यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा सयपत्री बचत तथा ऋण सहकारी संस्था, सौडोलको १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा अतिथि सुवालले पुँजीवादी व्यवस्थामा गलत कामबाट पैसा र धन–सम्पत्ति कुम्ल्याएकालाई विरोध गर्ने साहस सामान्य मानिससँग नहुने धारणा राख्दै पुँजीवाद भनेको केही सीमित व्यक्तिको मात्र हित हेर्ने व्यवस्था भएकोले सचेत मानिसले उक्त व्यवस्थाको विरोध गर्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थालाई अर्ध–समाजवादी व्वस्थाको रूपमा अघि बढाउनु जरूरी छ । समाजवादी व्यवस्था सबै जनताको हित हेर्ने व्यवस्था हो । सन् १९४९ को चिनियाँ जनक्रान्तिपछिको जनकम्युन समाजवाद हुँदै साम्यवादमा पुग्ने नमुना हो ।”
सहकारी संस्थाले समाजलाई रोजगारी दिने, कुटिर व्यवसाय, स–साना उद्योग, यातायात, पर्यटन, शिशुशाला, बालोद्यान, आधारभूत विद्यालय, स्वास्थ्य केन्द्र, पुस्तकालय, ज्येष्ठ नागरिकको लागि आदर निकेतन स्थापना र सञ्चालन गर्नु आवश्यक भएको र यसको निम्ति सरकारले कानुनी मार्ग प्रशस्त गर्नु जरूरी रहेको पनि सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाले संस्थाका सदस्य र परिवारलाई आधुनिक यान्त्रिक वस्तुहरूबारे ज्ञान र रोजगारी दिने, व्यक्तिगतभन्दा सामूहिक, सार्वजनिक र राष्ट्रिय सम्पत्ति र सम्पदालाई माया र संरक्षण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे कक्षा सञ्चालन गर्नु जरूरी छ ।”
आफूलाई कम्युनिस्ट दाबी गर्ने सहकारीका सञ्चालकहरूले आर्थिक असमानता बढाउने पुँजीवादी दृष्टिकोण राख्न नहुनेतर्फ सांसद सुवालले सचेत गराउनुभयो ।
संस्थाका अध्यक्ष हरिगोपाल बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि केबी पञ्च, देवी माविका प्रअ राजाराम छुकांलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अतिथि सुवालले संस्थामा बा¥ह वर्ष अध्यक्ष भएर सेवा गरेका रामचन्द्र वासीलाई बधाईपत्रका साथ सम्मान गर्नुभयो ।
Leave a Reply