भर्खरै :

काभ्रेमा मतदातालाई धन्यवाद

काभ्रेमा मतदातालाई धन्यवाद

काभ्रे, २ पुस । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा शनिबार एक कार्यक्रमको आयोजना गरी मतदाताहरूलाई धन्यवाद कार्यक्रम गरियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले देश जोगाउनको लागि देशभक्त कामदार जनता नै राजनीतिमा लाग्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सत्तारूढ दलका नेताहरूको अकर्मण्यता र अदूरदर्शिताको कारण देश झन्झन् परनिर्भर हुँदै गएको छ† कार्यपालिकामात्र होइन न्यायपालिका पनि विकृत हुँदै छ । युवालाई अगाडि बढाउने नाममा देशघाती र विध्वंशकारी जेलेन्सकीहरू तयार गर्ने दुस्प्रयास हुँदै छ ।”
देशमा अस्थिरता कायम गरी नेपाललाई भारत र अमेरिकाको कठपुतली सरकार बनाउने दाउमा विस्तारवादी भारत र साम्राज्यवादी संरा अमेरिका लागिपरेकोले नेपाली जनता राजनीतिकरूपमा सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता केन्द्रीय सदस्य वैद्यले औँल्याउनुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले सत्ताधारी पार्टीहरूको गतिविधिको कारण सचेत जनतामा वितृष्णा आइरहेको र नेमकिपाको समर्थनमा जनलहर बढिरहेको बताउनुभयो ।
नेमकिपाको तर्फबाट काभ्रे निर्वाचन क्षेत्र नं. २(१) का उम्मेदवार सूर्यलाल तामाङले जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने उद्देश्यले नेमकिपाले निर्वाचनमा भाग लिइरहेको बताउनुभयो ।
अर्का उम्मेदवार पूर्णसिंह वाइवाले नेमकिपाले देश र जनताको हितमा संसद् र सडकमा निरन्तर सङ्घर्ष गरिरहनेछ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा काभ्रेका उपाध्यक्ष पुण्यशोभा श्रेष्ठ र ओमप्रसाद मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *