भर्खरै :

समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ–३

समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ–३

शोषण, दमन र वर्गीय अन्तर्विरोध हटिसकेको समाजवादी समाजमा मात्र समाजका सबै सदस्यहरूलाई उनीहरूको साझा उद्देश्य, आकाङ्क्षा र स्वार्थ हुने हुनाले एकै विचारधाराद्वारा सुसज्जित गर्न सकिन्छ र एउटै विचारधारामात्र रहन सक्दछ । समाजवादी विचारधारा मानिसको स्वाधीनताको अन्तर्निहित प्रकृतिको प्रतिबिम्बित गर्ने र आम जनताको स्वाधीनता साकार पार्ने बाटोमा प्रकाश पार्ने वैज्ञानिक विचारधारा हो । आम जनताले यसलाई आफ्नै विचारधाराका रूपमा स्वीकार गर्नु स्वाभाविक छ । आम जनता समाजवादी विचारधाराले पूर्णरूपले सुसज्जित भए भने मात्र उनीहरूले आफ्नो भाग्य स्वाधीन र सिर्जनात्मकरूपले निर्माण गर्न सक्नेछन् र समाजवादी लक्ष्य पूरा गर्न सक्नेछन् ।
साम्राज्यवादीहरू र समाजवादका गद्दारहरूले समाजवादी समाजमा चलाइएको विचारधारात्मक शिक्षालाई ‘एकरूपीकरण’ र ‘विचारधारात्मक दीक्षा दिने काम’ भनी निन्दा गर्छन् । यो त समाजवादमाथि हिलोछ्याप्ने वाहियात झूटा कुरा र पुँजीवादी प्रचारको छली र प्रतिक्रियावादी स्वभावलाई सही देखाउन खोज्ने झूटो कुरा हो ।
समाजवादी विचारधाराले आम जनतालाई स्वाधीनताको चेतना र सिर्जनात्मक योग्यता भएका स्वाधीन मानिसहरूको रूपमा विकसित पार्दछ र पुँजीवादी प्रतिक्रियावादी विचारहरूले आम जनतालाई पुँजीको आधिपत्यलाई खुरूक्क मान्ने नोकर, विचारधारात्मक र मानसिकरूपले अपाङ्ग बनाउँदछ ।
पुँजीवादी प्रतिक्रियावादी शासन तथा पुँजीद्वारा शोषण र उत्पीडनकै प्राधान्य रहने पुँजीवादी समाजमा आम जनताको स्वाधीनताको चेतनालाई दमन गरिएको हुन्छ, उनीहरूको आकाङ्क्षाहरू र मागहरूलाई कुल्चिएको हुन्छ र उनीहरूको सिर्जनात्मक बुद्धि र प्रतिभालाई नियन्त्रित र बेरूप गरिएको हुन्छ । साम्राज्यवादी र प्रतिक्रियावादीहरूले हर प्रकारको झूट र छल प्रयोग गरेर आम जनताको स्वस्थ्य सोच्ने शक्तिलाई निष्क्रिय पारिरहेका छन् र आम जनतामा पुँजीवादी प्रतिक्रियावादी विचारहरू र भ्रष्ट पुँजीवादी जीवनशैली फैलाइरहेका छन् । यही नै जनताको स्वाधीनताको चेतनाको विकासलाई रोक्ने विचारधारात्मक दमन हो र जनतामा जबरजस्ती प्रतिक्रियावादी विचारहरू थोपर्ने विचारधारात्मक दीक्षाको अपराधी कार्य हो ।
समाजवादी व्यवस्थाअन्तर्गत आम जनताले आफूलाई समाजवादी विचारधाराद्वारा दरोसित सुसज्जित पार्नुपर्दछ अनि मात्र उनीहरूले स्वाधीनताको आफ्नो माग पूरा गर्ने गरी सबै प्रकारका पुराना काम नलाग्ने विचारहरूको प्रभाव र फन्दाबाट सदाको लागि आफूलाई मुक्त पार्न सक्नेछन् र सबैले आ–आफ्ना व्यक्तित्व, आकाङ्क्षा, बुद्धि र प्रतिभालाई चौतर्फीरूपले विकास गर्न सक्नेछन् । समाजवादी विचारधारा आम जनताको स्वाधीनतालाई समर्थन गर्ने र साकार पार्ने सबभन्दा क्रान्तिकारी विचारधारा भएकोले यो विचारधाराले आम जनताको विचारधारा र मानसिकताको असीमित विकास निश्चित पार्ने सच्चा विचारधारात्मक मुक्ति र मानव मुक्तिको साधनको काम गर्दछ । समाजवादी विचारधारा मानिसका विचारहरूका विकासको कूल जम्मा हो । समाजवादी विचारधाराले आम जनताको स्वाधीनताको इच्छासित मिल्ने सबै प्रगतिशील विचारधाराहरू आफूमा समाहित र संयोजित गर्दछ । यो विचारधारा मानिसको विचारधारात्मक प्रगतिको शिखररूपी सबभन्दा व्यापक र उन्नत विचारधारा हो । आम जनतालाई समाजवादी विचारधारामा शिक्षा दिनु भनेको सब प्रकारका पुराना काम नलाग्ने विचारहरूको फन्दाबाट मुक्त एक स्वस्थ, समृद्ध विचारधारात्मक र सांस्कृतिक जीवन बिताउन चाहने आम जनताको स्वाधीनताको इच्छा र आकाङ्क्षा साकार पार्ने कार्य हो । सर्वहारा वर्गीय पार्टीले जनतालाई दिने समाजवादी विचारधाराको शिक्षा जनताको निम्ति हो र यो शिक्षा पार्टीले जनताप्रति देखाएको ठूलो प्रेम र चासो हो ।
आम जनतामा केन्द्रित समाजवादी व्यवस्थाअन्तर्गत हाम्रा जनताले बिताइरहेको विचारधारात्मक र सांस्कृतिक जीवन तथा हाम्रा जनताको विचारधारात्मक र मानसिक गुणहरूले हाम्रो समाजवादी व्यवस्थाको, समाजवादी विचारधाराको र हाम्रो पार्टीद्वारा सञ्चालित विचारधारात्मक शिक्षाको श्रेष्ठता र शक्ति छर्लङ्ग प्रदर्शित गर्दछ । हाम्रो मुलुकका सबै जनता कठिन र जटिल परिस्थितिमा पनि पार्टी र नेतालाई केन्द्रमा राखी एकै मनले एकताबद्ध भएका छन् । सम्पूर्ण समाज एउटा ठूलो सबै मिलेर बसेको सुखी परिवार बनेको छ र सबै जनता एउटै परिवारका दाजुभात्mैँ परस्पर मद्दत गर्दै एउटाले अर्कोलाई अगाडि डो¥याउँदै पूर्ण विश्वास र आशावाद लिएर काम गर्छन् र जीवन बिताउँछन् । उनीहरू सबैले आफूले चाहे जति मनग्गे सिक्छन्, विविध सांस्कृतिक र भावनात्मक जीवन बिताउँछन् र आफ्ना आकाङ्क्षा र इच्छाहरूसित मिल्ने गरी आफ्ना बुद्धि र प्रतिभालाई पूरा फुल्न दिन्छन् । यो नै हाम्रो समाजको सच्चा रूप हो, जुन समाज पार्टीको नेतृत्वअन्तर्गत विचारधारात्मक कार्य तीव्र पारिएकोले एउटै विचारधारा, समाजवादी विचारधाराद्वारा ओतप्रोत भइरहेको छ ।
हामीले साम्राज्यवादीहरू र समाजवादका गद्दारहरूका प्रतिक्रियावादी विचारधारात्मक धावालाई विफल पार्नुपर्दछ र समाजवादी विचारधाराको शिक्षा अझ तीव्र पार्नुपर्दछ । यसरी जनताले समाजवादको वैज्ञानिक, सत्यतापूर्ण र अजेय स्वभावलाई आफ्नो अडिग विश्वासको रूपमा लिने कुरा पक्का पार्नुपर्दछ ।
जुछे विचारधारा हाम्रा जनताले लिनैपर्ने क्रान्तिकारी विचार, समाजवादी विचारधारा हो । हाम्रो पार्टीको विचारधारात्मक कार्यको मूल–सार जुछे विचारधाराको शिक्षा हो ।
महान् नेता कामरेड किम इल सङले जुछे विचारधाराको सिर्जना गर्नुभयो । यसरी मानिसमा केन्द्रित सामाजिक ऐतिहासिक सिद्धान्तहरूको प्रतिपादन गर्नुभएर समाजवादी विचारधारालाई नयाँ वैज्ञानिक आधारमा राख्नुभयो । जुछे विचारधाराले पहिलेका समाजवादी सिद्धान्तहरूका ऐतिहासिक सीमिततालाई र अवसरवादीहरूद्वारा गरिएको समाजवादका सबै प्रकारका तोडमोडहरूलाई हटायो । आम जनता आफ्नो भाग्यको मालिक आफै भई निस्केको नयाँ ऐतिहासिक युग स्वाधीनताको युगका आवश्यकताहरूलाई सत्यतापूर्ण तरीकाले प्रतिबिम्बित गरी समाजवादी विचारधारा र सिद्धान्तलाई नयाँ तरीकाले विकास गरी त्रुटिहीन पायो । हामीहरू जुछे विचारधाराद्वारा पथ–प्रदर्शित भयौँ । यस विचारधारालाई पूर्णरूपले लागू गर्यो भनेमात्र हामीले आम जनताको स्वाधीनताको हेतु, समाजवादी हेतुलाई सफलतासाथ पूरा गर्न सक्नेछौँ । हाम्रो पार्टी र हाम्रा जनताले जुछे विचारधाराको अनुसरण गरी पूर्णरूपले कार्यान्वित गरेको हुनाले यस्तो कठिन परिस्थितिमा पनि मानिसहरूमा केन्द्रित समाजवादलाई सफलतासाथ निर्माण गर्न उनीहरू समर्थ भएका छन् । उनीहरूले उथलपुथलसाथ बदलिरहेको अन्तर्राष्ट्रिय परिस्थितिमा र गम्भीर अवस्थामा पनि हाम्रो समाजवादलाई संरक्षण गरी विजयसाथ अगाडि बढाइरहेका छन् । जुछे विचारधारा आधुनिक युगका आवश्यकताहरू पूरा गर्न सक्ने पूरापूर वैज्ञानिक समाजवादी विचाराधारा हो भन्ने कुरा जीवनले पुष्टि गर्दछ ।
हामीले भविष्यमा पनि जुछे विचारधाराको झन्डालाई माथि उठाउनुपर्दछ । यो विचारधारालाई क्रान्ति र निर्माणका सबै क्षेत्रहरूमा पूर्णरूपले कार्यान्वित गर्नुपर्दछ । हामीले पार्टी सदस्यहरू र अरू श्रमिकहरूलाई जुच्छे विचारधाराको शिक्षा दिने काम तीव्र पार्नुपर्दछ । जसद्वारा उनीहरूले विश्वसम्बन्धी अडिग जुच्छे क्रान्तिकारी दृष्टिकोण प्राप्त गर्नेछन् । यो विचारधाराको आवश्यकताअनुरूप उनीहरूले जीवन बिताउने छन् र काम गर्नेछन् ।
समष्टिवाद समाजवादी समाजको आधार हो । समाजवादी विचारधारा सारमा समष्टिवादी विचारधारा हो ।
सामाजिक प्राणी मानिसको स्वाधीनताको इच्छा समष्टिवादद्वारा मात्र सफलतासाथ साकार पार्न सकिन्छ । समाजवादी समाज समष्टिवाद कार्यान्वित गरिएको समाज हो । समाजवाद र पुँजीवादबिचको सङ्घर्ष, कसले कसलाई जित्छ भन्ने सङ्घर्ष त समष्टिवाद र व्यक्तिवादबिचको सङ्घर्षमात्रै हो, पुँजीवादमाथि समाजवादको श्रेष्ठता व्यक्तिवादमाथि समष्टिवादको श्रेष्ठता हो । समाजवादको विजय नै समष्टिवाद कसरी लागू गरिन्छ भन्ने कुरामा भर पर्दछ भनी भन्न सकिन्छ । समाजका सबै सदस्यहरूलाई समष्टिवादी विचारद्वारा पूर्णरूपले सुसज्जित पार्नु र सामाजिक सम्बन्ध, सामाजिक प्रशासन र सामाजिक जीवनका सबै क्षेत्रहरूमा समष्टिवादका सिद्धान्तहरू पूर्णरूपले कार्यान्वित गर्नु नै समाजवादलाई विकसित गरेर त्रुटिहीन पार्नको निम्ति आधारभूत ग्यारन्टी हो । मानिसले समष्टिको हितलाई आफ्नो स्वार्थभन्दा माथि राख्नुपर्दछ† समष्टिको लागि लगनशील भई काम गर्नुपर्दछ र जीवनको सार्थकता र सुख नै समष्टिको विश्वास र प्रेममा खोज्नुपर्दछ, मानिसमा जीवनसम्बन्धी यस्तो समष्टिवादी दृष्टिकोण भएमा मात्र उसले सामाजिक मानिसको अन्तर्निहित प्रकृतिसित र समाजवादी समाजका आवश्यकतासित मिल्ने उत्तम विचारधारात्मक र मानसिक गुणहरू प्राप्त गर्न सक्नेछ र समाजवादको लागि लड्ने सच्चा मानिस बन्न सक्ने छ । समाजवादी समाजमा समष्टिवादको शिक्षा दिने काम फितलो पार्नु र समष्टिवादी सिद्धान्त त्याग्नु भनेको समाजवाद त्याग्नु हो र व्यक्तिवादमा आधारित पुँजीवादको पुनस्र्थापना गर्नु हो ।
हाम्रो पार्टीले पार्टी सदस्यहरू र अरू श्रमिकहरूका बिचमा अथकरूपले समष्टिवादी शिक्षा सञ्चालन गरेको छ र समाजवादी निर्माणका सबै क्षेत्रमा पूर्णरूपले समष्टिवादी सिद्धान्तहरू कार्यान्वित गरेको छ । आज हाम्रा जनताले पार्टी र नेताको निम्ति, आफ्नो मातृभूमि र राष्ट्रको निम्ति तथा आफ्नो समाज र समष्टिको निम्ति पूर्ण भक्तिसाथ कडा प्रयत्न गर्ने उत्तम समष्टिवादी भावना उच्चरूपले प्रदर्शित गरिरहेका छन् । हामीले एकले सबैको लागि र सबैले एकको लागि बाँच्ने र काम गर्ने भावना सम्पूर्ण समाजमा पूर्णरूपले फुल्न लगाउन समष्टिवादी शिक्षालाई तीव्र पारिरहनुपर्दछ ।
पार्टीप्रति बफादारी समष्टिवादको सर्वोच्च अभिव्यक्ति हो । यो एक कम्युनिस्ट क्रान्तिकारीको सारभूत गुण हो ।
सर्वहारा वर्गीय पार्टी जनताको राजनैतिक अस्मिताको संरक्षक हो र आम जनताको स्वाधीनताको हेतुलाई विजयतर्फ डो¥याउने राजनैतिक पथ–पदर्शक हो । आम जनताले पार्टीको नेतृत्वअन्तर्गत अमूल्य राजनैतिक अस्मिता प्राप्त गर्न सक्दछन् र सामाजिक प्राणीको रूपमा सच्चा जीवन र सुख उपभोग गर्न सक्दछन् । जनताले आफूलाई राजनैतिक अस्मिता प्रदान गर्ने र आफ्नो भाग्यको हेरचाह गर्ने पार्टीप्रति बफादार रहनुलाई आफ्नो क्रान्तिकारी आस्था र कर्तव्य ठान्नुपर्दछ ।
जनताप्रति पार्टीको माया र कृपाले गर्दा जनतामा बफादारीको भावना उठ्दछ । तैपनि, यसको अर्थ यो होइन कि सबैले स्वतः आफ्नो इच्छाले पार्टीले देखाएको माया र कृपालाई गहिरोसित महशुश गर्दछन् र यो ऋणलाई बफादारीद्वारा तिर्ने दरो सङ्कल्प लिन्छन् । बफादारीको ठोस शिक्षा दिइएन भने पार्टीको हेरचाहमा हुर्केकाहरूबाट पनि कृतघ्न (गुण थाहा नभएका मानिसहरू निस्कन सक्छन् । सर्वहारा वर्गीय पार्टीले जनताको निम्ति सही नीति लागू गरेरमात्र पुग्दैन । उनीहरूलाई पार्टीप्रति उदार हुन पनि ठीकसित सिकाउनुपर्दछ ।
महान नेता कामरेड किम इल सङद्वारा स्थापित हाम्रो पार्टी जुछेको क्रान्तिकारी हेतुलाई उज्ज्वलतासाथ अगाडि बढाइरहेको परिपक्व र अनुभवी पार्टी हो । यो पार्टी समाजका सबै सदस्यहरूको राजनैतिक अस्मिताको संरक्षण गर्ने र उनीहरू सबैको मायालु हेरचाह गर्ने सच्चा मातृवत (आमा) पार्टी हो । हामीले पार्टी सदस्यहरू र अरू श्रमिकहरूलाई सो पार्टीप्रति गहिरो विश्वास राख्न, पार्टीलाई अडिग रूपले समर्थन गर्न, आफ्नो भाग्य पार्टीलाई विश्वाससाथ सुम्पन र पार्टीको नेतृत्वलाई बफादारीसाथ समर्थन गर्न सिकाउनुपर्दछ ।
मानिसले पार्टीका कार्यदिशा र नीतिहरू कसरी स्वीकार गर्दछ र तिनीहरूलाई लागू गर्दछ भन्ने कुराबाट पार्टीप्रतिको बफादारी आधारभूतरूपले नाप्न सकिन्छ । पार्टीप्रति साँच्चिकै बफादार मानिस त ऊ हो, जसले पार्टीको कार्यदिशा र नीतिहरूलाई पूरै ठीक भनी मान्दछ र तिनीहरूलाई असीमित भक्तिसाथ पालन गर्दछ ।
हाम्रो पार्टीका कार्यदिशा र नीतिहरू हाम्रो पार्टीका अचुक रणनीति र कार्यनीति हुन् र जनताको जीवन र सङ्घर्षको निम्ति पथ–प्रदर्शक हुन् । ती कार्यदिशा र नीति जुछे विचारधाराका मूर्त रूप हुन् । त्यसले आम जनताका इच्छा र हितहरू प्रतिबिम्बित गर्दछ । हाम्रो पार्टीले सधँै आम जनतासित मिसेर उनीहरूका इच्छा र हितहरू समेटेर आफ्ना नीतिहरू तर्जुमा गरेको छ र आम जनताको प्रयत्न र वुद्धि परिचालन गरी ती नीतिहरू कार्यान्वित गरेको छ । हाम्रो पार्टीका सबै नीतिहरूले आम जनताको इच्छाको सच्चा प्रतिनिधित्व गर्ने हुनाले ती नीतिहरूले आम जनताको निःसर्त समर्थन प्राप्त गरेका छन् । आम जनताले तिनीहरूलाई पूरा गर्न कडा प्रयत्न गर्दछन् । हाम्रा पार्टी सदस्यहरू र श्रमिक जनताको निम्ति पार्टीका नीतिहरूद्वारा आफूलाई सुसज्जित पार्नु र ती नीतिहरूलाई शब्दसः कार्यान्वित गर्न नै हाम्रो समाजवादलाई समर्थन गर्ने र विकसित पार्ने