भर्खरै :

स्काउट दीक्षान्त समारोह सम्पन्न

स्काउट दीक्षान्त समारोह सम्पन्न

भक्तपुर, ३ पुस । भक्तपुर नेपाल स्काउट, बाग्मती प्रदेश स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा सञ्चालित ख्वप्रिङ्ग स्काउट ट्रुप, बासु स्काउट ट्रुप, पारागन स्काउट ट्रुप, हिमालयन ग्लोरी स्काउट ट्रुप, देवी स्काउट ट्रुप र बिमल स्काउट ट्रुपको संयुक्त दीक्षान्त समारोह कार्यक्रम सूर्यविनायकको लिखानारायण परिसरमा सम्पन्न भयो ।
कार्यक्रमको आयोजना निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयु र ख्वप्रिङ्ग ओपन रोभर÷रेञ्जर क््रयुले गरेका थिए ।
कार्यक्रममा बाग्मती प्रदेशका सदस्य एवं भक्तपुर जिल्लाका समन्वयकर्ता अच्युत प्रजापतिले स्काउट आजको नितान्त आवश्यक संस्थाको रूपमा परिचित भएको उल्लेख गर्दै बालबालिका तथा युवालाई व्यवहारिक, आत्मस्वावलम्बी बन्न र सामाजिक कार्यमा आफ्ना महत्वपूर्ण भूमिका निर्वाह गर्न स्काउटमा सदस्य हुन आग्रह गर्नुभयो । स्काउट आफ्नै विशुद्ध व्यवहारिक पाठ्यक्रमबाट सञ्चालित संस्था हो भन्नुभयो ।
भक्तपुर नगरपालिका स्थानीय संयोजक कृष्णसुन्दर प्रजापतिले बालबालिकाको चारित्रिक विकासका लागि स्काउटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका स्थानीय सदस्य संवद्र्धनका संयोजक बालकृष्ण बनमालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका स्थानीय संयोजक उमेशप्रसाद सिंह, निरञ्जन बेकोजु र सृजन लवजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ब्वाइज स्काउटका ७९ जना र गल्र्स स्काउट ९८ जना गरी जम्मा १७७ जना स्काउट दीक्षित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *