भर्खरै :

जैविक विविधता संरक्षणमा चीनको सक्रियता

जैविक विविधता संरक्षणमा चीनको सक्रियता

डिसेम्बर १५ को बेलुका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत क्यानडाको मोन्ट्रियलमा आयोजित कोप–१५ दोस्रो चरणको उच्चस्तरीय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो ।
उहाँले मानव र प्रकृतिबिचको मेलमिलापयुक्त सहअस्तित्व, सफा तथा सुन्दर विश्वको रचना गर्न संयुक्त पहल गर्नका लागि आग्रह गर्नुभयो ।
संयुक्त राष्ट्र सङ्घको जैविक विविधता सन्धि सचिवालयका कार्यकारी सचिव इलिजावेथ मुरिमाले सन् २०२० पछि विश्व जैविक विविधता प्रारूप वार्ताको लागि राष्ट्राध्यक्ष सी चिनफिङको उक्त सम्बोधन महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।
कोप – १५ संयुक्त राष्ट्र सङ्घले पहिलो पटक पारिस्थितिकीय सभ्यताको रूपमा आयोजना गरेको विश्वव्यापी सम्मेलन हो । गत वर्षको अक्टोबरमा कोप–१५ को पहिलो सम्मेलन चीनको खुनमिङ नगरमा आयोजना गरिएको थियो । एक वर्षपछि चीनले दोस्रो चरणको सम्मेलनमा निरन्तर रूपमा अध्यक्षता गरेको छ । चीनको समन्वय र प्रवद्र्धनमा सम्मेलनले विभिन्न पक्षबिच सहमति सम्पन्न गरी विश्व जैविक विविधताको संरक्षणलाई अघि बढाउन सक्नेछ ।
विगत १० वर्षमा चीन विश्वमा वनस्पति स्रोत वृद्धि भएको र कृत्रिम वन क्षेत्रफल सबभन्दा ठूलो भएको मुलुक हो । यस्तै अन्तर्राष्ट्रिय सिमसार नगर सूचीमा चीन सबभन्दा ठूलो मुलुक हो । चीनमा विश्वमा सबभन्दा ठूलो राष्ट्रिय पार्क प्रणालीको रचना भइरहेको छ । ती उपलब्धिबाट चीनले पारिस्थितिकीय सभ्यताको निर्माण र जैविक विविधताको संरक्षणलाई बढाउनको लागि गरिरहेको प्रयासलाई इङ्गित गरिएको छ ।
यसअघि सम्पन्न भएको सीपीसी २० औँ महाधिवेशनमा चिनियाँ शैलीको आधुनिकीकरण निर्माणलाई चौतर्फीरूपमा बढाउनेमा जोड दिइएको थियो । तीमध्ये मानव र प्रकृति मेलमिलापयुक्त सहअस्तित्व चिनियाँ शैली आधुनिकीकरणका पाँच वटा आधारभूत विशेषतामध्येको एक हो । राष्ट्राध्यक्ष सी चिनफिङका अनुसार, भविष्यमा चीनले पारिस्थितिकीय सभ्यता निर्माणलाई अरू बढाएर विकासोन्मुख मुलुकलाई सकेसम्म समर्थन र सहयोग गर्नेछ । अफ्रिकी कार्बन लेनदेन केन्द्रका अध्यक्ष विलिसले चीन मानवको भाग्य रचना गर्ने उचाइमा उभिएर विश्व जैविक विविधता व्यवस्थापनमा संलग्न भएको विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *