भर्खरै :

नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगिता सम्पन्न

नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगिता सम्पन्न

भक्तपुर, ९ पुस । भक्तपुर नगरपालिकाका आयोजनामा भइरहेको नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा छात्रतर्पm पारागन एकेडेमी प्रथम, सैनिक आवासीय मावि द्वितीय तथा मिनर्वा इङ्गलिश स्कूल र वागीश्वरी माविले तृतीय स्थान हासिल गरे भने छात्रातर्पmको खेलमा पारागन एकेडेमी प्रथम, वागीश्वरी मावि द्वितीय तथा साइनिङ्ग स्कूल र बासु माविले तृतीय स्थान हासिल गरे ।
कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकाद्वारा सञ्चालित खेलकुद प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रशासकीय अधिकृत गिरी, अखिल नेपाल कब्बडी सङ्घका महासचिव एवं अन्तर्राष्ट्रिय निर्णायक विनोद प्रजापति र भनपाका पूर्व वडासदस्य एवं कार्यक्रमका सभापति पशुपति प्रजापतिले विजयी खेलाडीहरूलाई मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *