आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार अपराह्न ५ बजेभित्र दाबी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ ।
निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ दफा ६२ बमोजिम गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश भएको थियो ।
राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गर्नुभएको हो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
निर्वाचन आयोगमा आइतबार आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नुभएको हो । समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गर्नुभएको थियो । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा (एमाले) का ३४, नेपाली काङ्ग्रेसका ३२, नेकपा (माओवादी केन्द्र) का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँच जना निर्वाचित भएका छन् ।
Leave a Reply