सम्पदाको संरक्षण र संवद्र्धन गर्न हामी नै सक्षम हुनुपर्छ
- बैशाख ५, २०८३
कम्युनिस्टको हृदय विशाल हुन्छ । उसले परिवर्तन या क्रान्तिको स्वार्थलाई महत्व दिन्छ । आफ्नो व्यक्तिगत स्वार्थलाई क्रान्ति या परिवर्तनको स्वार्थमुनि राख्छ । व्यक्तिवादी, अवसरवादी, सुधारवादी र संशोधनवादीहरू परिवर्तन चाहँदैनन्, परिवर्तन गर्न अघि बढ्दैनन् र परिर्वतनको निम्ति जनतामाझ पुग्दैनन् या सैद्धान्तिक र वैचारिक कुरा गर्दैनन् । एमालेको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । माओवादी केन्द्र र एकीकृत समाजवादी पनि सिद्धान्ततः माक्र्सवादलाई मान्छन् । तर, व्यवहारमा उनीहरूले माक्र्सवादी सिद्धान्त मानिरहेका छैनन् । उनीहरू सही सिद्धान्तमा डट्दैनन् । सच्चा कम्युनिस्टहरू सबै गलत विचार र कार्यको विरोध गर्छन्, त्यसविरुद्ध सङ्घर्ष गर्छन् । कम्युनिस्टहरू उदारवादको विरोध गर्छन् । बफादार, इमानदार, सक्रिय र सच्चा कम्युनिस्टहरूले उदारवादी प्रवृत्तिको विरोध गर्नैपर्छ र सही बाटोमा लाग्न सही विचारको प्रचार गर्नैपर्छ ।
कुनै व्यक्तिले गलत बाटो लियो भने यो मेरो मित्र, एउटै गाउँठाउँको व्यक्ति, सहपाठी भनी चुप लाग्ने या ऊसित सिद्धान्तको तर्कवितर्क गर्नु ठीक छैन भनी मौन बस्नु उदारवाद हो । यसले व्यक्तिलाई मात्र होइन सङ्गठनलाई हानि गर्छ । आफ्नो कुरा या सुझाव सङ्गठनमा नराखी बाहिर बाहिर गैरजिम्मेवारीपूर्ण आलोचना गर्नु पनि अर्को उदारवाद हो । बैठकमा चुइँक नबोल्ने या सरोकारवाला व्यक्तिसामु केही नभनी अन्त कुरा काट्ने काम पनि उदारवाद हो । यसले विवाद बढ्छ, शङ्का उपशङ्का सृजना गर्छ । गलत कुरा स्पस्ट हुँदाहुँदै सकेसम्म थोरै बोल्ने, दुनो सोझ्याउने र दोष पन्छाउने काम गर्नु अर्को उदारवाद हो ।
आफूले देश र समाजप्रति ठूलो काम गरेको, आफूले नै सङ्गठन विकास गरेको भनी फुइँ गर्नु, आफ्नो गल्ती हुँदाहुँदै त्यसलाई सच्याउने प्रयत्न नगर्नु पनि अर्को उदारवाद हो । यस्ता उदारवादले पार्टी विकास र सङ्गठनको निम्ति हानि गर्छ । यसकारण, कम्युनिस्ट पार्टी र पार्टीका नेता तथा कार्यकर्ताले उदारवादको विरोध गर्नुपर्छ । व्यक्तिगत स्वार्थलाई प्राथमिकता राखेर समाज परिवर्तनलाई काखामा राख्ने विचारको विरोध गर्नुपर्छ, उदारवाद माक्र्सवादविपरीत छ । उदारवाद अवसरवादको एक रूप हो । यो माओ विचारधाराविपरीत छ ।
आफ्नै कुरा सही ठानी अरुको कुरा नसुन्नु र आदेशहरूको पालना नगर्नु पनि उदारवाद हो । गलत विचारहरूको विरुद्ध सङ्घर्ष नगरी, अन्तरक्रिया, बहस या छलफल नगरी व्यक्तिगत आरोप लगाउने, विवाद उत्कर्षमा पु¥याउने, व्यक्तिगत रिसइविमा गर्ने काम पनि उदारवादकै सङ्केत हुन् ? यस्ता वैगुण या प्रवृत्तिहरू पार्टी कार्यकर्ता या साथीहरूमा देखिरहेका हुन्छन् ।
कसैको गलत विचारको खण्डन गर्नुपर्छ । अरु कसैले लगाएको गलत कुरा सम्बन्धित ठाउँमा पु¥याउनुपर्छ । यस्ता खबरहरू नपु¥याउने प्रवृत्ति पनि उदारवाद हो । के हामीले पनि यस्ता कार्यहरू गरिरहेका त छैनौँ ? कम्युनिस्ट हुँ भन्ने तर कम्युननिस्टको कुनै सिद्धान्त, व्यवहार र आचरणअनुसार काम गर्दैन भने त्यसले जनसमुदायको पक्षमा काम गरेको ठान्दैन । कसैले जनसमुदायको विरोध गरिरहेको छ या हानि हुने काम गरिरहेको छ भने चुप लागेर बस्ने होइन । त्यस्ता व्यक्तिलाई हतोत्साही बनाइनुपर्छ । आफूले देश र समाजप्रति ठूलो काम गरेको, आफूले नै सङ्गठन विकास गरेको भनी फुइँ गर्नु, आफ्नो गल्ती हुँदाहुँदै त्यसलाई सच्याउने प्रयत्न नगर्नु पनि अर्को उदारवाद हो । यस्ता उदारवादले पार्टी विकास र सङ्गठनको निम्ति हानि गर्छ । यसकारण, कम्युनिस्ट पार्टी र पार्टीका नेता तथा कार्यकर्ताले उदारवादको विरोध गर्नुपर्छ । व्यक्तिगत स्वार्थलाई प्राथमिकता राखेर समाज परिवर्तनलाई काखामा राख्ने विचारको विरोध गर्नुपर्छ, उदारवाद माक्र्सवादविपरीत छ । उदारवाद अवसरवादको एक रूप हो । यो माओ विचारधाराविपरीत छ ।
Leave a Reply