भर्खरै :

समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ – ७

समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ – ७

क्रान्तिको विकासको प्रत्येक चरणमा हाम्रो पार्टीले क्रान्तिका आवश्यकताहरू पूरा हुने र आम जनताका राजनैतिक र विचारधारात्मक तयारीलाई सुहाउने गरी आम जन विचारधारात्मक रूपान्तर अभियान प्रस्तावित गरेको छ र त्यसलाई अगाडि बढाएको छ । मुक्तिपछि हाम्रो पार्टीले जापानी साम्राज्यवादी विचार र सामन्ती विचारहरूका अवशेषहरूलाई हटाउनको निम्ति र जनतालाई राष्ट्र–निर्माणको विचारद्वारा सुसज्जित गर्नको निम्ति राष्ट्र–निर्माणका लागि आम विचारधारात्मक परिचालन आन्दोलन सञ्चालन गयो । युद्धपछिको समाजवादी निर्माणको अवधिमा पार्टीले छोल्लिमा आन्दोलन अगाडि बढायो र जनतालाई समाजवादी ढाँचामा शिक्षा दिने र बदल्ने काममा उज्ज्वल सफलता प्राप्त गर्यो । आज सम्पूर्ण समाजलाई जुछे विचारधाराको आधारमा परिणत गर्ने लक्ष्य अगाडि आएको बेलामा हाम्रो पार्टीले विचारधारात्मक प्राविधिक र सांस्कृतिकसमेत तीनवटा क्रान्तिहरू छिटो पार्न तीन क्रान्ति लाल झन्डा आन्दोलन सञ्चालन गरेर समाजका सबै सदस्यहरूलाई जुछे खालका साम्यवादी क्रान्तिकारीरूको रूपमा विकास गरिरहेको छ ।
हाम्रो मुलुकमा आम जनताका व्यापक समूहले विचारधारा बदल्ने अभियानमा सक्रिय भाग लिइरहेका छन् र सबै जनताले एकले अर्कोलाई शिक्षा दिन्छन् । कार्यकर्ताहरू र आम जनता पनि साधारण मजदुर र किसानहरूका साम्यवादी कार्यहरूद्वारा प्रभावित छन् र कमान्डरहरू पनि साधारण सिपाहीहरूका वीरतापूर्ण कार्यहरूद्वारा प्रभावित छन् । भविष्यमा पनि, हामीले क्रान्तिको विकासका आवश्यकताहरू पूरा हुने र आम जनताको तयारीलाई सुहाउने गरी आम जन विचारधारात्मक रूपान्तर अभियानलाई अगाडि बढाइरहनुपर्दछ ।
आम जन विचारधारात्मक रूपान्तर अभियानको एउटा महत्वपूर्ण पक्ष सकारात्मक उदाहरणहरूलाई प्रोत्साहित र विकसित गर्ने र आम जनताका बिचमा व्यापकरूपले ती उदाहरणहरू प्रचार गर्ने हो । सकारात्मक उदाहरण भन्नु नबोलीकन चुपचाप नकारात्मकको आलोचना गर्नु हो र यसले जनताको बलियो सहानुभूति प्राप्त गर्दछ । समाजवादी समाजमा सकारात्मकको प्राधान्य हुन्छ र त्यहाँ आम जनतालाई शिक्षा दिने र बदल्ने काममा मुख्य जोड जनतालाई सकारात्मक उदाहरणहरूद्वारा प्रभाव पार्ने तरीकामा दिइनुपर्दछ । कष्टपूर्ण र गौरवपूर्ण सङ्घर्षको बाटोबाट हाम्रो क्रान्ति अगाडि बढेको छ र यो सङ्घर्षले पार्टी र नेताको निम्ति, मुलुक र जनताको निम्ति आफूलाई पूरै समर्पित गरेका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू र वीरहरूको ठूलो सङ्ख्या तयार गरेको छ । जापानविरोधी क्रान्तिकारी अग्रगामीहरू र पितृभूमि मुक्ति युद्धका वीरहरू, समाजवादी निर्माणमा विशिष्टता देखाएका मानिसहरू र प्रकाशमा आउन नखोजेका वीरहरू सबै कम्युनिस्ट क्रान्तिकारीहरूका उज्ज्वल उदाहरण हुन् । सबै पार्टी सदस्य र अरू श्रमिकहरूले हाम्रो क्रान्तिकारी अग्रगामीहरू र वीरहरू, विशिष्ट गुण भएका मानिसहरू र श्रममा नवीनता ल्याएका मानिसहरूका उत्तम विचारधारात्मक र नैतिक गुणहरूको अनुसरण गरोस् भनी हाम्रो पार्टीले कडा मेहनत गरेको छ ।
हाम्रा जनताका बिचमा अहिले उत्तम साम्यवादी गुणहरू पूरा प्रदर्शित भइरहेको गौरवपूर्ण यथार्थले सकारात्मक उदाहरणको प्रभावद्वारा दिइने शिक्षाको र आम जन विचारधारात्मक रूपान्तर अभियानको सशक्तता स्पष्टसित देखाएको छ । हामीहरूले जनताको विचारधारा स्थिररूपले बदलिरहन आम जनताको बिचमा विचारधारात्मक रूपान्तर अभियानलाई अगाडि बढाउनुपर्दछ र सम्पूर्ण समाजमा साम्यवादी ढङ्गले काम गर्ने र जिउने उत्तम गुण अझ उच्च स्तरमा प्रदर्शित हुने कुरा पक्का पार्नुपर्दछ ।
विचारधारात्मक शिक्षालाई अध्ययन र सङ्गठनात्मक जीवनको माध्यमबाट र क्रान्तिकारी व्यवहारसित निकटरूपले जोडेर सञ्चालन गरिनुपर्दछ । अध्ययन, सङ्गठनात्मक जीवन र क्रान्तिकारी व्यवहार विचारधारात्मक शिक्षाको सम्पूर्ण श्रृङ्खलामा महत्वपूर्ण कडी हुन् र त्यस शिक्षाका प्रभावकारी तरीकाहरू पनि हुन् ।
अध्ययनद्वारा नै जनताले आफूलाई विचारधारात्मकरूपले विकसित पार्दछ र क्रान्तिको निम्ति चाहिने विचारधारात्मक र मानसिक आहारा प्राप्त गर्दछ । कडा अध्ययन गरे भनेमात्र जनताले विश्वको सम्बन्धमा दरो क्रान्तिकारी दृष्टिकोण प्राप्त गर्दछ र क्रान्तिकारी सङ्घर्ष तथा निर्माणमा सफलता पाइरहन सक्दछ । समाजवादी समाजमा सबैले अध्ययनलाई आफ्नो दैनिक चर्याको अंश बनाउनुपर्दछ र नियमितरूपले र मेहनत साथ अध्ययन गर्नुपर्दछ ।
हाम्रो मुलुकमा आज यस्तो एउटा सुनियमित व्यवस्था स्थापना भएको छ, जुन व्यवस्थाअन्तर्गत पार्टी, जनता र सेना सबैले अध्ययन गर्दछन् र यो व्यवस्था नियमितरूपले चलाइएको छ । समाजका सबै सदस्यहरूले बिनाअपवाद नियमित अध्ययन–बैठकहरू, सार्वजनिक प्रवचनहरू र अरू समष्टिगत अध्ययन–बैठकहरूमा भाग लिन्छन् र निकै मन लगाएर सिक्छन् । अध्ययन गर्नु हाम्रो मुलुकमा जनताको दैनिक चर्या र समाजको स्वरूप बनिसकेको छ । हामीहरूले सम्पूर्ण पार्टी र सम्पूर्ण समाजभित्र अध्ययन गर्ने क्रान्तिकारी वातावरण सृदृढ पार्नुपर्दछ र प्रत्येक व्यक्तिले अथकरूपले अध्ययन गर्ने कुरा पक्का पार्नुपर्दछ ।
क्रान्तिकारी सङ्गठनात्मक जीवन भन्नु विचारधारात्मक तालिम गर्ने परीक्षणस्थल र क्रान्तिकारी शिक्षा दिने पाठशाला हो । जनताले सङ्गठनात्मक जीवनकै माध्यमबाट राजनैतिक–विचारधारात्मक शिक्षा प्राप्त गर्दछन् र क्रान्तिकारी ढङ्गले तालिम पाउँछन् । पार्टी सदस्यहरूको र श्रमिकहरूको सङ्गठनात्मक जीवन भन्नु राजनैतिक अस्मिता प्राप्त गर्ने उनीहरूको इच्छा साकार पार्ने राजनैतिक विचारधारात्मक जीवन हो । समाजका सबै सदस्यहरू एउटा राजनैतिक सङ्गठनमा रहनु र सङ्गठनात्मक जीवन व्यतित गर्नु नै समाजवादी समाजको अन्तर्निहित प्रकृतिसित मिल्ने राजनैतिक विचारधारात्मक जीवनको ढाँचा हो । हाम्रो मुलुकमा सबै श्रमिकहरू, युवाहरू, विद्यार्थीहरू र स्कूलका केटाकेटीहरू सबै नै कि त पार्टी सङ्गठन कि श्रमिक जनताको सङ्गठन कि त युवक सङ्गठन कि बाल सङ्गठनमा रहेका हुन्छन् र सङ्गठनात्मक जीवन बिताएर राजनैतिक–विचारधारात्मक शिक्षा पाइरहेका र आफ्नो राजनैतिक अस्मिता उठाइरहेका छन् । हाम्रो मुलकमा समाजवादी विचारधाराद्वारा सुसज्जित पारेर जनतालाई शिक्षा दिने र बदल्ने काममा सफलता पाएको श्रमिक मुख्य कारण कुन तथ्य हो भने समाजका सबै सदस्यहरूलाई राजनैतिक सङ्गठनहरूभित्रको जीवनद्वारा शिक्षा दिइन्छ । सबै पार्टी–सदस्यहरू, जनता, युवाहरू, विद्यार्थीहरू र स्कूलका केटाकेटीहरू सबैले सङ्गठनहरूप्रति सही दृष्टिकोण र धारणा लिएर राजीखुसीसित र इमानदारीसाथ सङ्गठनात्मक जीवनमा भाग लिने कुरा हामीले पक्का पार्नुपर्दछ ।
मानिसको विचारधाराको प्रशिक्षण र सुदृढीकरण क्रान्तिकारी व्यवहारद्वारा हुन्छ र यसको परीक्षण पनि व्यवहारकै क्रममा हुन्छ । जनताका मनमा बाँकी रहेका पुराना काम नलाग्ने विचारका अवशेषहरू पनि व्यवहारमै अभिव्यक्त हुन्छन् । विचारधारात्मक शिक्षालाई क्रान्तिकारी व्यवहारसित घनिष्टरूपले जोडेमा मात्र हामीले जनताको मनबाट पुराना काम नलाग्ने विचार हटाउन सक्छौँ र जनतालाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्न सफल हुनेछौँ । हाम्रो पार्टीले जनतालाई व्यवहारद्वारा शिक्षा दिने र बदल्ने समस्याको प्रभावकारी समाधान प्राप्त गरेको के हो भने क्रान्तिकारी कार्यहरू गर्ने क्रमलाई नै जनताको विचारधारात्मक विकास र प्रशिक्षणको प्रक्रिया बनाउने, पार्टी सदस्य र श्रमिकहरूले समाजवादी विचारधारा सिक्ने, त्यसलाई सुदृढ पार्ने र आफ्नो मुलुकको समृद्धि र विकासको निम्ति तथा आफ्नो सार्थक समाजवादी जीवनको निम्ति व्यावहारिक सङ्घर्षद्वारा आफूलाई विचारधारात्मकरूपले तालिम गर्ने कुरा हामीले पक्का पार्नुपर्दछ ।
हामीले विचारधारात्मक कार्यमा प्रशासनिक र रकमी व्यवहार (प्रथा) लाई अन्त गर्नुपर्दछ र यो कार्य मौलिक र सारभूत तरीकाले गर्नुपर्दछ ।
प्रशासनिक र औपचारिक–रीतिवादी (रकमी) प्रथा निकै हानिकारक छ, किनभने यी प्रथाहरूले मजदुर वर्गीय पार्टीको कार्य–तरीकासित मेल खाँदैनन्† यस्ता प्रथाहरू विचारधारात्मक कार्यमा सह्य हुन सक्दैनन् । मजदुर वर्गीय पार्टीले हामी सत्तारूढ छौँ भन्ने आधारमा आफ्नो पदको अधिकार प्रयोग गरेर जनतामा आफ्नो विचारधारा लादन खोज्छ भने वा यसले विचारधारात्मक कार्यमा औपचारिकतामा वा सारहीन रीति–भाँतिमा अड्न खोज्छ भने त्यसले जनतालाई शिक्षा दिन र बदल्न सक्दैन । विचारधारात्मक कार्यलाई प्रशासनिक वा औपचारिक रीतिवादी तरीकाले सञ्चालन गर्न खोज्नु त कुनै प्रयत्न नै नगरी सजिलो तरीकाले काम गर्न खोज्ने गलत कार्य–धारणा हो । विचारधारात्मक कार्यमा प्रशासनिक र औपचारिक रीतिवादी व्यवहारले जनताको विचारधारा बदल्ने काम असम्भव पार्दछ र समाजवादको विचारधारात्मक किल्लालाई नै धराशायी पार्दछ ।
समाजवादी समाजमा विचारधारात्मक शिक्षा दिने कामको सञ्चालन त सधैँ भरि समाजवादका अन्तर्निहित आवश्यकताअनुसार र विचारधारात्मक रूपान्तरको कामको विशिष्टताअनुरूप व्याख्या गर्ने र सम्झाउने बुझाउने तरीकाद्वारा गरिनुपर्दछ । स्वभावतः विचारधारालाई प्रशासनिक तरीकाद्वारा जनतामाथि लाद्न वा थोपर्न सकिँदैन । मजदुर वर्गीय पार्टीले जनतालाई जगाउनु पर्दछ र उनीहरूलाई धैर्यसाथ व्याख्या गरी सम्झाईबुझाई शिक्षा दिनुपर्दछ । यसरी उनीहरूले समाजवादी विचारधारालाई आफ्नै विचारधारा ठानी स्विकार गर्ने र यसलाई आफ्नो अडिग आस्था बनाउने पार्नुपर्दछ ।
विचारधारात्मक शिक्षाको सञ्चालन मानिसहरूका खास खास गुण र तयारीसित मिल्ने गरी विविध रूपबाट र विभिन्न तरीकाले गर्नु जरूरी छ । मानिसहरूको विचारधारात्मक चेतनाको स्तर, उनीहरूको बौद्धिक योग्यता, स्वभाव र रूचि एक अर्कोसित फरकफरक हुने र उनीहरूको जीवनको अनुभव र काम गर्ने अवस्था पनि फरकफरक हुने हुनाले विचारधारात्मक शिक्षालाई एउटै उही तरीकाले मात्र सञ्चालन गरिएमा सफल हुन सक्दैन । विचारधारात्मक शिक्षाको सञ्चालन त पुराना काम नलाग्ने औपचारिक–रीतिवादी ढाँचाबाट मुक्त भएर मानिसहरूको खासखास स्वरूप र तयारीसित सुहाउने रूप र तरीकाद्वारा यथार्थवादी ढङ्गले गरिनुपर्दछ ।
प्रचार र आन्दोलनको निम्ति प्रत्येक सामग्री तयार गर्दा सत्यता, वैज्ञानिक शुद्धता र दया पक्का पार्नुपर्दछ र पूरा तयारीहरू गरेपछि छोटो कार्यक्रम, सार्वजनिक प्रवचन र व्याख्यात्मक भाषणहरू आयोजना गरिनुपर्दछ ।
कर्मचारीहरूले विचारधारात्मक कार्य प्रभावकारी ढङ्गले सञ्चालन गर्नको निम्ति उनीहरूले आम जनतासित निकटरूपले घुलमिल हुने र उनीहरूसित काम गर्दै र उनीहरूसित उही हावा सास फेर्दै उनीहरूलाई शिक्षा दिने बानी बसाल्नुपर्दछ । आफ्ना सुरुका दिनहरूमा नै हाम्रो पार्टीले सम्पूर्ण पार्टी आमजनताका बिचमा जानुपर्दछ भन्ने नारा प्रस्तुत ग¥यो र कर्मचारीहरूले जापानविरोधी गुरिल्लाहरूले गरेझैँ आम जनताका बिचमा जाने र विचारधारात्मक शिक्षा सञ्चालन गर्ने कुरा पक्का पारेको थियो । हाम्रा सबै कर्मचारीहरूले पार्टीको परम्परागत कार्य–पद्धतिको आवश्यकताअनुसार आम जनताका बिचमा जाने, सधैँभरि उनीहरूसित घुलमिल भएर बस्ने र उनीहरूलाई समाजवादी विचारधाराको माध्यमद्वारा सक्षमतासाथ शिक्षा दिएर बदल्ने कुरालाई आफ्नो कर्तव्य र दायित्व भनी सम्झनुपर्दछ ।
विचारधारामा मुख्य जोड दिनु र विचारधारात्मक कार्यलाई निश्चित प्राथमिकता दिनु हाम्रो पार्टीले क्रान्ति र निर्माणमा नेतृत्व दिँदा स्थिररूपले कायम गर्दै आएको सिद्धान्त हो । हाम्रो पार्टीले भविष्यमा पनि विचारधारात्मक कार्यलाई तीव्र पार्नेछ र विचारधारात्मक कार्यलाई अरू सबै कामलाई भन्दा प्राथमिकता दिने सिद्धान्त पूर्णरूपले कार्यान्वित गर्नेछ र यसप्रकार जुछेको समाजवादी लक्ष्यलाई संरक्षण गरी त्यसलाई उज्ज्वलतासाथ पूरा गर्नेछ ।
समाजवाद मानव जातिको भविष्य हो र समाजवादी आन्दोलन नयाँ स्वाधीन संसार सिर्जना गर्नको निम्ति चलाइएको आम जनताको महान् आन्दोलन हो । समाजवादी आन्दोलन आम जनताको चेतनशील सङ्घर्षद्वारा विकसित हुन्छ र विजयी भई निस्कन्छ । समाजवादी विचारधारामा जागृत भएका र यो विचारधाराको बलमा एकताबद्ध भएका आम जनताको सङ्घर्षले गर्दा विश्व समाजवादी आन्दोलन अवश्य नै विजयी हुनेछ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *