प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, ४ पुस । श्वेतभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूलाई बधाई ज्ञापन तथा तीनमहिने आधुनिक बाँसुरी बाजा र एकमहिने मादल प्रशिक्षण तालिमको प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सङ्गत गर्दा होशियारीपूर्वक गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
उहाँले भन्नुभयो, “राम्रो सङ्गत र संस्कारको लागि सहकारी संस्थाहरूले विभिन्न रचनात्मक कार्यक्रमका साथै तालिमहरू सञ्चालन गर्नुपर्छ ।” सांसद सुवालले पँुजीवादी र समाजवादी व्यवस्थाको भिन्नताबारे स्पष्ट पार्दै पुँजीवाद भनेको केही व्यक्तिहरूको फाइदाको लागि गरिने बन्दोबस्त हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “आफ्नो देशमा नभएको सुख अर्को देशमा पाउँछ भनेर सोच्नु गलत हुनेछ । विदेशमा गएर न स्वदेशको छाना बन्छ न नाना बन्छ । त्यसैले कामको लागि हाम्रै देशलाई राम्रो बनाउनुपर्छ ।”
सांसद सुवालले नेपालका ठूला राजनीतिक दलहरू भारतपरस्त भएकाले देश विकास हुननसकेको बताउनुभयो ।
प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईले समाजबाट टाढा रहेर कसैले पनि उन्नति गर्न नसक्ने धारणा राख्दै भावी पुस्तालाई पनि बाजागाजा, नृत्य, वाचनालय तथा विभिन्न खेलकुदहरूमा समावेश गर्न सके कुलतमा नफस्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विभिन्न कार्यक्रमहरूमार्फत देश विदेशका विभिन्न परिस्थितिबारे छलफल गरेर त्यसबारे जनतालाई सुसूचित पार्नुपर्छ ।”
उहाँले नेताहरू आफू मन्त्री बन्ने होडमा लागेको चर्चा गर्दै जबसम्म जनतालाई कसरी सेवा गर्ने भन्ने विषयमा चिन्तनमन गर्ने नेताहरू जित्दैनन् तबसम्म देशमा अस्थिरता कायम रहिरहने बताउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा उपत्यका बाहिरका ठाउँमा राजनीतिक चेतनाले भन्दा पैसाले काम गर्ने गरेको अनुभव सुनाउँदै चुनावमा सही नेतृत्व छनोट गर्न अझ सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष जीतेन्द्र खायमलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार महेन्द्र खायमली, बाँसुरी बाजा तथा मादलका प्रशिक्षक रवि कपाली, संस्थाको सांस्कृतिक उपसमितिका संयोजक विष्णुभक्त भैनात्व तथा सदस्य लक्ष्मीप्रसाद दुवाललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाबाट सञ्चालित तीनमहिने आधुनिक बाँसुरी बाँजाका २९ जना प्रशिक्षार्थी र एकमहिने मादल प्रशिक्षणका ४१ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
Leave a Reply