यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
देशभरिका जनतालाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनु राज्यको दायित्व हो । सरकारले आफ्नो जिम्मेवारी पूरा नगर्दा अनाहकमा हजारौँ लाखौँ मानिसको ज्यान गइरहेको छ । राज्यले सुगम होस् या दुर्गम, विकट होस् या सुविधा सम्पन्न सबै ठाउँमा जनताको स्वास्थ्य सेवा सहज पु¥याउनुपर्छ । समयमा उपचार गर्न नपाएर, औषधि नभएर या पैसाको कारण कुनै पनि व्यक्तिको ज्यान नजाओस् भन्ने उद्देश्यले राज्यले स्वास्थ्य सेवामा ध्यान पु¥याउनुपर्ने हो । तर, देशमा औषधि नपाएर, औषधि किन नसकेर, बिरामीको समयम उपचार गर्न नपाएर या नजिकै जनस्वास्थ्य केन्द्र र अस्पताल नभएर धेरैको ज्यान गइरहेको छ । यसकारण, राज्यले आवश्यकताअनुसार या देशभरि नै जनस्वास्थ्य केन्द्र र अस्पतालहरू खोल्नुपर्छ । अस्पतालमा आवश्यक उपकरण, जनशक्ति र औषधिको व्यवस्था गर्नुपर्छ । तर, सरकारले यसतर्फ चासो राखेको देखिँदैन ।
कुनै पनि नागरिक उपचार गर्न नपाएर मर्न नपरोस् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले नर्सिङ सेवामात्र होइन वडा वडामा जनस्वास्थ्य सेवा केन्द्र विस्तार गरिरहेको छ । जनस्वास्थ्य केन्द्रको रूपमा सञ्चालित केन्द्रलाई अस्पतालको रूपमा परिवर्तन गरेको छ । ख्वप अस्पताललाई भनपाले जनताको अस्पतालको रूपमा लिएको छ । तर, सत्तासीन दलका नेताहरू जिम्मेवार व्यक्तिहरू इमानदार नहुँदा, जनताको घर आँगनमा हरेक नागरिककहाँ स्वास्थ्यसेवा पु¥याउनुपर्छ भन्ने विचार र भावना नहुँदा अनाहकमा जनता मरिरहेका छन् । सबै पक्षले जनताको सेवा गर्नुपर्छ भन्ने अठोटका साथ अघि नबढेसम्म जनताले राम्रो स्वास्थ्य सेवा पाउने छैनन् ।
जनताको साथ र सहयोगमा अघि बढ्यो भने शिक्षा, सम्पदा, सरसफाइमा मात्र होइन स्वास्थ्य सेवामा पनि उदाहरणीय काम गर्न सक्छ भन्ने कुरा भक्तपुर नगरपालिकाले ख्वप अस्पताल खोलेर देखाएको छ । ख्वप अस्पताल सञ्चालन गर्ने उद्देश्य धेरै पहिलेदेखिको हो । ख्वप अस्पताल सञ्चालन हुनुमा नेमकिपाका अग्रज नेता, जनप्रतिनिधि, बुद्धिजीवी, देश र जनताप्रति समर्पित कार्यकर्ता, अगुवा र नगरवासीहरूको देन छ । उनीहरूको विचार, चिन्तन र सहयोगको ठूलो साथ छ । एसियाकै सफा नगर बनाउन, शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा उत्कृष्ट र नमुना नगर बनाउन नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरू सफल भएका छन् । यो नगरवासी, जिल्लावासी र देशवासीहरूकै निम्ति खुसीको खबर हो ।
नेमकिपाका अग्रज नेता तथा कार्यकर्ताहरू इमानदार र निःस्वार्थपूर्वक देश र जनताको सेवामा लागिरहे, लागिरहेका छन् । जनतामाझ पुगेर जनताको सेवा गर्नु नै नेमकिपाको लक्ष्य हो । नेमकिपा र भनपाको लक्ष्य भक्तपुरमा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय खोलेर अझ बढी देशको जनताको सेवा गर्नु हो । भनपाले गरिरहेको काम राज्यले गर्नुपर्ने हो । यस्तै सेवा राज्यले देशभरि पु¥याउनुपर्ने हो । भनपाले गरेको यो स्वास्थ्य सेवाले सरकारलाई पनि सघाइरहेको छ । यसले देशकै सेवा गरिरहेको छ । अझ जनताको जनतामा घर आँगनमै स्वास्थ्य सेवा पु¥याउन भनपा लागिरहने छ । ख्वप अस्पतालले सुलभ, गुणस्तरीय र सहज स्वास्थ्य सेवा पु¥याउन सकोस् । ख्वप अस्पताललाई साँच्चै जनताको अस्पताल बनाउन सकोस् ।
Leave a Reply