र सम्पूर्ण जनतालाई सार्थक र सुखी जीवन प्रदान गर्ने बाटो हो । हामीले पार्टीका नीतिहरूको शिक्षा दिने कामलाई तीव्र पार्नुपर्दछ । यसबाट सबै पार्टी सदस्य र अरू श्रमिकहरूले पार्टीका नीतिहरूको सार र त्यसको सहीपनालाई स्पष्ट बुझ्ने, ती नीतिहरूलाई अलि पनि सन्देह नलिई विश्वास गर्ने, तिनीहरूलाई विना सङ्कोच अचुकरूपले कार्यान्वित गर्ने सिद्धान्तको आधारमा ती नीतिहरूलाई शब्दशः पालन गर्ने कुरा पक्का पार्नुपर्दछ ।
समाजवादी हेतु पूरा गर्नुको निम्ति हामीले समाजका सबै सदस्यहरूलाई क्रान्तिकारी परम्पराहरूबाट दरोसित सुसज्जित पार्नुपर्दछ र ती परम्पराहरूलाई पूर्ण शुद्धतासाथ अगाडि बढाउनु र विकसित पार्नुपर्दछ ।
क्रान्तिकारी परम्पराहरू समाजवादका ऐतिहासिक जरा हुन् र क्रान्तिको प्राण कायम राख्ने विचारधारात्मक र मानसिक धन हुन् । समाजवादतिरको बाटो सुरु गर्ने नेताका विचार र उहाँको नेतृत्वमा हाम्रो पूर्वज क्रान्तिकारी पुर्खाहरूले आफ्नो रक्तपातपूर्ण सङ्घर्षद्वारा प्राप्त गरेका क्रान्तिकारी उपलब्धिहरूलाई संरक्षण गर्ने पुर्खाको नासो जिम्मा लिएर विकसित पार्ने प्रक्रिया नै समाजवादको हेतु पूर्णतामा लग्ने प्रक्रिया हो ।
क्रान्तिकारी परम्पराहरूप्रतिको धारणा र तिनीहरूबारेको अडान नै आम जनताको स्वाधीनताको हेतु अर्थात् समाजवादको हेतृप्रति बफादारी र गद्दारी छुट्याउने कसी हो, क्रान्ति र प्रतिक्रान्ति चिन्ने मापदण्ड हो । सच्चा क्रान्तिकारीहरू, कम्युनिस्टहरूले क्रान्तिकारी परम्पराहरूलाई संरक्षण गर्दछन्, अगाडि बढाउँछन् र विकसित पार्दछन् भने अवसरवादीहरू र क्रान्तिका गद्दारहरूले ती परम्पराहरूलाई निर्मूल पार्न दृष्टतासाथ काम गर्दछन् । आधुनिक संशोधनवादीहरू र समाजवादका गद्दारहरूले आफ्ना नेताको स्थान र आधिकारिकतामाथि झुटको अत्तो थापी विरोध गरेका छन् र आफ्ना क्रान्तिकारी अग्रजहरूले प्राप्त गरेका उपलब्धिहरूलाई नष्ट पारेका छन् । यसरी समाजवादलाई ¥हास गरी धराशायी पारेका छन् र त्यसमाथि धब्बा लगाएका छन् । समाजवादको मुख्य जरालाई नै खतम पार्नु, क्रान्तिको बाटो पहिल्याएका आफ्ना नेताको बदनाम गर्नु र आफ्ना क्रान्तिकारी अग्रगामीहरूको बदनाम गर्नु र समाजवादको ऐतिहासिक उपलब्धिहरूलाई नष्ट पार्न अत्यन्त निर्लज्ज र घृणित धोखा हो र प्रतिक्रान्तिका चालबाजी हुन् । इतिहासको अनुभवले के देखाउँछ भने क्रान्तिकारी परम्पराहरूलाई मेटेर नष्ट पारिए भने, क्रान्ति रोकिन पुग्छ र रगत दिएर प्राप्त गरेका समाजवादी उपलब्धिहरू खतम हुन जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *