काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन कसरी हुन्छ ?
- भाद्र ९, २०८३
हरेक नेता तथा कार्यकर्ताहरू साहसी र दृढ हुनुपर्छ । गलत चिन्तनबाट मुक्त हुनुपर्छ । उनीहरू दोषबाट मुक्त हुनुपर्छ । पार्टीको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउनुपर्छ । सही किसिमको काम गर्नुपर्छ । काम गर्ने कुशल तरिकाको खोजी गर्नुपर्छ । आलोचना गर्नुपर्छ । आलोचनादेखि डराउनुहुँदैन । आलोचना तथा आत्मालोचना नेता तथा कार्यकर्तालाई अझ सुसूचित पार्ने माध्यम हो । ठीक समयमा ठीक निर्णय गर्नुपर्छ । निर्णय दृढतापूर्वक लिन आवश्यक छ । यी नै कुरा चिनियाँ नेता माओ त्सेतुङको जीवनी या योगदानबाट हामी थाहा पाउँछौँ ।
कुनै समस्या हल गर्नुभन्दा पहिले त्यो समस्याको बारेमा छलफल गर्नुपर्छ र बुझ्नुपर्छ । समस्याबारे छलफल गर्दा विचार व्यक्त गर्ने मौका दिनुपर्छ । कुनै पनि समस्यालाई ढाकछोप गर्नुहुँदैन । कुनै समस्या हल गर्नु छ भने गतिरोध तोड्नुपर्छ । समस्याको मूल बिन्दु र वास्तविक कार्य अवस्थाबारे स्पष्टसँग बताउनुपर्छ । हामीले हचुवाको भरमा होइन सोचेर बोल्नुपर्छ, कम्युनिस्ट चरित्रलाई प्रोत्साहित गर्नुपर्छ । आफ्नो कुरा नडराइकन राख्नुपर्छ ।
हरेक नेता तथा कार्यकर्ता जिम्मेवार बन्नुपर्छ, जिम्मेवारी पूरा गर्न अघि बढ्नुपर्छ । जनतामाझ के सन्देश पु¥याउने या के के देश र जनताका समस्या अघि बढाउने सन्दर्भमा चिन्तनमनन गर्नुपर्छ । नेता तथा कार्यकर्ताले जनतामाझ आ–आफ्नो मनको बह पोखेरमात्र जनता सुसूचित हुँदैनन् । मनोगतरूपले, असम्भव हुने ढङ्गले योजना तयार गरेर पूरा हुँदैन । परिस्थितिअनुसार मानिसको सोचाइमा परिवर्तन हुनुपर्दछ । कम्युनिस्टहरू समाजवादी निर्माणमा जुट्नुपर्छ । हामी समझदार बन्नुपर्छ । हामीमा सुझबुझ हुनुपर्छ । जनताका समस्या या विचार सुन्नुपर्छ, सुन्ने आँट हामीमा हुनुपर्छ ।
नेता तथा कार्यकर्ता पार्टीको नेतृत्व र जनसमुदायबाट अलग हुनुहुँदैन । उनीहरूले उद्देश्यहीन राजनीति गर्नुहुँदैन । उनीहरू घमण्डी र अहङ्कारी हुनुहुँदैन । उनीहरू अल्छी र स्वेच्छाचारी हुनुहुँदैन । उनीहरू जनतामाथि भरोसा राख्छन् । उनीहरू कसैको गलत कुरा खण्डन गर्न पछि पर्दैनन् । तर, खण्डनको नाउँमा जथाभावी बोल्दैनन्, मनपरी गाली गर्दैनन्, दिग्भ्रमित कुरा फलाक्दैनन् । वास्तविक कुरा ढाकछोप गरेर झूट बोल्दैनन् । एउटा गल्ती छोप्न अर्काे गल्ती गर्दैनन् । गल्तीमाथि पर्दा हाल्न मिथ्या तर्क पेश गर्दैनन् ।
हरेकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ । गर्नुपर्ने काम टालटुल गरेर फाइँफुइँ गर्ने नेता तथा कार्यकर्ताले जनताको विश्वास जित्न सक्दैनन् । उनीहरू जहिल्यै सतर्क र गम्भीर हुन्छन् । इमानदार नेता तथा कार्यकर्ताहरू आफ्नो विवेक, क्षमताअनुसार काम गर्छन् र अघि बढ्छन् । आफूभन्दा ठूलालाई कदर र सम्मान गर्छन्, शिष्ट हुन्छन् । उनीहरू कठिन परिश्रम गर्छन् । देश र जनताको सेवा गर्नु नै आफ्नो जिम्मेवारी र कर्तव्य ठान्छन् । उनीहरू खराब व्यवहार गर्दैनन् । उनीहरू कर्तव्यपरायण हुन्छन् । उनीहरू ढुलमुल हुँदैनन् ।
उनीहरू सत्ता र पैसाको लोभमा फस्दैनन् । सबै काम आफूले गरेको भनी रवाफ देखाउँदैनन् । पद पाए काम गर्ने र नपाए काम नगर्ने अभिलाषा व्यक्त गर्दैनन् । उनीहरू आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न राजनीति गर्दैनन् । उनीहरू सङ्कीर्ण विचारका हुँदैनन् । उनीहरू छिनछिनमा विचार फर्दैनन् । उनीहरू सधैँ देश र जनताको चिन्ता लिन्छन् । उनीहरू गलत प्रवृत्ति र बदलाको भावनालाई प्रोत्साहित गर्दैनन् । उनीहरू गलत मानिसहरूसित साठगाँठ गर्दैनन् । उनीहरू वर्ग शत्रु र वर्ग मित्र चिनेर राजनीति गर्छन् । हामीले माओको जन्मोत्सवमा माओबाट यस्तै पाठ सिक्नुपर्छ ।
Leave a Reply