“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
नेपालमा वर्षको एक पटक ‘आठ दिन र नौ रात’ को गाईजात्रा हुने गर्छ । वर्षको एक पटक हुने ‘गाईजात्रा’ मा धार्मिक पर्वसँगै सांस्कृतिक गतिविधिको बाहुल्यता हुन्छ । गाईजात्राको अर्को अर्थ– प्रहसन, व्यङ्ग्य र नाटक हो । गाईजात्रामा अनेक कटाक्ष पनि हुने गर्छन् ।
तर, नेपालको राजनैतिक दबुलीमा एकडेढ वा दुई वर्षमा एक राजनैतिक जात्रा हुन्छ भन्ने कहावत काठमाडौँको गल्ली, चोक र चिया पसलमा चलनचल्तीमा आउँदै छ । ५०–६० वर्षभन्दा पहिले यस्तै जात्रा र पर्वमा कठपुतली नाच पनि हुनेगथ्र्यो । त्यसलाई ‘किपालु प्याखं’ अर्थात् ‘छाया नाच’ पनि भन्न सकिन्छ । कागजका टुक्राहरूको जोर्नी मिलाइएका पुतलीहरूलाई नचाउन ती पुतलीहरूलाई पर्दामा नदेखिने गरी धागोले तान्दा पुतलीहरू आपसमा मिल्ने, झगडा गर्ने र मनोरञ्जन गर्ने ‘किपालु प्याखं’ प्रदर्शित हुन्थे । ती पुतलीहरूको छाया झ्यालको पर्दामा आउँथ्यो र पर्दाभन्दा एक दुई हात टाढा बत्ती बालेको हुन्थ्यो र पुतलीहरूका चर्तिकला पर्दामा देखिन्थे ।
‘किपालु प्याखं’ को व्यावहारिक अर्थ हो – अरू कसैले धागो वा इसाराले प्रदर्शन हुने नाटक वा हास्य–व्यङ्ग्य ! आजकल देशको राजनैतिक रङ्गमञ्चमा विदेशी ‘दिल्ली र पश्चिम’ को इच्छामा चल्ने नाटकहरूबारे पुराना दिन र गाईजात्रालाई सम्झने गरिएको छ । छायाका ती चित्रहरू जसरी अरूले चलाउँछ’ त्यस्तै नेपालका सरकारहरूको निर्माण र पतन आफ्नै इच्छाले होइन बरु धागो चलाउने खेलाडीहरूबाट हुन्छन् ।
अनौपचारिक वा गफसफमा ती नाटकका धागो र कलाकारहरू पहिलो सोल्टी होटलतिर, दोस्रो नारायणथानको एक होटलतिर तथा तेस्रो प्रशासनिक वा कार्यपालिकाका कर्मचारीहरू रहेको बुझिन्छ । नाटक तयारी गर्ने ठाउँ भने पशुपतिको द्वारिका होटल हो ।
४० वर्ष अगाडिसम्म लेवनानलाई विदेशी कूटनैतिक शक्ति केन्द्रहरूले चलाउने स्थल भनिन्थ्यो । भूमध्य सागर र युरोप त्यसको अर्थ हुन्थ्यो भने पूर्व र दक्षिण पश्चिममा अरब देशहरूतिर सङ्केत हुन्थ्यो र उत्तर भन्नाले सोभियत सङ्घ मानिन्थ्यो । त्यस्तै सोल्टी होटलतिरको सङ्केत भारतीय गुप्तचर विभागसँग सम्बन्धित सूत्र ‘रअ’ मानिन्थ्यो, नारायणथानलाई खोपाको देउता अर्थात् राष्ट्रपति (भारत) समूह र पशुपतितिर अर्थात् द्वारिका होटलतिरको सङ्केत हो ।
ठाउँ, नाउँ र व्यक्तिसमेत नेपाली राजनीतिमा चल्तीका विषय भइसकेको छ । तीन ठाउँबाट फरकफरक नाउँमा फरकफरक व्यक्ति चयन गरी राजनैतिक दलहरूभित्र मत बुझ्छन् र ती मतहरूलाई पुनः छानिएका व्यक्तिहरूलाई प्रस्तावको रूपमा अगाडि ल्याइन्छ । ती नै व्यक्ति ‘प्रधानमन्त्री’, ‘राष्ट्रपति’ र ‘सभामुख’ हुने विश्वास गरिन्छ । बुझ्नेले नबुझ्नेलाई सम्झाउँछन्– ‘तिनीहरूकै भाग्यमा लेखिएको कुरा हामीले चित्त दुःखाएर हुन्छ र ¤’ यो भाषा परिपक्व र ज्येष्ठ राजनीतिज्ञहरूको हो ।
तर युवाहरू रिसाएरै भन्छन्– ‘यो पश्चिमी अर्थात् संरा अमेरिका र दिल्लीको काम हो । नेपाली राजनैतिक दलका नेताहरू ती कागजका पुतलीहरूकै छाया हुन् ।’ धिक्कारौँ कसलाई– ‘दलहरूलाई, नेताहरूलाई वा नेपाली जनतालाई ? सजिलो छ– समयलाई धिक्कार्न !
एक जना पूर्वसचिव खुलेर भन्थे, “१०० रुपैयाँ विदेशीले दिएको अनुदान ९९ रुपैयाँ तिनीहरूकै देशमा फर्के पनि १ रुपैयाँ त नेपालले पायो ¤” यस्तो भाषा बोल्ने पूर्वसचिव आज पनि बरोबर विषयवस्तुमा टीकाटिप्पणी गर्छन् र जिउँदै छन् ।
संरा अमेरिका भासिएका एक पूर्वसचिव छोराछोरीको कारण सबै सम्पत्ति बेचेर, नोकर चाकरलाई बिदा दिएर, नेपाली रुपैयाँको ठूलो थैलीलाई डलरको सानो पोको लिएर जीवनको दिनगन्ती गर्दै थिए । एक पटक आफ्नै शिष्य सिंहदरबारबाट अमेरिकामा गुरुलाई भेट्न जाँदा सानो नातिलाई सम्हाल्दै भन्थे– ‘२०–३० वर्ष देशको सेवा गर्दा मैले कुनै गल्ती गरेको भए यही विदेश आउने काम गरँे । यहाँ हामीले कसैलाई चिन्नु, न कसैले हामीलाई चिन्नु, हामी यहाँ मुसा र बिरालाजस्ता पनि छैनौँ ! हाम्रो अनुभव यहाँ के काम लाग्छ !?’ उनले भने, “अब यस्तो गल्ती कसैले नगरून् ।”
देशलाई माया गर्न सिकौँ, अरूको भरमा नपरौँ !
Leave a Reply