भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मकाउ विशेष प्रशासनिक क्षेत्रका कार्यकारी निर्देशक ह यीछङसँग भेटवार्ता

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मकाउ विशेष प्रशासनिक क्षेत्रका कार्यकारी निर्देशक ह यीछङसँग भेटवार्ता

पेइचिङ, २४ डिसेम्बर (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख पेइचिङमा मकाउ विशेष प्रशासनिक क्षेत्रका कार्यकारी निर्देशक ह यीछङसँग भेट–वार्ता गर्दै मकाउको वर्तमान परिस्थिति तथा मकाउ विशेष प्रशासनिक क्षेत्रीय सरकारको कार्यबारे जानकारी लिनुभएको छ ।
राष्ट्राध्यक्ष सीका अनुसार, एक वर्षमा ह यीछङले मकाउ विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकारको नेतृत्व गरेर स्थिर र व्यावहारिक रूपमा प्रशासन सम्हालेर समाजको स्थिरता कायम राख्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन भावनाको सिकाइ र कार्यान्वयन गरेर मकाउको राष्ट्रिय सुरक्षा कानूनको संशोधनलगायत कार्यलाई अगाडि बढाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले ह यीछङ र मकाउ विशेष प्रशासनिक क्षेत्रीय सरकारको कार्यमाथि पूर्ण रूपमा सक्रिय मूल्याङ्कन गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले ‘एक देश दुई व्यवस्था’ को चौतर्फी, उचित तथा दृढ रूपमा कार्यन्वयन गर्दै मकाउ विशेष प्रशासनिक क्षेत्रले आफ्नो विशेषता तथा श्रेष्ठताको प्रयोग गरेर समाजवादी आधुनिक शक्तिशाली देशको निर्माणमा अझ नयाँ तथा धेरै योगदान दिनका लागि सक्दो समर्थन दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *