भर्खरै :

जिम्नास्टिक प्रतियोगिताको अन्तिम नतिजा

भक्तपुर, ६ पुस । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भनपा ८ कभर्ड हलमा भएको जिम्नास्टिक प्रतियोगिताको अन्तिम खेलमा जुनियर छात्रतर्फ एभरेष्ट स्कूलका सन्देश शाही प्रथम, एभरेष्ट स्कूलका हिरोज सुवाल दोस्रो र एभरेष्ट स्कूलकै रोयल्सनराज पहिजुले तेस्रो स्थान हासिल गरे । त्यस्तै सिनियर छात्रतर्फ जेन्यूइन स्कूलका सुमन नापित प्रथम, एभरेष्ट स्कूलका अर्नेस सुवाल दोस्रो, मेधा माविका सुमित तमखू तेस्रो भएका थिए ।
भुइँ व्यायाम जुनियर छात्रतर्फ लनर्स एकेडेमीका रिसब जाकिबन्जार प्रथम, एभरेष्ट स्कूलका हिरोस सुवाल दोस्रो र एभरेष्टका रोयल्सनराज पहिजू तेस्रो भएका थिए भने भुइ व्यायाम सिनियर छात्रतर्फ मेधा माविका सुमित तमखु प्रथम, जेन्युइन माविका सुमित नापित दोस्रो र एभरेष्ट स्कुलका अर्नेस सुवाल तृतीय भएका थिए ।
अल राउन्डर जुनियर छात्रतर्फ एभरेष्ट स्कूलका हिरोस सुवाल प्रथम, एभरेष्ट स्कूलका सन्देश शाही दोस्रो र एभरेष्ट स्कूलकै रोयल्सनराज पहिजु तेस्रो भएका थिए भने अल राउन्डर सिनियर छात्रतर्फ मेधा माविका सुमित तमखु प्रथम, जेन्युइन स्कूलका सुमित नापित दोस्रो र एभरेष्ट स्कूलका अर्नेस सुवाल तेस्रो भएका थिए ।
जिम्नास्टिक खेलअन्तर्गत भुइँ व्यायामको जुनियर छात्रातर्फ मिनर्वा स्कूलका भाग्यश्री कोजु प्रथम, जेन्यूइन स्कूलका तुलिसा कोजू दोस्रो र महेन्द्र आश्रम स्कूलका श्रीनिभासा सुवाल तेस्रो भएका थिए । त्यस्तै भुइँ व्यायाम सिनियर छात्रातर्फ जेसिस स्कूलका रेघिसा घेमोसु प्रथम, मेधा माविका रिजु रन्जित दोस्रो र सैनिक आवासीय महाविद्यालयका रूपसिका थापामगर तेस्रो भएका थिए ।
त्यस्तै जुनियर छात्रातर्फ जेन्युइन स्कूलका तुलिसा कोजू प्रथम, एभरेष्ट स्कूलका कायरा चवाल दोस्रो र महेन्द्र विद्याश्रमका श्रीनिभासा सुवाल तेस्रो भएका थिए ।
सिनियर गल्र्सतर्फ मेधा माविका रिजु रञ्जित प्रथम, जेसिस स्कूलका रिघासा घेमोसू दोस्रो र सैनिक स्कूलका रूपसिका थापामगर तेस्रो भएका थिए । अल राउन्डर जुनियर छात्रातर्फ जेन्युइन स्कूलका तुलिसा कोजू प्रथम, एभरेष्ट स्कूलका कायरा चवाल दोस्रो र महेन्द्र विद्याश्रमका श्रीनिभासा सुवाल तेस्रो भएका थिए भने अल राउन्डर सिनियर छात्रातर्फकै अर्को खेलमा जेसिस स्कूलका रिघासा घेमोसु प्रथम, मेधा माविका रिजु रन्जित दोस्रो र सैनिक स्कूलका रूपसिखा थापामगर तेस्रो भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *