहरूले कागजपत्र मिलाउन त्यति समय चाहिन्थ्यो । यसबाट इरानले समय पाउने सोचेर बोल्टन चिढिए । मे २ मा रक्षामन्त्री म्याटिसले सन्धि तोड्न आनाकानी गरे । तर, ट्रम्पले मे ८ मा इरानबाट हात झिक्ने घोषणा गर्ने कार्यक्रम तय भयो । ट्रम्पकी पत्नीको निजी कार्यक्रमका कारण घोषणा एकदिन पछि सारिएकोमा बोल्टन रिसाए ।
मे ५ मा बेलायती प्रम थेरेसा मेसँग ट्रम्पको कुराकानी भयो । थप छलफलको लागि विदेशमन्त्री बोरिस जोनसन आइतबार राति वासिङटन पुगे । यता पेन्टागनबाट म्याटिसले विरोध जनाइरहे । सोमबार जोनसनसँग बोल्टनले लामो कुराकानी गरे । बेक्जिटमा बेलायतलाई सहयोग गर्ने कुरा भने हुन सकेन । मे ८ मा हुने ट्रम्पको घोषणाबारे केही भनेनन् । तर, लगत्तै ट्रम्पले त्यसको सुचना ट्वीट गरे । बोल्टनलाई अप्ठ्यारो लाग्यो ।
मे ८ मा एकाबिहानै ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फोन गरेर ‘एउटा घोषणा गर्दै छु, के घोषणा भन्ने खुल्दुली लाग्यो ?’ भने । राष्ट्रपति सीले ‘हजुरलाई भनौँभनौँ लागेको जस्तो छ’ भने । ‘किन नभन्ने ?’ भन्ने भावमा ट्रम्पले इरानसँगको आणविक सन्धि भङ्ग गर्ने बताए । राष्ट्रपति सीले ‘कुरा गोप्य राखौँला । अमेरिकालाई चीनको धारणा थाहा छँदै छ नि’ भने ।
त्यसपछि ट्रम्पलाई फोन गरेर म्याक्रोँले घोषणामा चासो लिए र इरानलाई सन्धिबाट निकाल्न नहुने विचार राखे । सन्धिबाट इरानले फाइदा लिइरहेको हुँदा ऊ आफै निस्किन्न भन्ने ट्रम्पको जवाफ थियो । अन्ततः दिउँसो सवा दुई बजे ट्रम्पले अमेरिका इरानसँगको आणविक सन्धिबाट पछि हट्ने घोषणा गरे ।
इरानलाई घुँडा टेकाउन र त्यहाँ सत्ता परिवर्तन गर्न अझै धेरै गर्नुपर्ने बोल्टनले महशुस गरे । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो । बैठकमा रक्षामन्त्री म्याटिसले रुस, चीन र उत्तर कोरियाको तुलनामा इरानको मुद्दा ठूलो नभएको बताए । इरानी मुद्राको अवमूल्यन भएको खबर आयो । सन्धि तोडेपछि इरानविरुद्ध नाकाबन्दी लगाउन भने अमेरिकालाई धेरै समय लाग्यो । मध्य अगस्टमा बोल्टन इजरायल गए र नेतान्याहुलाई भेटे । दुवैजना इरानमा सत्ता परिवर्तन गर्न अझ धेरै समय लाग्ने विषयमा एकमत भए । इरानसँग सन्धि तोड्दा इजरायललाई प्यालेस्टाइनमा घुस्न सजिलो भयो । इजरायललाई फाइदा हुनु अमेरिकालाई फाइदा हुनु हो भनी बोल्टन नलुकाई लेख्छन् ।
सेप्टेम्बरको सुरुआतमा बगदाद र बसरास्थित क्रमशः अमेरिकी दूतावास र कन्सुलेट कार्यालयमा आक्रमण भयो । बोल्टनले यसमा इरानकै हात रहेको अड्कल काटे । यस्ता हमलाको जवाफ दिने कि नदिने भन्ने विषयमा कुनै टुङ्गो लागेन । यसमा बोल्टन मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता बोलाउने ट्रम्पको झोँकी आकाङ्क्षा र कर्मचारीतन्त्रको अकर्मण्यतालाई दोष दिन्छन् । ट्रम्पको नीतिलाई उनी निष्क्रियताको नीति भन्छन् । इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन अर्थमन्त्रालयले पनि बाधा हालेको बोल्टनको गुनासो छ ।
Leave a Reply