भर्खरै :

एक विद्यालय एक नर्स कार्यक्रमबारे समीक्षा

एक विद्यालय एक नर्स कार्यक्रमबारे समीक्षा

भक्तपुर, २ पुस । ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत समीक्षा तथा सुदृढीकरण कार्यक्रम आइतबार जिल्ला स्वास्थ्य कार्यालयमा सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले नगरपालिका स्वास्थ्य एकाइहरूमा अनुगमन र समन्वय गर्नु आवश्यक छ भन्नुभयो ।
विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीको स्वास्थ्य व्यवहार र आचरणमा सुधार भएको उहाँले बताउनुभयो । विद्यालयका नर्सहरूले आ–आफ्नो विद्यालयमा भएका कार्ययोजनाअनुसारको कार्यक्रम, समस्या र सुझावबारे प्रस्तुत गर्नुभयो ।
प्रअहरूमा ज्योति माविका कृष्णलाल न्हेम्हाफुकी, वागीश्वरी माविका कृष्णप्रसाद धन्छा, बासु माविका अम्बिका न्याइच्याई, आदर्श आजाद माविका श्रीकृष्ण किसी, गणेश मावि, सिपाडोलका रवीन्द्र थापा र अरनिको माविका प्रअ लेखनाथ रिमाल उपस्थिति हुनुहुन्छ ।
भक्तपुर नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख डा. रत्नसुन्दर लासीवाले विद्यालयबाट भएका स्वास्थ्य शिविर, परामर्शका गतिविधिहरू स्वास्थ्य क्षेत्रमा पठाउनुपर्छ भन्नुभयो । कम स्रोत र साधनबाट धेरै सेवा सुविधा दिने कुरामा उहाँले जोड दिनुभयो । पब्लिक हेल्थ नर्सका सन्ध्या न्यौपानेले आगामी दिनमा अनुगमनमा जाने विश्वास दिलाउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरभरि १६ वटा विद्यालयमा विद्यालयको नर्सको व्यवस्था रहेको उल्लेख गर्दै नपाहरूसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *