भर्खरै :

प्रमुख प्रजापतिद्वारा विद्यालयस्तरीय विज्ञान प्रदर्शनी अवलोकन

प्रमुख प्रजापतिद्वारा विद्यालयस्तरीय विज्ञान प्रदर्शनी अवलोकन

भक्तपुर, २ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाको आयोजनामा ख्वप कलेज, देकोचामा भइरहेको विद्यालयस्तरीय विज्ञान प्रदर्शनीको अवलोकन गर्नुभयो ।
सो प्रदर्शनीमा भक्तपुर नगर क्षेत्रका ख्वप मावि, बासु मावि, मेधा मावि, तारा मावि, श्री पद्म मावि, वागीश्वरी मावि, एभरेष्ट इङ्गलिश स्कूल, अक्स्फोर्ड प्राक्टिकल स्कूल र इमेज स्कूल गरी ९ वटा विद्यालयहरूले भाग लिएका थिए ।
सो प्रदर्शनीबाटै उत्कृष्ट प्रदर्शनी छनोट गरी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा भाग लिन पठाइनेछ । एकदिने सो प्रदर्शनीको दुई हजारभन्दा बढी विद्यार्थीहरूले अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *